मधुजंग पाण्डे ,काठमाण्डौ |
नेपाली कामदारको उत्कृष्ट गन्तव्य दक्षिण कोरिया जानका लागि भाषा परिक्षामा सहभागी भई उत्तीर्ण हुने उत्कृष्ट प्रसिक्षार्थीहरूको सीप परीक्षण गर्ने काम मंगलबारबाट सकिएको छ । गत अगस्टमा सम्पन्न दक्षिण कोरियाली भाषा परिक्षामा उत्कृष्ट प्रसिक्षार्थीको सीप परीक्षण गर्ने काम गत १३ मंसिरबाट सुरु भएको थियो । जसमध्ये उत्पादन र कृषि क्षेत्रबाट ३ हजार ८ सय ९६ जना सीप परिक्षणमा सहभागी भएको नेपालस्थित ईपीएस कोरिया शाखाले जनाएको छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले सीप परिक्षणमा सहभागी हुनेहरूको नतिजा आगामी १ पुसमा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । गत मंगलबार सीप परिक्षण गर्ने काम सम्पन्न भएको जानकारी दिँदै उनले आगामी ९ जनवरीसम्ममा रोस्टरमा सबै जनाको नाम इन्ट्रि गरि सक्ने र त्यसपछि रोस्टरमा सहभागी सबैको नाम कोरिया पुग्ने बताए । उनले एचआरडी कोरियाले सोहीअनुरूप पहिलो चरणमा कामदार छनोटको प्रक्रिया थाल्ने बताए । सन् २०१४ को फेब्रुबरीबाट दक्षिण कोरिया कामदार पठाउने क्रम सुरु हुने बताउँदै ईपीएस शाखाका प्रमुख बाँस्तोलाले भने, ‘प्रारम्भिक छनोटका लागि यहाँ आइपुगेका कोरियन विज्ञको सुझावअनुसार अहिलेका कामदारको सीपमा अझै केही सुधार्नु राम्रो हुनेछ ’।
उनले उत्पादनमूलक र कृषि क्षेत्रका कोरियन विज्ञहरूले नेपाली कामदार शारीरिक रूपमा निकै सक्षम भए पनि सम्बन्धित कामको सीपमा भने केही कमजोर नै देखिएकाले अझै जानुभन्दा पहिले सीपसम्बन्धी ज्ञान दिलाउन जोड दिनुपर्ने सुझाव दिएको बताए । नेपाल र कोरिया सरकारसँग भएको सम्झौताअनुसार भाषा परिक्षामा उत्कृष्ट हुने ईपीएस प्रशिÔार्थीको सीप परीÔण गरी प्राथमिताका आधारमा दक्षिण कोरियाको रोजगारीमा पठाउने काम सन् २०११ बाट सुरु भएको थियो ।
सीप परिक्षणमा उत्पादनमूलकतर्फबाट २ हजार ७ सय २९ र कृषिबाट १ हजार १ सय ६७ जना सहभागी भएको ईपीएस शाखाले जनाएको छ । सन् २०१४ मा दक्षिण कोरियाका लागि नयाँ कामदार लैजान लिइएको भाषा परिक्षामा ८ हजार २ सय उत्तीर्ण भएका थिए । भाषा परिक्षामा करिब ४७ हजार ७ सय ७२ नेपाली सहभागी भएका थिए । सीप परीक्षणका लागि उत्पादनतर्फ २ सय पूर्णाङ्कमा १ सय ५२ भन्दा माथि र कृषि र पशुपालन क्षेत्रतर्फ १ सय ४० भन्दा बढी अंक ल्याएका व्यक्ति सहभागी हुन सक्ने ईपीएस शाखा कार्यालयले जनाएको छ । अहिलेसम्म वैदेशिक रोजगारीका लागि दक्षिण कोरियाको रोजगारी सबैभन्दा उत्कृष्ट रहेकाले नेपालीको आकर्षण पनि निकै रहेको छ । हाल दक्षिण कोरियामा पुगेका ईपीएस कामदारले मासिक करिब १ लाख रुपैयाँ कमाउँछन् ।
यो रकम अन्य रोजगार गन्तव्य मुलुक मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतमा भन्दा चार गुणा बढी पारिश्रमिक हो ।दक्षिण कोरियामा यी मुलुकमा भन्दा कामदार सुरक्षा एवं हकअधिकारको स्थिति पनि निकै राम्रो भएको बताइएको छ । वैधानिक रूपमा ईपीएसमार्फत नेपाली कामदार पठाउने काम सन् २००८ बाट सुरु भएको हो । त्यसबेला करिब ३२ हजार नेपालीले भाषा परीक्षा दिएका थिए । सन् २०११ मा सो संख्या बढेर ५१ हजार पुगेको थियो । ईपीएसबाट कोरिया जाने नेपाली कामदारको संख्या अहिलेसम्म करिब १८ हजार पुगेको जनाइएको छ ।
- राजधानी दैनिक

No comments:
Post a Comment