Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, November 17, 2015

कोरियामा देउसी भैलो कार्यक्रम भब्यताका साथ सम्पन्न

कोरियामा फेन्तेक नेपाली आपतकालीन कोष  सगै देउसी भैलो कार्यक्रम भब्यताका साथ सम्पन्न,

-गौरव न्यौपाने

14 नोवेम्बर 2015
फेन्तेक ,कोरिया
शुभ दिपावली २०७२  को पावन अवसरमा फेन्तेक माइग्रेन्ट सेन्टर नेपाली कमिटि कोरियाले कोरियामा फेन्थेक नेपाली आपतकालीन कोष स्थापनार्थ आयोजना गरेको देउसी भैलो कार्यक्रममा  देउसी भैलोको साथै विभिन्न गीत संगीतमा नाच्दै र गाउदै भब्यताका साथ सम्पन्न भएको छ । 
आपसी सद्भाव, परम्परागत मूल्य र मान्यता ,सँस्कृतिको जगेर्ना गर्दै प्रवाशमा नेपाली हातेमालोको परिचय सहित प्रवाशमा आपतविपतमा परेका नेपालिहरुलाइ सहयोग गर्ने हेतुले आपतकालिन राहत कोषका लागि देउसी भैलो मार्फत केही रकमहरु सङ्कलन गरेको छ । साथै निरन्तर आपतकालिन कोष अभियान अघि बढाउने पनि जनाएको छ l 
सो कार्यक्रम समापनको अवसरमा बोल्दै समितिका अध्यक्ष कृष्ण पुरीले सहयोग गर्नुहुने समाजसेवी ,ब्यबसायी तथा सम्पूर्ण नेपालीहरुलाई धन्यवाद प्रदान गर्दै निकै उल्लाशपूर्ण रुपमा फेन्थेकमा पहिलो पटक यसरी दीपावली देउसी भैलो गरीएको र सबैलाई आगामी दिनमा पनि सहयोगको अपिल गरेका  थिए  l
उल्लेख्य नेपालीहरुको सहभागीताका साथ सुरु भएको देउसी भैलो क्रमश फेन्तेक माइग्रेन्ट सेन्टर ,कान्तिपुर रेस्टुरेन्ट,स्वयम्भू रेस्टुरेन्ट र आरती रेस्टुरेन्टमा देउसी भैलो तथा नाचगान गरेका थिए । आपसी सहयोग गर्दै उपस्थिती जनाउदै रमाइलोमा उपस्थित सम्पुर्ण नेपाली मिलनसार मनहरुलाइ फेन्तेक माइग्रेन्ट सेन्टर नेपाली कमिटीले उत्तरोत्तर प्रगती ,सुख समृद्धि को कामाना गर्दै हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

सम्बन्धित तस्बिरहरु 












No comments:

Post a Comment