Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, November 18, 2015

जनसम्पर्क समितिको महाधिवेशन तयारी पूरा


नमस्ते नेपाल कोरिया
१८ नोभेम्बर २०१५, दक्षिण कोरिया l

नेपाली कांग्रेसको भगिनी संगठन नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियामा एक सकृय भातृ संगठनको रुपमा चिनिएको छ । विभिन्न आरोह र अबरोह पार गर्दै करीब एक दशक लामो ईतिहास बनाएको जनसम्पर्क समिति कोरियाले प्रवासी भूमीमा अनेकौं परोपकारी कामका साथै जातिय, क्षेत्रीय संघसंस्थाहरूसंग हातेमालो गर्दै नेपाली कांग्रेसको सिद्धान्तलाई अंगिकार गर्नेहरुलाई संगठित गर्दै आएको छ ।

आउदो २२ नोभेम्बरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं यूवा नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यमा हुने भनिएको महाधिवेशन कोरियाका विभिन्न शहर, नेपाली पसल, रेस्टुरेन्टमा माहोल तातेको छ । जनसम्पर्कको क्षेत्रीय अधिबेशन सकिएसंगै केन्द्रीय महाधिबेशनको पूर्ण तयारी भएको जानकारी जनसम्पर्क महामन्त्री प्रकाश वलीले हाम्रा संवाददातालाई गराएका छन् । सभापति नवराज शिवाकोटीको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरि विधानको संशोधनका लागि डा. अग्निराज कोईरालाको संयोजकत्वमा प्रकाश धमला र लक्ष्मण भन्ताना सदस्य रहको विधान संशोधन समितिले पनि विधान सम्बन्धि संशोधित कार्य सकेर केन्द्रीय समिति बैठकबाट पारित विधानलाई अनुमोदनका लागि महाधिवेशन हलमा लाने तयारी गरेको छ भने प्रकाश धमालाको संयोजकत्वमा अनिराज कोईराला, टंक बानिया,राजन श्रेष्ठ र जितेन्द्र उपाध्याय"जितू" सदस्य रहने गरि निर्वाचन समितिले पनि निर्वाचन सम्बन्धि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
महाधिवेशन प्रतिनिधि कृयाशिल छानबिन सभापति नवराज शिवाकोटीको सयोजकत्वमा महामन्त्री प्रकाश वली र अनुशासन विभाग प्रमुख लक्ष्मण भन्तानालाई दिइएको छ । महाधिवेशन प्रचारप्रसारको जिम्मा सह- महामन्त्री जीतेन्द्र महतालाई दिईएको छ भने अधिवेशनलाई अनुशासित पूर्वक सु सपन्न गर्न स्वयंसेवक परिचालनको जिम्मा हरि गौतमलाई दिईएको छ । त्यस्तै गरि हल व्यवस्थापनको जिम्मा कोषाध्यक्ष खर्क डांगी, केन्द्रीय सदस्य रामु कार्की, पूर्व पदाधिकारी गणेश तिमिल्सिना लगायतलाई दिईएको छ । महाधिवेशनलाई सभ्य र भव्यरुपले सम्पन्न गर्न अतिथि स्वागत, सत्कार लगायत अन्य विभिन्न उप-समिति बनाईएको छ ।
महाधिवेशनको सरगर्मी बढेसंगै सभापति नवराज शिवाकोटी लगायतका पदाधिकारीहरुले आसन्न महाधिवेशनका सभापतिका प्रत्यासीहरुसंग सम्बाद थालेर सर्वसम्मतको नेतृत्व चयन गराउन पहल थालिएको बताईएको छ ।
क्षेत्रीय समितिहरुका नव निर्वाचित कमिटी, महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै क्षेत्रीय अधिवेशनलाई सफलता पूर्वक सम्पन्न भएकोमा सम्पूर्ण कांग्रेसजनहरुलाई नेपाली जनसम्पर्क केन्द्रीय कार्य समितिले धन्यवाद प्रकट गर्दै केन्द्रीय महाधिवेशनमा उत्साहजनक सहभागिताका लागि कोरियामा रहेका बुद्धिजीवी, व्यापारी,विद्यार्थी, पत्रकार, कामदार र पार्टीपति आस्थावान सम्पूर्णलाई देहाय बमोजिमको मिति र स्थानमा उपस्थित हुन हार्दिक अपिल गरेको छ ।

तपशील

मिति - २२, नोभेम्बर , २०१५
स्थान- हेह्वा स्थित ह्वासु ह्वेग्वान( तेश्रो महाधिवेशन भएको हल)
जाने तरिका-लाईन न. ४ ,ह्वेवा स्टेसन, गेट नं. ४ र ५ बाट सिधा हिडेर ५ मिनेट
समय- दिउँसो ठीक १२ बजे

No comments:

Post a Comment