उद्योगी-व्यवसायीलाई तपाईको सबैभन्दा खुसी भएको दिन कुन हो भनेर प्रश्न गर्दा कस्तो उत्तर आउला ? सबैभन्दा धेरै आम्दानी भएको दिन ? कतिपयको उत्तर यही हुँदो हो । तर, उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको खुसीको क्षण व्यवसाय र आर्थिक विषयमा भन्दा फरक छ ।
प्रेमिकासँग तड्पिँदै मुसलमान बनेर इरानसम्म पुगेका वैद्य पूर्वमिस इण्डिया ऋतु सिंहलाई भेट्दा र बोल्न पाउँदा जीवनमै सबैभन्दा खुसी भए । त्यो खुसी, एक क्षणका लागि मात्र रहेन, धेरै ठूलो मेहनतपछि त्यो भेट विवाहमै परिणत भयो ।
आजभन्दा ५२ वर्षअघि भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ मा जन्मिएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्य आफूलाई रोमान्टिक भन्न रुचाउँछन् । आफूभन्दा १५ वर्ष कान्छी ऋतुलाई मनका हिसाबले आफूभन्दा जेठी ठान्छन् । जन्मजात व्यवसायी भएका उनी हरेक डिलमा नाफा घाटा विश्लेषण गरिरहन्छन् । तर, प्रेमको मामलामा उनले नाफाघाटा सोचेनन् रे ।
इरानीसँग घरजम
कलेज पढ्दै गर्दा २४ वर्षको उमेरमै वैद्यले इरानी नागरिक तारिनी फजलीसँग धर्मसमेत त्यागेर विवाह गरे । तर विडम्बना, दैवले खोसेर लगिदियो तारिनीलाई । बदलामा पठाएका रहेछन् ऋतु, जो अहिले उनीसित पत्नीका रुपमा छिन् ।
‘प्रेमको मामलामा म कम छैन, राम्रो चिजको प्रेममा तानिन्छु’ अमेरिकाको युनिभर्सिटीबाट इन्टरनेसनल बिजनेसमा एमबीए गरेका वैद्य भन्छन् । सुनौं उनकै शब्दमा प्रेम कहानी-
मेरो पहिलो प्रेम इरानकी तारिनी फजलीसँग अमेरिकामा भयो । र, दोस्रो प्रेम मिस इन्डिया ऋतुसँग । र, मैले दुबैलाई आफ्नो बनाएँ । सायद यो मेरो प्रेमको सफलता पनि हो । तर, उनीहरुलाई आफ्नो बनाउन मैले ठूलै कसरत गरेँ ।
सायद ‘लेडिज क्रेजी’ भएर होला, मेरो ‘वान साइडेड लभ अफेयर’ चल्थ्यो । मैले ज-जसलाई प्रस्ताव राखेँ र आफ्नो बनाउन सफल पनि भएँ । उनीहरु नै मेरो ‘लेडिज क्रेजी हृयाबीट’ मन पराउँदैनथे ।
तारिनी नेपाली साथीसँग भर्जिनिया घुम्न आएका बेला हाम्रो पहिलो भेट भयो । उनी पेन्सिभेनिया बस्थिन्, म भर्जिनिया । मेरो अर्पाटमेन्टमा ६ जना महिला साथीहरु बस्थे, उनी त्यहीँ बसिन् । मैले मन पराएँ ।
फोन नम्बर आदान-प्रदान भयो । लेडिज क्रेजी यो मन थामिएन । तारिनीलाई फोन हान्न सुरु गरिहालेँ । उनलाई मेरो बानी मन पर्दैनथ्यो । त्यसैले उनलेे ६ महिनासम्म मेरो फोन उठाइनन् । यद्यपि मैले प्रयास जारी नै राखेँ ।
धर्म परिवर्तन गरेँ
पढाइ सकेर म नेपाल फर्किएँ । बिस्तारै सम्पर्क हुन थाल्यो । मेरो आग्रहमा उनी नेपाल घुम्न आइन् । मेरा बुबा-आमालाई भेटिन् । फर्किने बेला, उनलाई दिल्लीसम्म छोड्न गएँ म । त्यहाँ पुगेपछि उनले इरान जाउँ भन्ने प्रस्ताव गरिन् । भारतस्थित इरानी दूतावास गयौं । तर, भिसा पाइएन । ऊ इरानी भए पनि म विदेशी केटा थिएँ । दूतावासका कर्मचारीले बिहे गरेको कागज बनाएर आयौ भने मात्रै भिसा पाइन्छ भने । टेम्पो चढेर पुरानो दिल्लीको एक मस्जिद गयौं । त्यहाँका पूजारी (काजी) लाई मुस्लिम परम्पराअनुसार बिहे भएको कागज बनाइदिन भन्यौं । निकै जोड गरेपछि मात्र उनले कागज बनाइदिए । मेरो नाम सिराज राखियो । दूतावासले भिसा दियो । तारिनी गएको केही महिनापछि म इरान गएँ । उनका बुबाआमाले तिमीहरु अब बिहे गर भन्नुभयो । हामी राजी भयौं । इरानको संस्कार बडो जटिल रहेछ । तारिनीका लागि म छोटो अवधिमै मुस्लिम बनें । र, विवाह गरियो ।
