Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, February 13, 2014

सुरज वैद्यको प्रेम कहानी : इरानकी फजलीदेखि मिस इण्डियासम्म

उद्योगी-व्यवसायीलाई तपाईको सबैभन्दा खुसी भएको दिन कुन हो भनेर प्रश्न गर्दा कस्तो उत्तर आउला ? सबैभन्दा धेरै आम्दानी भएको दिन ? कतिपयको उत्तर यही हुँदो हो । तर, उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको खुसीको क्षण व्यवसाय र आर्थिक विषयमा भन्दा फरक छ ।

प्रेमिकासँग तड्पिँदै मुसलमान बनेर इरानसम्म पुगेका वैद्य पूर्वमिस इण्डिया ऋतु सिंहलाई भेट्दा र बोल्न पाउँदा जीवनमै सबैभन्दा खुसी भए । त्यो खुसी, एक क्षणका लागि मात्र रहेन, धेरै ठूलो मेहनतपछि त्यो भेट विवाहमै परिणत भयो ।
आजभन्दा ५२ वर्षअघि भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ मा जन्मिएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्य आफूलाई रोमान्टिक भन्न रुचाउँछन् । आफूभन्दा १५ वर्ष कान्छी ऋतुलाई मनका हिसाबले आफूभन्दा जेठी ठान्छन् । जन्मजात व्यवसायी भएका उनी हरेक डिलमा नाफा घाटा विश्लेषण गरिरहन्छन् । तर, प्रेमको मामलामा उनले नाफाघाटा सोचेनन् रे ।

इरानीसँग घरजम
कलेज पढ्दै गर्दा २४ वर्षको उमेरमै वैद्यले इरानी नागरिक तारिनी फजलीसँग धर्मसमेत त्यागेर विवाह गरे । तर विडम्बना, दैवले खोसेर लगिदियो तारिनीलाई । बदलामा पठाएका रहेछन् ऋतु, जो अहिले उनीसित पत्नीका रुपमा छिन् ।
‘प्रेमको मामलामा म कम छैन, राम्रो चिजको प्रेममा तानिन्छु’ अमेरिकाको युनिभर्सिटीबाट इन्टरनेसनल बिजनेसमा एमबीए गरेका वैद्य भन्छन् । सुनौं उनकै शब्दमा प्रेम कहानी-
मेरो पहिलो प्रेम इरानकी तारिनी फजलीसँग अमेरिकामा भयो । र, दोस्रो प्रेम मिस इन्डिया ऋतुसँग । र, मैले दुबैलाई आफ्नो बनाएँ । सायद यो मेरो प्रेमको सफलता पनि हो । तर, उनीहरुलाई आफ्नो बनाउन मैले ठूलै कसरत गरेँ ।
सायद ‘लेडिज क्रेजी’ भएर होला, मेरो ‘वान साइडेड लभ अफेयर’ चल्थ्यो । मैले ज-जसलाई प्रस्ताव राखेँ र आफ्नो बनाउन सफल पनि भएँ । उनीहरु नै मेरो ‘लेडिज क्रेजी हृयाबीट’ मन पराउँदैनथे ।
तारिनी नेपाली साथीसँग भर्जिनिया घुम्न आएका बेला हाम्रो पहिलो भेट भयो । उनी पेन्सिभेनिया बस्थिन्, म भर्जिनिया । मेरो अर्पाटमेन्टमा ६ जना महिला साथीहरु बस्थे, उनी त्यहीँ बसिन् । मैले मन पराएँ ।
फोन नम्बर आदान-प्रदान भयो । लेडिज क्रेजी यो मन थामिएन । तारिनीलाई फोन हान्न सुरु गरिहालेँ । उनलाई मेरो बानी मन पर्दैनथ्यो । त्यसैले उनलेे ६ महिनासम्म मेरो फोन उठाइनन् । यद्यपि मैले प्रयास जारी नै राखेँ ।

धर्म परिवर्तन गरेँ
पढाइ सकेर म नेपाल फर्किएँ । बिस्तारै सम्पर्क हुन थाल्यो । मेरो आग्रहमा उनी नेपाल घुम्न आइन् । मेरा बुबा-आमालाई भेटिन् । फर्किने बेला, उनलाई दिल्लीसम्म छोड्न गएँ म । त्यहाँ पुगेपछि उनले इरान जाउँ भन्ने प्रस्ताव गरिन् । भारतस्थित इरानी दूतावास गयौं । तर, भिसा पाइएन । ऊ इरानी भए पनि म विदेशी केटा थिएँ । दूतावासका कर्मचारीले बिहे गरेको कागज बनाएर आयौ भने मात्रै भिसा पाइन्छ भने । टेम्पो चढेर पुरानो दिल्लीको एक मस्जिद गयौं । त्यहाँका पूजारी (काजी) लाई मुस्लिम परम्पराअनुसार बिहे भएको कागज बनाइदिन भन्यौं । निकै जोड गरेपछि मात्र उनले कागज बनाइदिए । मेरो नाम सिराज राखियो । दूतावासले भिसा दियो । तारिनी गएको केही महिनापछि म इरान गएँ । उनका बुबाआमाले तिमीहरु अब बिहे गर भन्नुभयो । हामी राजी भयौं । इरानको संस्कार बडो जटिल रहेछ । तारिनीका लागि म छोटो अवधिमै मुस्लिम बनें । र, विवाह गरियो ।
२० वर्षअघि काठमाडौंमा भएको थाई एयरको दुर्घटनामा तारिनीको निधन भयो । उनीसँगका दुई छोरी छन्, अहिले अमेरिकामा पढ्दैछन् ।
त्यसपछि विहे नगर्ने सोचमा थिएँ । तर, मेरो त्यो सोच ऋतुलाई देखेपछि बदलियो । १६ वर्षअघि उनीसँग वैवाहिक बन्धनमा बाँधिए । सायद ऋतुलाई नभेटेको भए दोस्रो बिहे गर्ने थिइँन ।

