Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, February 26, 2014

आमाघरबाट ३२ जना बालबालिकाको उद्धार (अडियो ,भिडियोसहित)

काठमाडौं, फाल्गुन १४ । राजधानीको रवीभवनस्थित दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमा घरमा राखिएका ३२ जना बालबालिका असुरक्षित रहेको भन्दै केन्द्रीय बालकल्याण समितिले उनीहरुको उद्धार गरेको छ । संस्था दर्तासमेत नगरी र न्यूनतम भौतिक पूर्वाधारसमेत तयार नगरी बालबालिका राखिएकाले उनीहरु असुरक्षित भएको कारण उद्धार गरिएको समितिले जनाएको छ ।
२०५६ सालमा स्थापना भएको आमा घरमा राखिएका बालबालिकालाई अन्यत्र श्रमिकको रुपमा काम गर्न पठाउने गरेको पाइएको पनि समितिले जनाएको छ । अनुगमनको क्रममा समितिले बालबालिकालाई मापदण्ड विपरित फोहोर र दुर्गन्धित ठाउमा राखेको पाइएको र पटक–पटक त्यहाँ राखिएका बालबालिकाको यकिन तथ्यांक नदिएको भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ ।

अडियोको लागि -  Dil Shova Audio

भिडियोको लागि  - Dil Shova Video

आमा घरकी सञ्चालिका दिलशोभाले बालबालिकालाई उनीहरुका आफन्त कहाँ काम गर्न पठाएको स्वीकार गरेकी छन् । आफूसंँग ५६ जना बालबालिका र २९ जना बृद्धबुद्धा रहेका भन्दै उनले आफूले गरेको काम कानुन विपरित भए सजाय भोग्न तयार रहेको बताएकी छन् ।

दिलशोभामाथि त्यहाँ राखिएका बालबालिकामाथि यौन दूराचारको आरोपमा समेत छानबिन अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । आमा घरमा अधिकांश बालबालिका कर्णाली क्षेत्रका छन् ।
साभार :इमेज खबर 

No comments:

Post a Comment