Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 27, 2014

“हुनु पर्छ मनको नेपाली”

-झक थापा, मगर -
        -कबिता-                      

 दु;ख पर्दा सहयोग गरौं,
     सुखमा संगै हांसौं तब पो खाटी नेपाली
घर कंहा हो नसोधौं कि,
     जंहा भएनि हुनुपर्छ एकै जाति नेपाली

 तिम्रो पनि रगत रातो मेरो पनि रातो,
    एक अर्कामा मिल्नु पर्छ तं तं म म किन नेपाली
प्रदेशमा देश दुख्दा
सबै एक हुनुपर्छ नेपाली

के को बाहुन के को मगर,
हामी सबै विशाल मनको हुनुपर्छ नेपाली
दौरा सुरवाल,गुन्यो चोली,
शिरमा टोपी लगाउंदा पो राम्रो हजुर हामी नेपाली

के को कांग्रेस के को कम्युनिष्ट,
     दशौं चिरा नहौं नेपाली
के को डिस्को के को ब्रेक,
झ्याउरे र सोरठीमा कम्मर मर्काई नाचे पो बल्ल नेपाली

बहु भाषी बहु रुपी,
     रङ्गी चङ्गी बगैंचाको फूल नेपाली
 सबै जाति सबै भाषी मिले पछि,
   बल्ल नेपाल सुन्दर फुलवारी

 के को चुच्चे के को थेप्चे,
    सबै मिली सुख दु;ख बाडौं नेपाली
 देशको विकास गर्नलाई,
   एक जुट भई लागौं नेपाली

आफ्नै भाषा भेष होलान,
    हृदयमा बस्नुपर्छ मनको नेपाली
सबैलाई समान अवसर
तब पो अघी बढ्छ नेपाली

 मेची देखि महाकाली,
   हिमाल,पहाड,तराई सम्म एकतामा बांध्नुपर्छ नेपाली
सारङ्गी र मादल संगै,
   सबै जातको संस्कृतिमा दिल खोलेर पो नाच्नु पर्छ नेपाली

अन्तर्मनमा फुल्नुपर्छ,
          निस्वार्थको फूल नेपाली
 जहां बसेर जे गरे नि,
          प्राण भन्दा प्यारो देश नभुल्नु है कहिल्यै नेपाली

   -झक थापा, मगर ।
चिसापानी- ८ स्याङ्जा, हाल सउल कोरिया।

No comments:

Post a Comment