जब रोइन् मिस इण्डिया
म बालमन्दिरमा काम गर्थेँ । बालमन्दिरको अवस्था दर्दनाक थियो । फेसन शो गर्ने र उठेको रकम बालमन्दिरका लागि खर्च गर्ने सोच बनाएर नेपालमै पहिलोपटक फेसन शो आयोजना गरेँ । २५ जना भारतीय मोडलसँगै मिस इण्डिया ऋतु सिंह पनि आइन् ।
उनी यति आकर्षक थिइन् कि उनीसँगको पहिलो भेटमै मेरो मन पग्लियो । यो मन भन्ने चीज बडो अप्ठ्यारो हुँदोरहेछ । कन्ट्रोल नै गर्न नसकिने ।
फेसन शो सकियो । ऋतुलाई मसँगै राखूँजस्तो लाग्यो । कसरी उनलाई मेरा मनका कुरा भन्ने र प्रभावित बनाउने भन्ने सोचमा मग्न थिएँ । ऋतुसँग आएका २४ जना मोडेललाई प्लेन टिकट काटेर पठाएँ । ऋतुलाई ‘तिम्रो चाहिँ टिकट मिलेन’ भनेर यही राखेँ । वास्तवमा टिकट चाँहि मिलेको थियो ।
दुई दिनसम्म ऋतुलाई प्रभावित पार्ने प्रयास गरंे । नगरकोट लगेँ । हामीले हिमाल हेर्‍यौं, सूर्योदय हेर्‍यौं, सूर्यास्त हेर्‍यौं । काठमाडौं घुमाएँ । जीवनका बारेमा कुरा गर्‍यौं । प|mेण्डसीप बढ्यो । ऋतु दिल्ली फर्केपछि साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म फोनमा कुरा हुन थाल्यो । मन थाम्नै सकिएन । उनलाई भेट्न ४/५ पटक दिल्ली धाएँ । दुइटी छोरी भएकाले मलाई निकै अप्ठ्यारो थियो । मिस इण्डिया भइसकेकी ऋतुलाई कन्भिन्स गर्नु सामान्य कुरा थिएन । उनलाई चाहने धेरै थिए ।
जसरी भए पनि ऋतुलाई आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने लागेको थियो । ऋतु नभेटेको भए सायद म आजसम्म पनि अविवाहित नै हुन्थेँ । ऋतुको शरीरले मात्रै होइन, मन र म्याचुरिटीले पनि मलाई आकषिर्त गर्‍यो । जब मैले तारिनीका बारेमा ऋतुलाई सुनाएँ । उनी रोइन् ।
चिनजान भएको ६/७ महिनापछि उनलाई प्रेम प्रस्ताव गरेँ । विनोद चौधरी उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा उहाँको नेतृत्वमा हामी भारत घुम्न गएका थियौं । त्यो भ्रमणमा विनोदजीको मिटिङ छोडेर म ऋतुसँग कफी सपमा गफिएर बसेको हुन्थेँ । त्यो बेलादेखि हामी निकै सिरियस भइसकेका थियौं । ऊ परिवारकी जेठी छोरी । बुबा भारतीय सेनाको कर्णेल । घरमा पनि बडो स्टि्रक थियो । चौथोपटक दिल्ली गएपछि मैले उनलाई प्रस्ताव गरेँ । उनले बुबालाई सोध्नुपर्छ भनिन् । मोर्डन देखिए पनि ऋतु परम्परावादी केटी हो ।
प्रस्ताव गरेको सात महिनापछि उनले र उनको परिवारले मलाई स्वीकार गर्‍यो । हाम्रो सम्बन्ध विवाहमा परिणत भयो । विवाहपछि हाम्रो प्रेम अझ बढी झाँङ्िगएको छ ।
युवा उमेरमा जोश हुन्छ । केटी देख्नेबित्तिकै प्रस्ताव गरेको घटना त दर्जनौ छन् । तारिनी र ऋतुबाहेक अर्की एकजनालाई पनि गम्भीर भएर प्रस्ताव गरेको थिएँ । स्कुलको समयमा भएकाले त्यो घटना बिर्सेँ ।
अहिलेसम्म मैले धेरै केटी साथी बनाएँ । तर, मेरा लागि केटीहरुले नै खर्च गर्थे । मैले कहिल्यै गर्नु परेन । सायद मलाई भगवानले नै विशेष गुण दिएका हुन् कि ?
प्रस्तुती- पुष्प दुलाल
साभार : अनलाइन खबर 

No comments:

Post a Comment