Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, December 3, 2013

जून जस्तै जुनु l

नरेन्द्र राउले -
दक्षिण कोरियाको राजधानी सोलस्थित शुभेच्छा रेस्टुराँमा नेपालीहरूको उपस्थिति बाक्लो रहन्छ। नेपालबाट पहिलो पटक को रिया पाइला टेक्ने र कोरियामै रहनेहरू एकपटक त्यहाँ पुगेकै हुन्छन्। तीमध्ये अधिकांश विभिन्न समस्यामा परेर शुभेच्छा धाउँछन्।

हँसिलो मुहारमा अभिवादन फर्काउँदै नेपालीहरूलाई स्वागत गर्छिन्, लमजुङ स्थायी घर भएकी जुनु गुरुङ। सात महिनाअघि शुभेच्छा रेस्टुराँ प्रारम्भ गरेकी जुनुको परिचय एउटा व्यवसायीभन्दा समाजसेवीका रूपमा स्थापित भैसकेको छ। उनको अधिकांश समय व्यवसाय र समाजसेवामै खर्च हुन्छ। 'श्रीमान्को सहयोगका कारण यो सब सम्भव भएको हो,' जुनुले भनिन्। ७ वर्षअघि कोरियामा पाइला टेकेकी जुनु प्रवासी महिलाहरूका लागि महिला -माइग्रेन्ट वुमन्स फर वुमन) संस्थाकी अध्यक्ष हुन्। कोरियामा रहेका नेपाली महिलाहरूको यो साझा संस्थाले वैवाहिक भिसामा आएर घरेलु हिंसामा परेका नेपाली महिलाहरूको उद्धार गर्ने लगायतका अन्य सहयोग गर्छ। जुनु बेरोजगारी, सडक दुर्घटना एवं आपत्बिपत्मा परेकाहरूलाई सक्दो सहयोग गर्छिन्। उनको कामका बारेमा प्रचारप्रसार भएपछि अचेल महिला मात्र होइन, पुरुषहरू पनि उत्तिकै मात्रामा सहयोग माग्न जुनुलाई भेट्न पुगिरहेका हुन्छन्।
कोरियाको दिनचर्या एकदम व्यस्त छ। जुनुलाई आफ्नो व्यवसाय र समाजसेवामा समय दिँदै ठिक्क छ। जहिले पनि समय अभाव भैरहन्छ। नेपालीहरूको जमघट हुने कोरियाको तोङ्देमुनस्थित शुभेच्छा रेस्टुराँमा जुनु बिहान १० बजे पुगिसकेकी हुन्छिन्। उनको रेस्टुराँमा नेपाली तथा भारतीय परिकार पाइन्छन्। कोरियन परिकारभन्दा यी परिकार अलि महँगा छन्। तै पनि विदेशीहरू खोज्दै शुभेच्छा आइपुग्छन्। 'मलाई त नेपालमै बसेको महसुस हुन्छ,' हँसिलो मुद्रामा जुनुले बताइन्, 'ने पालीहरूसँग भेट भैरहन्छ।' कोरिया बसाइमा उनलाई सबैभन्दा धेरै मन परेको पक्ष हो, सुरक्षा र कानुन। यहाँ महिलाहरू दिनरात जुनसुकै बेला निर्धक्क हिंड्न सक्छन्। कुनै डर, चिन्ता छैन। सबै कानुनसँग डराउँछन्। 'आर्थिक रूपमा पनि पुरु षभन्दा नारी बलिया छन्।' जुनुले बताइन्। परदेशमा बस्दा जुनुलाई घर, परिवार र देशको सम्झनाले सताइरहन्छ। कुनै बे ला केही गुमाएँ कि जस्तो पनि लाग्छ। उनी काठमाडौंमा बस्ने छोरीलाई सबैभन्दा बढी मिस गर्छिन्। 'यति दुःख नेपालमै गर्न पाएको भए हुन्थ्यो जस्तो लाग्छ।' उनले केही सम्झिएजस्तो गरेर भनिन्- 'मान्छे परिस्थितिको दास रहेछ।' देशको वातावरण सकारात्मक बन्दै गएपछि नेपालमै फर्किएर केही गर्ने उनको सोच छ।
कुनै बेला शनिबार र आइतबार पूरै रात रेस्टुराँमै बित्छ। त्यहाँ आयोजना हुने विवाह, व्रतबन्ध, जन्मदिन, मिटिङ एवं संस्थाहरूको वाषिर्कोत्सवले नेपालमै बसेको झझल्को दिन्छ। आफ्नो रेस्टुराँमा नेपाली चलचित्र प्रिमियर हुँदा पनि उनलाईर् नेपालमै बसेको अनुभूति हुन्छ। जुनु नेपाली परिकार नै रुचाउँछिन्। साडी उनलाई सबैभन्दा मनपर्ने पहिरन हो। 'मलाई खुब सुहाउँछ जस्तो लाग्छ,' उनले भनिन्। उनको साथमा रहेको आइफोन प्रायः बजिरहन्छ। जुनु आफ्नो म्याकबुकप्रोमा फेसबुक चलाउँछिन्, इमेल चेक गर्छिन्। अलिकति समय मिल्दा उनी रोमान्टिक गीत सुन्न मन पराउँछिन्। ऊर्जा, उत्साह दिने गीतले उनलाई चाँडै छुन्छ। ग्याङ्नम स्टाइल उनलाई सबैभन्दा बढी मन परेको गीत हो। राजनैतिक पृष्ठभूमिको ह्वाइट हाउस उनलाई सबैभन्दा मन परेको चलचित्र हो।
सन् २०१० मा स्थापना भएको माइग्रेन्ट वुमन्स फर वुमनमार्फत कैयौं नेपाली चेलीको उद्धार गरिसकेकी जुनु आफ्नो जीवनबाट सन्तुष्ट छिन्। यतिबेला बिचल्लीमा परेका नेपाली चेलीहरूका लागि कोरियामा सेल्टर स्थापना गरिएको छ। प्रायः एक सातामा पाँच-छ जना महिला सेल्टरमा थपिन्छन्। आफ्नै कठोर मेहनत र अन्य संस्थाहरूसँगको सहकार्यमार्फत उनले उक्त सेल्टरलाई अघि बढाइरहेकी छिन्। कोरियामा रहेका झन्डै १३ हजार नेपाली चेली उनको संस्थामार्फत प्रत्यक्ष-अप्रत्यक्ष लाभान्वित भैरहेका छन्। बिहान ५ बजेतिर सुरु हुने उनको दिनचर्याले अबेर राति २ बजे मात्र विश्राम लिन्छ।
जुनुको अनुभवले भन्छ, जीवन यात्रा हो। ठेस लागे पनि, जतिसुकै झन्झटिलो भए पनि यात्रा रोकिनु हुँदैन भन्नेमा उनी दृढ छिन्। दुःखमा परेका चेलीहरू जुनु दिदी भन्दै बोलाउन आउँदा उनमा खुसी थपिन्छ। धेरै शुभचिन्तक कमाएजस्तो लाग्छ। बाधाहरू आए पनि सामान्य लाग्छन्। फेरि कोरियाले उनलाई जति बाधा आए पनि मेहनत, अनुशासन र समयअनुसार हिंड्न सिकाएको छ।

No comments:

Post a Comment