Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, February 12, 2014

प्राकृतिक चिकित्सा एक परिचय : एन डी डी वाई नेचरोपैथी l

  डा.कमलप्रसाद अर्याल ,दक्षिण कोरिया l
चिकित्सा क्षेत्रको अध्ययन पश्चात् लामो समय  शिक्षण सेवा मै बिताएको र  प्रवास भूमिमा रहेको यस अवस्थामा पुराना ज्ञान मलिन बन्दै गएको  थप अध्ययन अनुसन्धानको अभावले प्राकृतिक चिकित्साका   समग्र चिन्तन न त यति सानो लेखमा समेट्न सकिन्छ न पर्याप्त आधार,अध्ययन  नै छन् तर पनि सामान्य जानकारी दिने उद्देस्य राखेको छु l  शरीरको प्राकृतिक अवस्थामा सामान्य बिचलन आउनुलाई हामी रोग भन्दछौ र पुन प्राकृतिक अवस्थामा फर्काउनु  र त्यसका निम्ति गरिने क्रियाकलाप नै निदान  र उपचार हो l प्राकृतिक चिकित्सा आफैमा एउटा पूर्ण चिकित्सा पद्दति हो., यसले समग्र रोगको सफल उपचार गर्न सक्दछ l यसमा रोगी स्वयंले गर्नुपर्ने क्रियाकलाप आहार, बिहार, संयम , र योग्य चिकित्सकको निगरानी निर्देशन र सहयोग अपरिहार्य मान्दछ l ''रोग हाम्रा सत्रु होइनन् मीत्र हुन् '' यो प्रकृतिक चिकित्साको  आदर्श,  सिद्दान्त र प्रयोग   हो किन कि शरीरमा अनावस्यक विजातीय पदार्थको संकलन नै रोग हो दुख्ने पोल्ने र अस्वाभाविक अवस्थाको परिचय दिएर हामीलाई शरीर शोधन गर्न निर्देशित गरेको हुन्छ l यस अवस्थामा शरीर शोधनका निम्ति अपनाइने बिधि र प्रक्रिया अनि त्यसको प्रभावकारिता नै उपचार हो l रोग निदानका निम्ति प्राकृतिक चिकित्सा शास्त्रले पनि प्रयोगशाला मै परीक्षण गर्न सुझाव गर्दछ  किन कि यसबाट रोग वा समस्याको पहिचान गर्न सहज हुने गर्दछ l विशेष गरी सर्जरीसंग सम्बन्धित रोगहरूका निम्ति सर्जनकहाँ जान सल्लाह पनि दिनु पर्ने हुन्छ  अन्यथा  सुरुवाती चरणका समस्याहरू प्राकृतिक चिकित्सा ले  नै समाधन गर्ने खुवी राख्दछ l
       प्रकृतिक चिकित्सा तथा योग संगै जोडिएका हुन्छन ,आसन ,ध्यान,मुद्रा,नेती धौती,वस्ती संखप्रक्षालन, एनिमा ,वास्पबिधि ,मालिस,माटो चिकित्सा,सूर्य किरण चिकित्सा,उपवास,चुम्बक चिकित्सा, होल बडी सिलप्याक एक्युप्रेसर,आहार विज्ञान ,पाक शास्त्रीय बिधि बिधान आदिको सहयोगबाट डब्लु एच ओ ले परिभाषित गरे अनुरुपको शारिरीक र मानसिक स्वास्थ्य दिन प्राकृतिक चिकित्सा शास्त्र पूर्ण रूपमा सक्षम छ l  आवस्यकता र शोधन गर्नुपर्ने  अवस्था अनुरुपका क्रियाकलापबाट प्रकृतिक अवस्थामा शरीरलाई फर्काउन सहयोग गर्ने बिधि नै प्रकृतिक चिकित्सा बिधि हो l अहिले सामान्य परिचय मात्र दिने उद्देस्य राखेको छु भविस्यमा उल्लेखित शीर्षकमा अलग अलग ब्याख्या गर्ने प्रयास गर्ने छु l आज योग र प्राकृतिक चिकित्सा संसार कै वैज्ञानिक र प्रभावकारी  चिकित्सा प्रणाली सिद्द भएको छ l एलोपैथिक  चिकित्सा बिधि सरल सहज र सस्तो भए पनि यसका प्रतिकूल प्रभावहरू निकै छन् l तर प्रकृतिक चिकित्सा पद्दतिमा कुनै प्रतिकूल प्रभाव  छैन l निकै चर्चित र सफल एलोपेथिक चिकित्सकसमेत प्रकृतिक चिकित्साबाट प्रभावित भएका छन् l यसको सामान्य ज्ञान राख्नेले कहिलै अस्पताल धाउनु पर्दैन घरमा नै सामान्य उपकरणको सहयोगमा स्वस्थ जीवन जिउन सक्छ l दक्षिण कोरियामासमेत  भारतबाट योगका प्राध्यापक झिकाई अनेक विश्व विद्यालयले औपचारिक पाठ्यक्रम निर्माण गरी शिक्षा प्रदान गरेको छ l विस्वका अनेक विश्वविद्द्यालयमा योगको  प्रयोग र पठन पठन भएका छन् l ध्यानका माध्यमले स्मरण शक्तिको विकास हुने  वैज्ञानिक सत्य सार्वजनिक भएका छन l
         एक्युपन्चर र एक्युप्रेसरका अस्पतालहरू संसारमा खुलेका छन l साउना अर्थात् स्नान घर तातो चिसो पानी  बाफ युक्त कोठा यी सबै कुराको संयुक्त उपचार विधि नै प्राकृतिक चिकित्सामा जोडिएको हुन्छ l यस्ता संरचना अनौपचारिक उपचार पद्दतिका रूपमा भेटिन्छन र निकै प्रभावकारी पनि साबित भएका छन्  ती सबैको संयुक्त प्रयोग नै प्राकृतिक चिकित्सा शास्त्रमा गरिन्छ l मौलिक रुपमा  आयुर्वेद्लाई पनि यसमा गाभेर प्रयोग गर्न सके अझ प्रभावकारी सिद्द हुनसक्ने छ l आयुर्वेद पनि एक अलग चिकित्सा प्रणाली हो तर रासायनिक इतरका जडिबुटीको ज्ञान भएमा आफ्ना खेत कान्ला र नजिकका जंगलमा पाइने वनस्पतिलाई  प्राकृतिक रुपमै प्रयोग गर्न सकिन्छ l जहाँ मानिस छन त्यहाँ औषधि फल्छ पाक्छ झर्छ 'जंगलीहरूका देशमा मणी पनि कौडी सरह फालिन्छन भने जस्तो अनेक अमृतादी वनस्पतिलाई प्रयोग गर्ने ज्ञान भएमा कसैको अनुमति लिनु पर्दैन l 'उचित मात्रामा प्रयोग गरिएमा बिष पनि अमृत हुन्छ भनिन्छ '  आघाएको बेला  भोजन पनि बिष हुन्छ l यसरी कतिपय रोगहरू खान नजानेर लाग्ने गर्दछ l प्राय  कुपोषणले भन्दा अधिक पोषणले धेरै रोगी र अकालमा मर्ने गरेका छन l प्राकृतिक चिकित्सले क्यालोरी मापन गर्न आग्रह गर्दछ l

