-कबिता-
म त दिमाग नभएको मान्छे
खल्बलिए मेरा मगजहरू ,
तिमी त विद्वान छौ रे
त्यसैले रोएको छ तिम्रो र मेरो देश
पत्रकार बासेका छन् हरेक दिन
भाले बनेर ,
समाजसेवी भन्नेहरू उभिएका छन्
माला भिरेर मानौ
संसार जिते जस्तो
देश रोएको छ l
कहिले हास्छ जनता, कहिले रुन्छ ,
कहिले बर्बराउछ ,
हो म बर्बराउदै छु
हो मेरा मगज बिग्रिए
तिम्रा मगज पनि बिग्रिए कै हुन्
विस्वका चिकित्सकले देखिसके
स्वीकार गर्दैनन् पागलहरू l
आफू ठीक भएको भ्रम पालेर
विसंगत जीवन जिउनेका रमितामा
रमिते बनेर
एक कुनामा म पनि ताली पित्दैछु
हो म दिमाग नभएको मान्छे l
बन्दुक बोकेर मैदानमा उत्रिएका बेला
आतंक भो भनेर आत्तिएका पागलहरू
शान्तिले सत्ता माग्दा
बन्दुक नै बोक्न उक्साउनेहरू ,
चक्रब्यूह रच्दै छन् रे
अवस्य उत्रनेछन् अभिमन्यूहरूl
सत्ता र न्याय माग्नेलाई
फगत
बारुद भिराएर,
बारम्बार अस्तित्व खोज्नेलाई
निशस्त्र बनाएको घमण्डमा
बर्बराउदै ,
भ्रमको खेतीमा भविस्य नदेख्नेहरू
विद्वान छन् रे
बौद्दिक छन् रे
देशमा विसंगतिको खेती गरी
फसल भित्र्याउनेहरू
हो म त दिमाग नभएको मान्छे l
मंचमा अभिनय देखाउन
लाज मानेर
एक कुनामा नाट्यशालाको अभिनय हेर्दै
चुपचाप ताली पित्दैछु ,
बन्दुक छाडेर कलम बोक्नेहरूलाई
बारम्बार निषेध गर्दै,
बहिष्कार गर्दै
शान्ति र विकास खोज्ने पागलका जमातमा
म रमिते बनेर ,
जा जा जा
बन्दुक बोक् भन्दै छु ,
म त दिमाग नभएको मान्छे l
आतंकदेखि आत्तिएको अभिनय गर्दै ,
निषेधको पर्खाल लाएर
पहाड फोर्ने शक्तिलाई
बारूद फोर्न उक्साउदै
बिद्द्वान भएको अभिनय गर्दै
देश रुवाएर
अभिनन्दनको माला भिर्दै
आतंक सिर्जना गर्न हौसिएका बेला
मगज खुस्किएका जमातमा
रमिते बनेर
म ताली पिट्दै छु ,
हो म दिमाग नभएको मान्छे l
![]() |
| कमलप्रसाद अर्याल- |
म त दिमाग नभएको मान्छे
खल्बलिए मेरा मगजहरू ,
तिमी त विद्वान छौ रे
त्यसैले रोएको छ तिम्रो र मेरो देश
पत्रकार बासेका छन् हरेक दिन
भाले बनेर ,
समाजसेवी भन्नेहरू उभिएका छन्
माला भिरेर मानौ
संसार जिते जस्तो
देश रोएको छ l
कहिले हास्छ जनता, कहिले रुन्छ ,
कहिले बर्बराउछ ,
हो म बर्बराउदै छु
हो मेरा मगज बिग्रिए
तिम्रा मगज पनि बिग्रिए कै हुन्
विस्वका चिकित्सकले देखिसके
स्वीकार गर्दैनन् पागलहरू l
आफू ठीक भएको भ्रम पालेर
विसंगत जीवन जिउनेका रमितामा
रमिते बनेर
एक कुनामा म पनि ताली पित्दैछु
हो म दिमाग नभएको मान्छे l
बन्दुक बोकेर मैदानमा उत्रिएका बेला
आतंक भो भनेर आत्तिएका पागलहरू
शान्तिले सत्ता माग्दा
बन्दुक नै बोक्न उक्साउनेहरू ,
चक्रब्यूह रच्दै छन् रे
अवस्य उत्रनेछन् अभिमन्यूहरूl
सत्ता र न्याय माग्नेलाई
फगत
बारुद भिराएर,
बारम्बार अस्तित्व खोज्नेलाई
निशस्त्र बनाएको घमण्डमा
बर्बराउदै ,
भ्रमको खेतीमा भविस्य नदेख्नेहरू
विद्वान छन् रे
बौद्दिक छन् रे
देशमा विसंगतिको खेती गरी
फसल भित्र्याउनेहरू
हो म त दिमाग नभएको मान्छे l
मंचमा अभिनय देखाउन
लाज मानेर
एक कुनामा नाट्यशालाको अभिनय हेर्दै
चुपचाप ताली पित्दैछु ,
बन्दुक छाडेर कलम बोक्नेहरूलाई
बारम्बार निषेध गर्दै,
बहिष्कार गर्दै
शान्ति र विकास खोज्ने पागलका जमातमा
म रमिते बनेर ,
जा जा जा
बन्दुक बोक् भन्दै छु ,
म त दिमाग नभएको मान्छे l
आतंकदेखि आत्तिएको अभिनय गर्दै ,
निषेधको पर्खाल लाएर
पहाड फोर्ने शक्तिलाई
बारूद फोर्न उक्साउदै
बिद्द्वान भएको अभिनय गर्दै
देश रुवाएर
अभिनन्दनको माला भिर्दै
आतंक सिर्जना गर्न हौसिएका बेला
मगज खुस्किएका जमातमा
रमिते बनेर
म ताली पिट्दै छु ,
हो म दिमाग नभएको मान्छे l
कमलप्रसाद अर्याल ,दक्षिण कोरिया l

No comments:
Post a Comment