नमस्ते नेपाल कोरिया सम्वाददाता -
नेपाल कोरिया कल्चर सेन्टरद्वारा प्रकाशित कोरियाको चित्रण गरिएको “कर्मघरमा एक चक्कर” नामक पुस्तक अप्रिल २७ तारीख आइतबार सउलको नेपाल हाउसमा विमोचन गरिने भएको छ । पुस्तकमा लेखिका मञ्जु गुरुङले फरक भाषा, संस्कृती अनि जीवन शैली र रहनसहन भएको मुलुक दक्षिण कोरियामा पहिलोपटक परिचित हुँदाको अनुभूतिलाई संगालेका छन् । साथै कोरियाको आधुनिक प्रविधि, ऐतिहासिक पाटो तथा सांस्कृतिक पक्ष र चाडपर्वलाई समेत पुस्तकमा समेटिएको छ ।
कोरियाको विभिन्न ठाउँमा यात्रा गर्दा प्रत्यक्ष देखिएका र भोगेका अनुभूतिहरुलाई पुस्तकमा लिपीबद्ध गरिएको लेखिकाले जानकारी गराइन् । साथै कोरियाली नागरिकसंग विवाहगरी कोरिया आएका नेपाली चेलीको अनुभूती पनि पुस्तकले समेटेको छ । यात्रा शैलीमा लिखित यस पुस्तकमा कोरियाका केही ऐतिहासीक तथा संस्कृतिक र प्राकृतिक स्थलहरुको भ्रमरण , मुख्य पर्व र समाजका विभिन्न पात्रहरुसंग प्रत्यक्ष कुराकानीलाई तथा विभिन्न कार्यक्रममा प्रत्यक्ष सहभागिता लगायतलाई लिपिबद्ध गरिएको छ । कार्यक्रममा सम्पूर्ण साहित्यकर्मी तथा साहित्य प्रेमी र पुस्तक प्रति इच्छुक सबैलाई उपस्थित भइदिनहुन आयोजकले हार्दिक अग्रह गरेको छ । साथै कार्यक्रममा पुस्तक विक्रि पनि गरिने जानकारी आयोजकले गराएको छ ।

No comments:
Post a Comment