Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 28, 2015

समस्याको निकास र देशको बिकासको लागी मेरो उम्मेदवारी – रबिन तामाङ्

नमस्ते नेपाल कोरिया संवाददाता

 ५ औ राष्ट्रिय अधिवेशन अध्यक्षका प्रमुख दाबेदार रबिन तामाङ्ले कोरियामा हुने समस्याको निकास र देशको बिकाशको लागी आफ्नो उम्मेदवारी दिएको जनाएका छन् । अध्यक्ष पदका दावेदार तामाङले केहि भावी योजनाहरु अघि सार्दै  कोरियामा बढ्दै गएको आत्महत्या र औधोगिक दुर्घटनाको साथै नेपालबाट बिबाह भिषामा कोरिया आएका नेपाली चेलीबेटीहरुको समस्याहरुलाई सम्बोधन गर्ने उनको योजना छ | कोरियामा रहेका नेपालीहरुले आर्जन गरेको सीप, पुजी र क्षमतालाई नेपालको बिकास निर्माणमा लगाउन सरकारसंग हातेमालो गर्ने उनको अर्को प्रमुख योजना हो । यसअघिका कार्य समितिहरुको काम कारबाहीलाई नजिकबाट मुल्यांकन गरेका तामाङले कोरियामा रहेका नेपाली समुदायको समस्याहरु नजिकैबाट पहिचान गरिसकेको बताएका छन् | त्यहि अनुभवका आधारमा काम गर्न र समस्याहरु समाधान गर्न सहज हुने उनको दावी छ | बिगत २५ बर्ष देखी कोरियामा रहदै आएका उनि बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर सेवा गर्दै आएका छन् | हाल आधा दर्जन भन्दा बढी संघ संस्थाको सल्लाहकार रहेका तामाङ २००८ देखी २०१०  सम्म केबिजमा काम गरेको अनुभब रहेको छ यस अवधिमा कोरियामा रहेका बिधार्थी, मजदुर र अन्य नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको बताउछन् । अहिले जनमानसमा नकारात्मक हल्ला फैलाएर भ्रम सिर्जना गर्न लागेकोले त्यस्ता हल्लाको पछी नलागी आफुलाई एनआरएन कोरियाको अध्यक्ष पदमा भारी मतले बिजय गराईदिनु हुन सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा  दिदीबहिनीहरु , ब्यापारी, बुद्दीजीबी, पत्रकार, बिधार्थी र बिभिन्न पेशामा संलग्न समुदायलाई हार्दिक अनुरोध गरेका छन् ।  

No comments:

Post a Comment