-गजल -
बसन्तमा रण बन, कोईलीले गाउन छोड्यो
सम्झिनेले बिर्सियो कि,बाडुल्की नै आउन छोड्यो
त्यो आँतको समीप हुँदा,फूलहरु पराग छोड्थे
पिरतीले बाटो मोड्दा ,पवन पनि छाउन छोड्यो
इन्द्रेणीको रंग चोरी ,गरेकी छु श्रृंगार सोह्रै
अधुरो नै लाग्छ जब,उनले माया लाउन छोड्यो
यौटा काँडा बिझ्दा मलाई,आँशु हुन्थ्यो त्यो आँखामा
हिजो आज लड्छु धेरै ,तर उसले समाउन छोड्यो
तन मन सुम्पे सारा,जिन्दगी नै उपहार दिएँ
ख़ुशी भन्दा दुःख मिल्दा,आज मन पराउन छोड्यो
कल्पना राई"ख़ुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया
| कल्पना राई"ख़ुशी" |

No comments:
Post a Comment