२० वर्षअघि काठमाडौंमा भएको थाई एयरको दुर्घटनामा तारिनीको निधन भयो । उनीसँगका दुई छोरी छन्, अहिले अमेरिकामा पढ्दैछन् ।
त्यसपछि विहे नगर्ने सोचमा थिएँ । तर, मेरो त्यो सोच ऋतुलाई देखेपछि बदलियो । १६ वर्षअघि उनीसँग वैवाहिक बन्धनमा बाँधिए । सायद ऋतुलाई नभेटेको भए दोस्रो बिहे गर्ने थिइँन ।
जब रोइन् मिस इण्डिया
म बालमन्दिरमा काम गर्थेँ । बालमन्दिरको अवस्था दर्दनाक थियो । फेसन शो गर्ने र उठेको रकम बालमन्दिरका लागि खर्च गर्ने सोच बनाएर नेपालमै पहिलोपटक फेसन शो आयोजना गरेँ । २५ जना भारतीय मोडलसँगै मिस इण्डिया ऋतु सिंह पनि आइन् ।
उनी यति आकर्षक थिइन् कि उनीसँगको पहिलो भेटमै मेरो मन पग्लियो । यो मन भन्ने चीज बडो अप्ठ्यारो हुँदोरहेछ । कन्ट्रोल नै गर्न नसकिने ।
फेसन शो सकियो । ऋतुलाई मसँगै राखूँजस्तो लाग्यो । कसरी उनलाई मेरा मनका कुरा भन्ने र प्रभावित बनाउने भन्ने सोचमा मग्न थिएँ । ऋतुसँग आएका २४ जना मोडेललाई प्लेन टिकट काटेर पठाएँ । ऋतुलाई ‘तिम्रो चाहिँ टिकट मिलेन’ भनेर यही राखेँ । वास्तवमा टिकट चाँहि मिलेको थियो ।
दुई दिनसम्म ऋतुलाई प्रभावित पार्ने प्रयास गरंे । नगरकोट लगेँ । हामीले हिमाल हेर्यौं, सूर्योदय हेर्यौं, सूर्यास्त हेर्यौं । काठमाडौं घुमाएँ । जीवनका बारेमा कुरा गर्यौं । प|mेण्डसीप बढ्यो । ऋतु दिल्ली फर्केपछि साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म फोनमा कुरा हुन थाल्यो । मन थाम्नै सकिएन । उनलाई भेट्न ४/५ पटक दिल्ली धाएँ । दुइटी छोरी भएकाले मलाई निकै अप्ठ्यारो थियो । मिस इण्डिया भइसकेकी ऋतुलाई कन्भिन्स गर्नु सामान्य कुरा थिएन । उनलाई चाहने धेरै थिए ।
जसरी भए पनि ऋतुलाई आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने लागेको थियो । ऋतु नभेटेको भए सायद म आजसम्म पनि अविवाहित नै हुन्थेँ । ऋतुको शरीरले मात्रै होइन, मन र म्याचुरिटीले पनि मलाई आकषिर्त गर्यो । जब मैले तारिनीका बारेमा ऋतुलाई सुनाएँ । उनी रोइन् ।
चिनजान भएको ६/७ महिनापछि उनलाई प्रेम प्रस्ताव गरेँ । विनोद चौधरी उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा उहाँको नेतृत्वमा हामी भारत घुम्न गएका थियौं । त्यो भ्रमणमा विनोदजीको मिटिङ छोडेर म ऋतुसँग कफी सपमा गफिएर बसेको हुन्थेँ । त्यो बेलादेखि हामी निकै सिरियस भइसकेका थियौं । ऊ परिवारकी जेठी छोरी । बुबा भारतीय सेनाको कर्णेल । घरमा पनि बडो स्टि्रक थियो । चौथोपटक दिल्ली गएपछि मैले उनलाई प्रस्ताव गरेँ । उनले बुबालाई सोध्नुपर्छ भनिन् । मोर्डन देखिए पनि ऋतु परम्परावादी केटी हो ।
प्रस्ताव गरेको सात महिनापछि उनले र उनको परिवारले मलाई स्वीकार गर्यो । हाम्रो सम्बन्ध विवाहमा परिणत भयो । विवाहपछि हाम्रो प्रेम अझ बढी झाँङ्िगएको छ ।
युवा उमेरमा जोश हुन्छ । केटी देख्नेबित्तिकै प्रस्ताव गरेको घटना त दर्जनौ छन् । तारिनी र ऋतुबाहेक अर्की एकजनालाई पनि गम्भीर भएर प्रस्ताव गरेको थिएँ । स्कुलको समयमा भएकाले त्यो घटना बिर्सेँ ।
अहिलेसम्म मैले धेरै केटी साथी बनाएँ । तर, मेरा लागि केटीहरुले नै खर्च गर्थे । मैले कहिल्यै गर्नु परेन । सायद मलाई भगवानले नै विशेष गुण दिएका हुन् कि ?
प्रस्तुती- पुष्प दुलाल
साभार : अनलाइन खबर

No comments:
Post a Comment