Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 31, 2014

कोरियामा एमाले प्रवासी संगठनको नाम परिवर्तन

नमस्ते नेपाल कोरिया संवाददाता -
२०१४ मार्च ३० तारिक देखि दक्षिण कोरियामा एमाले प्रवासी संगठन एनडीएफ को नाम परिवर्तन गरि ओएनएफ बनाएको छ l

एमाले प्रवासी संगठन विभिन्न देशहरुमा विभिन्न नामहरुले चिनिदै आएको छ l संसारभरी रहेको प्रवासी संगठनलाई एकरुपता दिन नेपालमा  एमाले पार्टी केन्द्रले  निर्णय निर्णय गरेको थियो l  दक्षिण कोरियामा मार्च ३० तारिकका दिन  संगठनका  अध्यक्ष कमरेड गोबिन्द गाउलेको  अध्यक्षतामा बसेको बैठकले संगठनको नाम परिबर्तन गरिएको छ  l यस अघि  कोरियामा  प्रबासी  नेपाली लोकतान्त्रिक मंच दक्षिण कोरिया NDF  नामले चिनिदै आएकोमा हाल प्रवासी नेपाली मन्च Overseas nepali forum छोटकरीमा ONF राखेको  संगठनका अध्यक्ष  कमरेड गोबिन्द गाउले ले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l

 ONF को  मार्च  ३० तारिकका  बैठकले संगठनको चौथो अधिबेसनबाट निर्वाचित बाहेक समितिले  १० जना  सदस्यहरु मनोनित गरेको छ l संगठनको  मनोनित सदस्यहरुमा   कोपिला राई –भोजपुर ,काजि नेपाल –मोरंग ,दुर्लभ पोख्रेल –चितवन, भिम गुरुङ –लम्जुंग, अमर गुरुङ –कास्की, बुध्दि थापा –झापा,प्रकाश ब्लोन-काभ्रे, दुर्गा न्यौपाने-रुपन्देही,बुध्दिराम भण्डारी-रुपन्देही,इन्द्र थापा- भोजपुर रहेका छन्  ।
त्यसै गरेर कोरिया भरि संगठन विस्तार गर्ने उदेश्यले मंचले कोरियाको विभिन्न सहरहरुमा क्षेत्रीय संयोजकको रुपमा केन्दीय प्रतिनिधि हरुलाई चयन गरेको छ जस अनुसार शालिकराम बसेल –सउल  खेम बोहोरा-इन्छन,कृष्ण खड्का-वोइजम्पू,विकाश बुढाथोकी-आन्सान,कपिल न्यौपाने-छनान,हरि श्रेष्ठ- थेगु,परशुराम सापकोटा-थेजन,ध्रुब पौडेल-बुसान रहनु भएको कुरा मंचले जनाएको छ ।उक्त अबसरमा आगामी मे महिनाको १८ तारिक आइतबारको दिनमा मदन आश्रित स्म्रीती दिवस मनाउने कुराको निर्णय भएको  सो संगठनक  एक पदाधिकारीबाट  हामिलाइ जानकारी दिएको  छ ।.

No comments:

Post a Comment