Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, February 9, 2014

सगरमाथा र बुद्ध कोरियाली सामु चिनाउने किम

निश्चल काउचा -सउल,  कोरिया-
कोरियन कवि तथा पत्रकार किम ह्योङ ह्यो
मलाई थाहा छ !
हजुरबुवा हजुरआमाले तिमीलाई सरगमाथा भनि बोलाएको !
के तिमीलाई थाहा छ !
हजुरबुवा हजुरआमाले सगरमाथा भनि बोलाएको !
एभरेष्ट त आयातित नाम न हो !
हजुरबुवा हजुरआमाको सगरमाथा कसरी बदलिन सक्छ र ?


माथिको यी कविताकको स्लोकहरू कुनै नेपाली कविको नभै कोरियन कवि तथा पत्रकार किम ह्योङ ह्योको हो । उनले यो कविता सगरमाथा बेस क्याम्प जादा लेखेको सुनाउछन । सन २००४ देखि नेपाल जान थाल्नु भएका किमले ''नेपाल कोरियन कल्चर सेन्टर'' नामक संस्था खोलेर नेपाली चित्रकारहरूको चित्र कला
कोरियामा र कोरियन चित्रकारहरूको चित्र कला नेपालमा प्रदशन गर्ने चाजोपाजो मिलाई दिईसकेका छन ।

स्थाई घर ख्वाङ्जु छलनादो भए पनि हाल आफ्नी जीवन् संगिनी नेपाली चेली मञ्जु गुरुङसँग सुवनमा बस्दै आएकाछन । उसो त उनलाई कोरिया भन्दा नेपालमा बस्ने इच्छा रहेको र कोरियामा आफ्नो श्रीमतीले करले बसेको सुनाउछन । नेपालको बिभिन्न भागको भ्रमण गरि सकेका किम साहित्य यात्राको क्रममा बिराटनगर देखि पोखरा , आदिकवि भानुभक्त आचार्यको जन्म स्थल चुँदी रम्घा , पोखरा हुँदै अन्नपुर्ण पद यात्राको यात्रा गरि सकेका छन् । गौतम बुद्धको जन्म स्थल लुम्बिनी यात्रा गर्दा आश्चर्य चकित भएको अनुभव सुनाए किनकी उनले कोरिया हुँदा गौतम बुद्धको जन्म भारतमा भएको थियो भनेर पदेका थिए । उनले वास्तविकता थाहा पाए पछि गौतम बुद्धको जन्म भारतमा होईन नेपालमा भएको हो भनेर कोरियन न्युज पेपर ई-सुवन र ओ माई न्युजमा लेखेर कोरियालीहरू सामु वास्तविकताको प्रकाश छर्ने काम गरेका थिए । स्मरण रहोस हाल कोरियन सरकारली गौतम बुद्धको जन्म स्थल नेपाल हो भनेर आफ्नो पाठयपुस्तकमा सच्चाई सकेको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता यात्री , बन लगायत कवि मञ्जुल देखि कवियत्री प्रगति राईका कविताहरू पनि कोरियन भाषामा अनुबाद गरि सकेका छन् । उनले कोरियन र रसियन भाषामा कविता संग्रह , अन्नपुर्ण यात्रा संस्मरण र''मुना मदनको आकाश'' नामक कृति कोरियन , नेपाली , अंग्रेजी भाषामा निकाली सकेका छन भने प्रकाशोन्मोख कृतिहरुमा ''बाटोको मान्छे''बालकथा नेपाली भाषामा र ''आकाशको गीत''कविता संग्रह निस्कने तयारीमा रहेको बताउछन ।

नेपाली खाना सेलरोटी भने पछी हुरुक्क हुन्छन ।  उनले नेपाली गीत रेशम फिरिरी , मेरो प्यारो ओखलदुङ्गा र फुलको आखामा मजाले गाउन सक्छन । अभिनयमा पनि बिशेष अभिरुची राख्ने उनको समाज सेवामा पनि उत्तिकै लगाव रहेको छ ।

नेपाली चेलीहरूले कोरियन नागरिकसँग विवाह गरेर दु:ख पाउने गरेको कुरा सुनाउदा कोरियाको लाईफ स्टाईल अलि कठिन र एडभान्स रहेको भाषा र कल्चरको समस्याले गर्दा समस्या उत्पन्न भएको अनुभव सुनाए र कोरियन नागरिकसँग विवाह गरेर आउन लागेका चेलीहरूलाई भाषा सिकेर र कल्चरको बारेमा बुझेर आएमा समस्या नहुने बताउछन ।


नेपाली कला, सस्कृति कोरियाली सामु चिनाउने उदेश्यले ''सि-साराङ '' नामक ब्लग पनि संचालन गरि राखेका छन । सधैं हसिला रसिला देखिने किम नेपालीको नीम्ति आँखाको नानी हुन । उनको ''सगरमाथा'' शिर्षकको कविता जस्तै उनी हाम्रो सामु अजम्बरी हुनेछन ।

कविताको बाँकी अंशबाट बिट मारौ

एभरेष्टको परिचय त क्षणिक न हो
तर सगरमाथा तिमी त अजम्बरी सगरमाथा !
हाम्रो मनभरि चुलिएको
हाम्रो गौरवशाली सगरमाथा !

No comments:

Post a Comment