Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, February 21, 2014

तिमी चित्र विचित्र

-कविता -
कमलप्रसाद अर्याल 

नाता विचित्र जीवन चित्र चित्र
आवेग, संवेग,भावनाभित्र विचित्र
कहिले पगाल्दै  कहिले जमाउदै
कहिले उन्मत्त कहिले घोसेमुन्टो मै
कहिले वादलपारि उडाउदै
कहिले वास्तविकतामा खसाल्ने तिमी
मेरी जादू तिमी
 तिमीनै रहस्य
तिमी चित्र
हो तिमी चित्र विचित्र
शिवधुरीको लेकबाट उडाएर
धौलागिरिको थाप्लामा पुर्याउने तिमी
हिमगिरिको सिरानबाट वादलको भुवामा
उफार्ने तिमी
मोहिनीरूपमा शिव लठ्याउने तिमी
विस्वामित्रको तपोभंग गर्ने मेनका तिमी
मेरी सकुन्तलाकी आमा तिमी
सदा कौमार्य र कुमारीत्व कायम गर्ने तिमी
सपनी मै बिपनीको स्वाद दिदै
बिलाएर तड्पाउने तिमी
तिमी चित्र तिमी विचित्र
वादलको विमानबाट उडाउदै
एकान्त देखाएर सर्वस्वहरण गर्ने तिमी
रहस्यसिद्द  गरेर
आकासबाट खसाल्ने तिमी
बारम्बार सातो लिएर
सन्चै छ ? भनी सोध्ने तिमी
म तिम्रो नशा/नसामा
तिम्रो जादूले विलय
म पानी ,
तेल
र मैन
मिसाउ,पकाऊ,पागल म तिम्रो साधन
तिमी साध्य
अस्तित्वहीन विलय प्राप्तिको साधक म
सकिनु,मिसिनु,र जल्नु
मेरो नियति
म पदार्थ तिमी सिद्दान्त
रूपान्तरण तिम्रो चाहना
कहिले बरफ,पानी,र,आगो
मेरो नियति
मलाई अघाउन्जेल भोग
केवल पदार्थ
हो ,म पदार्थ तिमी  विचित्र
तिमी होस हराएकी आजकी सकुन्तला
कहिले छोरी
कहिले छोरीकी आमा
मेरी मेनका

कहिले विस्वामीत्र
कहिले दुस्यन्त
आजको ब्याकुल दुस्यन्त
तिमी आजकी फेसबुकेसकुन्तला
तिमी रहस्य ,तिमी विचित्र
खेलौना म
जीवन बुझ्न बलेको मैन जस्तो
बल्दा बल्दै खोज्दा खोज्दै
सकिएको पत्तो नपाउदै
अध्यारो छाएको
नभेटिएको मेरो रहस्य
कहिले तिमी चित्र म विचित्र
कहिले तिमी विचित्र म चित्र
कहिले मीठो
कहिले तीतो
तिमी चित्र विचित्र l

कमलप्रसाद अर्याल ,दक्षिण कोरिया 

No comments:

Post a Comment