कोरियामा नेपाली म्युजिक भिडियोको सुटिङको लहर :-
नमस्ते नेपाल कोरिया सम्बादाता
०४ अगस्त २०१५
दक्षिण कोरिया l
दक्षिण कोरियामा नेपालीहरु आफ्नो काम सगसगै बिभिन्न खाले सिप ,क्षमता र आफ्नो रुची क्षेत्रमा लागेर एउटा न एउटा रचनात्मक कार्य गरिराखेका हुन्छन l कोहि सिप ,कोहि सामाजिक सेवा त कोहि गीत संगीत मा लागेर प्रबाशमा रहेतापनि नेपाली गीत संगीतलाई पृथक स्वाद प्रदान गर्नको निम्ति महत्वपूर्ण योगदान दिइरहेका छन l
यसै क्रममा कोरियामा नेपालीहरु द्वारा बिभिन्न म्युजिक भिडिओहरु पनि छयांकन निर्देशन तर्फा रौनक बढिरहदा
यसै क्रममा कोरियामा नेपालीहरु द्वारा बिभिन्न म्युजिक भिडिओहरु पनि छयांकन निर्देशन तर्फा रौनक बढिरहदा
नेपालका सर्बाधिक शिखरमा रहेका चर्चित संगितकार कमल अधिकारीद्वारा संगितवद्ध ‘कदम’ एल्वमका तीन वटा म्युजिक भिडियोको सुटिङ कोरियामा क्रमश छयांकन निर्देशन गरी सार्बजनिक गरिसकिएको छ ।

भर्खरै सम्पन्न कदम एल्बम अन्तर्गत कै तेश्रो म्युजिक भिडियो ‘मलाई छाडि पराईसँग’ गीतको लय शब्द चिरंजिभी नेपाल र स्वर तोपेन्द्र बाबुको रहेको छ भने यसलाई कामाना म्युजिक प्रालिले बजारमा प्रबर्धन गरेको छ l

भर्खरै सम्पन्न कदम एल्बम अन्तर्गत कै तेश्रो म्युजिक भिडियो ‘मलाई छाडि पराईसँग’ गीतको लय शब्द चिरंजिभी नेपाल र स्वर तोपेन्द्र बाबुको रहेको छ भने यसलाई कामाना म्युजिक प्रालिले बजारमा प्रबर्धन गरेको छ l
निर्देशक तथा मोडल प्रकाश शर्माले निर्देशन गरेको यो तेश्रो म्युजिक भिडियो ‘मलाई छाडि पराईसँग’ कोरियामा रहनुभएका पुरुषोत्तम गौतम, रोसना फुच्ची, सिर्जना चौलागाई र स्वयम् प्रकाश शर्माले पनि अभिनय गर्नुभएको छ ।
म्युजिकभिडियो कोरियाको राजधानी सोलको विभिन्न रमणीय स्थलहरुमा छायाँङकन गरिएको छ ।
परदेशमा रहेर पनि आफ्नो गीतसंगीतलाई माया गर्दै नयाँ कलाको सिर्जना गर्न आफू यस क्षेत्रमा लागि परेको मोडल गौतमले बताए । म्युजिक भिडियोको छायाँंकन महेश राना (मगर) ले गरेका हुन् ।

No comments:
Post a Comment