डा.कमलप्रसाद अर्याल ,दक्षिण कोरिया
योग शास्त्रमा वर्णन गरिएको नेती क्रिया प्राचीनकालदेखि योगी,महर्षि,र साधकहरूले षटकर्म मध्ये एक मानेर सामान्य दिनचर्याका रुपमा प्रयोग गर्दै आएको क्रिया हो l जसरी हामी बिहान उठेर ब्रस गर्छौ साधकहरू हरेक दिन यो क्रिया गर्दछन् l यसको प्रभावकारिताको अनुसन्धान पश्चात् प्राकृतिक चिकित्सा पद्दतिमा यसको प्रयोग हुन थालेको हो l हात्तीले शरीर शोधनका निम्ति नाकबाट पानी तानेर मुखबाट फाल्छ यसैबाट प्रेरित भई मानवले यसको प्रयोग गर्न थालेको भनिन्छ l महर्षि पातंजलीदेखि नै यसको प्रयोग र वर्णन हुदै आएको हो l योगीहरू जल नेती,रवड वा सूत्र नेती घिउ,दूध र तेलको नेती पनि गर्दछन तर प्राकृतिक चिकित्साले जल र रवड नेती नै स्वीकार गरेको छ l नाकबाट पानी वा रबड हाली मुखबाट निकाली सफा गर्ने विधिलाई नेती भनिन्छ l
बारम्बार रुघा लागिरहने , नाकबाट रगत आउने टाउको दुख्ने,पिनास, धुलो धुवाको एलर्जी ,नाकमा भित्र मासु पलाउने बारम्बार नाकबाट रस बगिरहने जस्ता अनेक समस्याको एकमात्र सही उपचार प्राकृतिक चिकित्सामा नेती हो l यसको प्रयोगमा साबधानीको आवस्यकता हुन्छ अर्थात् गलत प्रयोगले मस्तिष्कमा पानी जम्न सक्ने हुन सक्छ जसले गर्दा लाभ भन्दा हानी हुन पनि सक्छ l यसका निम्ति योग्य चिकित्सक र योग्य सहयोगीको आवस्यकता हुन्छ l यसको बिधि एक पल्ट सिके पछि बारम्बार आफूलाई आवस्यकताअनुसार प्रयोग गर्न सकिन्छ l
आवस्यक सामग्री -
१ - सानो मुख भएको करुवा जो नेतीका निम्ति नै निर्माण गरिएको हुन्छ,२ - मनतातो नुन पानी [थोरै खकार मा हुने नुनको मात्र बरावर] पानी ३ लिटरसम्म ३- क्याथेडर पाइप १.५ वा २ लाइनको
बिधि -
एक खुट्टा दोबार्नेएक खुट्टा उठाउने नुन पानी करुवामा राख्ने सामान्य कोल्टो पर्ने ,नाकको पोरामा करुवा राख्ने र सहज गतिमा पानी निस्कन दिने मुख खुल्ला आं गर्ने एक नाकबाट पसेको पानी स्वत मुखबाट निस्कन्छ l एक लिटर जति पानी निस्किए पछि फेरि अर्को नाकको पोरामा जोड्ने पानी मुखबाट निस्कन्छ अन्तमा क्याथेडर पाइपलाई तातोपानीमा भिजाउने नरम हुन्छ अनि नाकको पोराबाटबिस्तारै छिराउने मुखबाट निस्कन्छ अनि कहिले मुख पट्टिको छेउ त कहिले नाक पट्टिको छेउ तान्ने l यो बिधि गर्नाले उल्लेखित नाकसम्बन्धि अनेक समस्या समाधान हुनेछ l योग्य प्रशिक्षकको निर्देशन गर्नु आवस्यक छ यो लेख सामान्य परिचय मात्र हो l
सफा गरेपछि पाइप र अन्य भाडा सफा गरी राख्ने बारम्बार सोही साधनको प्रयोग गर्न सकिन्छ l रबड नेती गर्दा रबडमा घिउको प्रयोग गर्न सकिन्छ l स्वस्थ व्यक्तिले गर्दा रोग नलाग्ने र रोग लागेकाले गर्दा भने रोगीको अवस्था अनुसार कति र कस्तो गरी गर्ने गराउने चिकित्सकको सल्लाह बमोजिम गरिनु पर्दछ l नेती कार्य सकिए पछि भस्त्रिका प्रणायाम गर्नु आवस्यक छ l यस प्रणायामले मस्तिष्कमा पनि जम्न र पस्न दिदैन सबै पानी निकाल्छ l पानी राम्रो ननिस्किएमा टाउको दुख्ने र थप समस्या पनि देखिन सक्छ l प्राकृतिक चिकित्सा र योगमा प्रयोग हुने यो बिधि साचै कल्याणकारी छ l
योगीहरू, साधकहरू घिउ तेलको नेती पनि गर्छन भने मुखबाट दुध पिए झैँ सहज रुपमा नाकबाट दूध पिउने गर्दछन् l यसले नाकका अनेक रोग वा दीर्घ रोग निर्मूल बनाउछ l नाक रोगको सफल उपचार सरल र सहज ढंगले गर्न सक्ने प्राकृतिक चिकित्सा र योग नै हो l रोगी,भोगी,योगी साधक र नाक रोगको सम्भावनाबाट जिगिन चाहने हरेककानिम्ति नेती बरदान हो l

No comments:
Post a Comment