Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, February 26, 2014

दिलशोभाले रुँदै भनिन्, 'यो सत्य होइन'

शम्भु कट्टेल ,काठमाडौं -
आमा घरकी सञ्चालक दिलशोभा श्रेष्ठले आफूमाथि लागेका आरोपको खण्डन गरेकी छन्। बुधबार रविभवनस्थित आमा घरमा पत्रकार सम्मेलन गरेर उनले आफू र आफ्नो संस्थामाथि लागेका यौनदुराचार आरोप असत्य रहेको दाबी गरिन्।


'क्यान्सर पीडित वृद्धा आमाको सेवाका लागि यही काम गर्ने बहिनीलाई पठाएकी थिएँ', पत्रकार सम्मेलनमा रुँदै उनले भनिन्, 'बालबालिका पठाएकी हैन।'

श्रेष्ठले रविभवनमा संचालन गरेको 'वृद्धावस्था व्यवस्थापन तथा समाजिक कल्याण गुठी' (आमा घर) को आडमा यौन दुराचार गरेको गम्भीर आरोप सहितको उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परेको छ।

प्रशासनले बुधबार बिहान आमाघरबाट ३४ बालबालिका सहित एक सुस्त मनस्थिति भएकी १ महिलालाई उद्भार गरेको छ।

६९ वर्षीया क्यान्सरपीडित कालिमाटी बस्ने राधिका मानन्धरलाई सेवा गर्न २९ वर्षकी धर्मकुमारी थापालाई पठाएको श्रेष्ठले बताइन्।

धर्मकुमारी थापा आमा घरमा नै खाना पकाउने काम गर्छिन्। मानन्धरकहाँ रातमा साथी बसिदिनमात्र थापा गएको उनले बताइन्।

६९ वर्षीया राधिका मानन्धरले आफैले दिलशोभालाई रातमा आफूलाई कुरिदिने कोही मान्छे भए खोजिदिन आग्रह गरेको अन्नपूर्णलाई बताइन्। 'म आफैले रातमा साथी पठाइदेउ भनेकी थिएँ', उनले भनिन्, 'यस्ती असल मान्छेलाई म नराम्रो भनेको मान्दिन।'

थापाले पनि मानन्धरलाई साथी बसिदिनमात्र आफू जाने गरेको अन्नपूर्णलाई बताइन्। 'बेलुका साथी बस्दिन्थेँ। तातो पानी दिन्थेँ', उनले भनिन्, 'यस्तो नचाहिने कुरा आइपर्छ भन्ने पत्तो भएको भए जान्नथेँ।'

उनले खाना पकाएबापत आमा घरबाट पाँच हजार पाउँछिन्। रातमा वृद्धाकहाँ साथी बसेबापत १५ सय दिने सहमति थियो।

'कानुन बुझिनँ'

वृद्धाश्रम सञ्चालन अनुमति लिएपनि बालबालिका सञ्चालनका लागि अनुमति नलिनु आफ्नो कमजोरी भएको उनले स्वीकार गरिन्।

'मैले कानुन बुझिन', उनले भनिन्, 'सरकारबाट बालबालिका राख्नका लागि छुट्टै अनुमति लिइएन। वृद्धाश्रम चलाउन अनुमति लिएका थियौँ।'
साभार : अन्नपुर्ण पोस्ट 

No comments:

Post a Comment