Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, January 27, 2016

कोरियामा माहोल तताउदै जनाधिकार मञ्च

गोबिन्द गौतम
२७ जनवरी ,२०१६
सउल,दक्षिण कोरिया l
एनेकपा माओबादीको प्रवासी भातृ संगठन नेपाली जनाधिकार मञ्च दक्षिण कोरिया आफ्नो आसन्न महाधिवेशनलाई लिएर सदस्यता बितरण, संगठन बिस्तार र संगठन पुनः निर्माणमा सक्रियताका साथ लागि परेको छ। संगठनलाई कोरियामा अत्यावश्यक सामाजिक काम तथा परोपकार संगै जोडेर यहाँ रहेका सम्पुर्ण संघ सस्था तथा नेपाली समुदाय संग सहकार्य गर्दै एक शसक्त परोपकारी तथा सामाजिक अभियानमा आफुलाई जोड्ने लक्ष्य सहित सकृय बनाउने कार्यमा संगठन लागि परेको छ।
हालै मात्र क्षेत्रीय संयोजक तोकेर क्षेत्रीय अधिबेशनको तयरीमा लागेको मञ्चले यहि ३१ तारिक किम्हे बुसान क्षेत्रको अधिबेशन गर्ने घोषणा गरि सकेको छ भने त्यसको लागि सम्पुर्ण तयारी समेत पूरा गरि सकिएको जनाएको छ। एक महिना भित्रमा कोरियाका सबै क्षेत्रको अधिबेशन सक्ने तयारीका साथ मञ्चले आफ्ना क्षेत्रीय संयोजक हरुलाई तयारीको लागि निर्देशन समेत गरिसकेको अध्यक्ष गणेश कालीकोटेले बताउनु भएको छ।
मञ्च प्रती आस्था राख्नुहुने सम्पुर्ण कोरियाबासी नेपाली समुदाय लाई एकजुट भएर समाजको रुपान्तरण र बिकाशमा हातेमालो गर्ने अभियानमा सहकार्य गर्न तथा आफ्नो आस्थालाई पुनर्जागरण गरि नयाँ संगठन निर्माणका लागि सक्दो योगदान गर्न कालिकोटेले अपिल समेत गर्नु भएको छ।
"बृहत् सामाजिक अभियान अहिलेको आवश्यकता र समयको माग हो, यसको लागी नेपाली जनाअधिकार मञ्च पहिल्यै देखी लागि परेको तथा आगामी दिनमा अझै सशक्त भएर लाग्ने नयाँ योजनाका साथ अगाडि आउदै छ ।"मञ्चका महासचिब लाल काजी बस्नेत ले भन्नू भयो।
बुसान किम्हे पछि मञ्चले क्रमशः आन्सान सुवन क्षेत्रको अधिबेशन गर्ने जनएको छ।त्यसका लागि पनि तयारी तिब्र पारिएको कुरा मन्चका प्रचार संयोजक (प्रबक्ता)चुडामणि अधिकारी द्वारा बताईएको छ।

No comments:

Post a Comment