              आधुनिक चिकित्सा प्रणालीमा रोगलाई शत्रू  मानी किटनासक दबाई छरिन्छ l शरीरका किट मर्दा प्रतिरक्षात्मक प्रणालीमा कमी आई शरीर कमजोर हुन्छ जीर्ण हुन्छ आयु छोटिन्छ आफ्नो शरीरलाई प्लास्टिक हाउसमा उब्जिएको तरकारी  जस्तो आकर्षक शरीर स्वस्थ रहेको भ्रम भए पनि वास्तविक रूपमा शरीर कमजोर भैरहेको हुन्छ l जसरी रासायनिक मललेमाटोको उर्वराशक्तिमा  ह्रास ल्याउछ त्यसरी नै हाम्रा शरीर कमजोर हुने तथ्य वैज्ञानिकहरूले पुष्टि गरेकै हुन् l यसरी नै प्राकृतिक चिकित्सा र जडिबुटीले प्रांगारिक मलले माटो सुरक्षित राखेजस्तो भित्रैबाट बलियो र विभिन्न भाइरस र बेक्टेरिया हरूसित स्वत प्रतिकार गर्न सक्ने खुबी प्रदान गर्दछ l आजको बदलिदो विश्वमा  मानव कल्याणका निम्ति प्राकृतिक चिकित्सा पद्दति नै वरदान साबित भएको छ ,सबैले यसमा चासो दिनु अपरिहार्य पनि छ l औद्योगिक विकास ,विनासकारी हतियार ,अनेक प्रदूषण र रासायनिक दबाईले मानव स्वास्थ्य भयानक जोखिममा परेको अवस्थामा प्राकृतिक चिकित्सा शास्त्र र योग नै मुक्तिदाता साबित हुने नै छ l रोग लाग्नुपूर्व  केही ज्ञान भएमा  रोग नलाग्ने र लागे पनि मित्रवत व्यवहारद्वारा रोगलाई शरीर भित्र मार्ने होइन शरीरबाट फाल्ने क्रिया प्राकृतिक चिकित्सामा हुन्छ l
     मानसिक स्वास्थ्यका सम्बन्धमा पूर्ण मानसिक स्वास्थ्य योगले नै प्रदान गर्दछ l  डिप्रेसन मुक्त गर्न योग निकै प्रभावकारी छ l पूर्ण मानव हुन ,र सन्तुष्ट जीवन जिउन पनि योगले निर्देशन गर्दछ l यम,नियम,आसन,प्राणायाम ,प्रत्याहार धारणा ,ध्यान, समाधिजस्ता अष्टाग  योगले सभ्य समुन्नत समाज र राष्ट्र पनि निर्माण गर्दछ l हाम्रा यी मूल्य सम्पती ओझेलमा पर्नु र हामीले हाम्रा ज्ञान र सम्पदाको सम्मान तथा रक्षा गर्न नसक्नु नै हाम्रो दुर्भाग्य हो l  सतही परिचय दिने चेष्टा मात्र गरेको छु बाकी अन्य लेख मार्फत अन्तरवस्तुमा प्रवेस गर्ने छु l

No comments:

Post a Comment