Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, April 15, 2014

कोरियामा नेपाल मगर संघले बनभोज तथा भ्रमण कार्यक्रम गर्ने

सि.पी. मगर-सउल,दक्षिण कोरिया -

            दक्षिण कोरियामा जातीय तथा सामाजिक संस्था मध्येकै सक्रिय संस्था नेपाल मगर संघ दक्षिण कोरियाले बसन्त ऋतुको आगमनसंगै बृहत् बनभोज तथा भ्रमण कार्यक्रम गर्ने भएको छ गत आइतबार संघको कार्यालय दोग्देमुनमा बसेको पूर्ण बैठकले बिभिन्न निर्णय गर्दै संघलाई अझ सशक्त बनाउन र आम कोरियामा रहने मगरहरु बीच सदभाव एकता बढाउन बनभोज कार्यक्रम आयोजना गरिएको संघका बरिस्ठ उपाध्यक्ष खड्ग थापा मगरले बताउनुभएको छ।राजधानी सउलको दोंग्देमुन देखि करिब १ घण्टा १५ मिनेट बस यात्रा बाट पुगिने अत्यन्तै रमणीय स्थल"गाफ्यंग गुन बोक्म्यन"भन्ने स्थलमा मे १८ तारिख आईतवार सो बनभोज आयोजना गरिने र स्वादिस्ट परिकारका साथ नाचगान सहित रमाइलो गरिने ब्यबस्थापन समितिका सदस्य उषा किरण मगरले जानकारी दिनुभएको छ।आम कोरियाबासी साथीहरुको चाहना अनुरुप फुर्सद हुने साथीहरु शनिबार नै बास बस्न जान सक्ने र शनिबार राति फुर्सद नहुने साथीहरु आइतबार बिहान जान सक्ने ब्यबस्था पनि गारिएको छ जान,बस्न,खान र आउनको लागि जम्मा ५००००(पचास हजार वन)मात्र तोकिएको सदस्य उषा किरणले जानकारी दिनुभएको छ।
          त्यसै गरि बैठकले नेपाल मगर संघ दक्षिण कोरियाका कुशल भलिबल खेलाडी भुपाल राना मगरको पोखरा चाउथेमा मोटरसाइकल दुर्घटना परि अकल्पनीय निधन भएकोले संघलाई अपुरणीय क्षति पुगेको महसुस गर्दै मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ,यस दुखद घडीमा शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने क्षमता मिलोस र स्व.भुपालको सम्मानमा संघ द्वारा आउदो अगस्त ३ तारिख आयोजना हुन गैरहेको लखन स्मृति रनिंग शिल्ड भलिबल प्रतियोगितालाई यस वर्ष"भुपाल स्मृति रनिंग शिल्ड भलिबल प्रतियोगिता"को नाममा आयोजना गरिने संघका सचिब अर्जुन थापा मगरले जानकारी दिनुभएको छ।संघका अध्यक्ष पुरन राना मगरको अध्यक्षतामा बसेको बैठकले सउल बाहिर पहिलो पटक मगर अगुवा के.बी.पुन मगरको अगुवाइमा बृहत् मगर भेला गत मार्च २३ तारिखमा सम्पन्न भइ प्रारम्भिक किम्हे-बुसान शाखा गठन प्रक्रियामा गैरहेकोले हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै त्यस भेगका सम्पूर्ण मगरहरुलाई एकबद्द भैदिन हार्दिक अपिल पनि गरेको छ साथै निकट भबिष्यमै संघका पदाधिकारीहरु पनि किम्हे-बुसान गइ शाखा बिस्तारमा समन्वय गर्ने प्रतिबद्दता अध्यक्ष पुरन राना मगरले गर्नुभएको छ।
बनभोजका लागि स्थान समय तथा सम्पर्क व्यक्तिहरु
मिति-२०१४ मे १८ तारिख आइतबार
बस छुट्ने स्थान-दोंग्देमुन
समय-पहिलो बस १७ तारिख राति १० बजे/दोस्रो बस १८ तारिख आइतबार बिहान १० बजे
सम्पर्क
ब्यबस्थापक/संयोजक-होबिर थापा मगर-०१०-९१३८-८२२५
पुरन राना मगर-०१०-४९९७-६५५४
खड्ग थापा मगर-०१०-२१५८-२३९८
सि.पी.मगर-०१०-५८३८-४३५८
मनु रोका मगर-०१०-७१३१-७१७३
अर्जुन थापा मगर्-०१०-७२६४-१०१५
बिक्रम राना मगर-०१०-३०१७-०५९३
उषा किरण मगर-०१०-६८८७-११२५
स्निका थापा मगर-०१०-६८४९-२६७६
पुनश्च-जान इच्छुक सम्पूर्ण महानुभाबहरुले सम्बन्धित व्यक्ति संग सम्पर्क गरि मे ११ तारिख आइतबार सम्म शुल्क बुझाइ जाने समय जानकारी गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।

No comments:

Post a Comment