Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 23, 2015

छुसकमा ओखलढुंगा समाजको भेलाको तयारी पुरा

 आङ दोर्जे शेर्पा ,नमस्ते नेपाल कोरिया संवाददाता 
छुसकको पहिलो दिन सेप्टेम्बर २६,सनिवारको दिन ओखलढुंगा सेवा समाज,दक्षिण कोरियाले अर्ध वार्सिक भेला तथा मनोरञ्जनात्मक भेटघाट कार्यक्रम गर्ने भएको छ।

कोरिया भरी छरिएर रहेका सम्पुर्ण ओखलढुंगा बासिहरुलाई एक्यवद्धरूपमा सामाजिक हितका साथै आपसी सम्पर्क,समन्वय,सद्दभाबलाई आत्मसात गर्दै शान्त र सम्मुनत राष्ट्र   निर्माणको लागि ओखलढुंगा सेवा समाज भन्ने  उदेश्यकोसाथ स्थापित सस्थाको भेला थेगुको वेगानस्थित "नेपाली पसल"मा हुनगैरहेको र कार्यक्रमको लागि सम्पुर्ण तयारी पूरा भैसकेको कुरा सस्थाका अध्यक्ष मानसिंह गुरुङले नमस्ते नेपाल कोरियालाई जानकारी गराएको छ।

स्थापनाकालको छोटो समयमापनि छुट्टै छाप छोड्न सफल सस्थाले कोरियाको नेपाली राजदुतावास मार्फत भुकम्प पीडितहरुको लागि भनेर प्रधानमन्त्री भुकम्प राहत कोषमा कोरियन १६,१६६६६ वन जम्मा गर्नुको साथै सस्थाको आव्हानमा जिल्लाबासिहरुबाट संकलित  ने.रु.२,७५,००० भुकम्पमा परी ज्यान गुमाएका ओखलढुंगाका १९ परिवारलाई राहत स्वरुप बाडेको जस्ता विभिन्न महत्त्वपूर्ण कल्याणकारी सामाजिक कार्यहरु गरिसकेको छ।

भेलामा नवआगन्तुक जिल्लाबासिहरुलाई स्वागत गर्नुको साथै सस्थाको अहिलेसम्मको प्रगति विवरण तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिनुकासाथै भाबी कार्ययोजनाहरुको बारेमा बृहत् छलफल गरिने भएकोले सस्थाका अध्यक्ष गुरुङले कोरियाभरी छरियर रहेका सम्पुर्ण जिल्लाबासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनिवार्य उपस्थितिको लागि आव्हान गरेको छ।

सम्पर्क :-
 मानसिंह गुरुङ ०१०३०४७१९६०,
विजय राई ०१०२४५५१६३२,
पछुराम राई ०१०७२१३४३२९,
दिलिप श्रेष्ठ ०१०४८६७०७४४ -

No comments:

Post a Comment