-कबिता-
मेरै पाखाको एक सर्को सिरेटो
मेरै कौसीको एक हरक न्यानो
बगैचाको बासना
पँधेराका एक हुल दौतरी
स्कुले जादैगरेको बाटो
गोठाला फर्किरहेको गोधुली
चौतारीको सजिलो आड
घुम्ती र गोरेटोको भेटाइ ,छुटाई
सायद
सायद ति सबै कोसेली लिएर आएको छ आज जुन
आमाको काख, बाबाको हातसमाएर हेरेको यो जुन
दाइ दिदि सबैको साथमा हेरेको यो जुन
साथीसंगी संग घरि बुद्ध घरि के को आकृति खेजेको
गुरुको उदाहरंमा, छुने सपनाको जुन ,
उधारो सपनाको डोरी समातेर जहाँ जहाँ पुगेपनि
साथी मेरो बालापन को
साथी आजपनि उस्तै एकान्तको
होला अमुल्य कोसेली बोकेर आएको आज पनि यो जुन l
मञ्जु रेग्मी ,दक्षिण कोरिया
-मञ्जु रेग्मी - |
मेरै पाखाको एक सर्को सिरेटो
मेरै कौसीको एक हरक न्यानो
बगैचाको बासना
पँधेराका एक हुल दौतरी
स्कुले जादैगरेको बाटो
गोठाला फर्किरहेको गोधुली
चौतारीको सजिलो आड
घुम्ती र गोरेटोको भेटाइ ,छुटाई
सायद
सायद ति सबै कोसेली लिएर आएको छ आज जुन
आमाको काख, बाबाको हातसमाएर हेरेको यो जुन
दाइ दिदि सबैको साथमा हेरेको यो जुन
साथीसंगी संग घरि बुद्ध घरि के को आकृति खेजेको
गुरुको उदाहरंमा, छुने सपनाको जुन ,
उधारो सपनाको डोरी समातेर जहाँ जहाँ पुगेपनि
साथी मेरो बालापन को
साथी आजपनि उस्तै एकान्तको
होला अमुल्य कोसेली बोकेर आएको आज पनि यो जुन l
मञ्जु रेग्मी ,दक्षिण कोरिया
No comments:
Post a Comment