Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 31, 2014

कोरियामा तमूहरुको साझा भवन सहयोगार्थ चलचित्र" छ एकान छ" प्रर्दशन गरिने

मञ्जु गुरुङ ,दक्षिण कोरिया -
ख्याति प्राप्त हाँस्य कलाकारहरुद्वारा अभिनित सफल हाँस्यात्मक नेपाली कथानक चलचित्र ६ एकान ६ कोरियामा बस्ने नेपालीहरुको लागि पनि हेर्ने मौका जुटेको छ । अप्रिल ६ तरिख आइतबार सउलको दोङदेमून स्थित डुसान टावर पछाडीको जुङगु कुकमिन ह्वेग्वानमा भव्य प्रर्दशन हुने भएको छ । काठमाण्डौमा निमार्णधिन रहेको गुरुङ समुदायको साँडे पाँच तल्ले साझा भवनको सहयोगार्थ तमूधिँ कोरियाले सो चलचित्र प्रर्दशन गर्न लागेको हो ।
सम्पूर्ण गुरुुङहरुको राष्ट्रिय स्तरको साझा संस्था तमू ह्यूल छोज धिँ (गुरुङ राष्ट्रिय परिषद )ले कापनपा वाड नम्बर २९ नयाँ बसपार्क नजिकै मित्रनगरमा सो भवन निमार्ण गरिरहेको छ । भवनमा परिषदको मुख्य कार्यलय लगायत विभिन्न तमू भातृ संगठनहरुको कार्यलय रहनेछन भने सभाहल तथा तमूसंग सम्बन्धीत विभिन्न सामग्रीको संग्रह पनि गरिने भएकाले यस भवनललाई तमू संग्रहालय नामकरण गरिएको छ । करिब १ रोपनी क्षेत्रफलमा वि.सं. २०५९ सालबाट भवनको निमार्ण कार्य थालिएको हो । प्राविधिक इस्टिमेट अनुसार भवनको लागत २ करोड ५० लाख रहेको जनाएको छ । जसमा १ करोड ६० लाखको निमार्ण कार्य सम्पन्न भइसकेको छ भने अब निमार्ण कार्य सम्पन्न गर्न ९० लाख आवश्यक परेको परिषदले जनाएको छ । त्यसैले थप आर्थिक सहयोग गर्न परिषदबाट अनुरोध पत्र प्राप्त भएकोले तमूधिँ कोरियाले चलचित्र छ एकान छ प्रर्दशन गर्न लागेको अध्यक्ष सुरज गुरुङले बताउनु भयो ।
दिनेश डिसीद्वारा निर्देशित यस चलाचित्रमा दिपकराजज गिरी, शिवहरी पौडेल, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, शैलेश आचार्यलगायत चर्चित हाँस्य कलाकारको अभिनय रहेको छ । स्वादेश मात्र हैन विदेशमा समेत अत्यधिक रुचाइएको यस सफल चलचित्र हेरी कडा परिश्रमबाट थाकेको तन र मनमा स्पूmर्ती ल्याउन कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई आयोजकले अग्रह गरेको छ । साथै सोही अवसरमा एभरेष्ट बैंकको खाता पनि खोल्न पाइने भएकाले इच्छुकहरुले आइडि र पासपोर्ट साइजको फोटो साथै लिएर आउन पनि अनुरोध गरिएको छ । 

No comments:

Post a Comment