Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, July 26, 2015

फेन्थेक नेपालीहरु १ दिने सामुद्रिक पिकनिक भ्रमणमा जाने


Sea File Photo WiKi

नमस्ते नेपाल कोरिया सम्बादाता  
२६ जुलाई २०१५
दक्षिण कोरिया l

फेन्तेक माइग्रेन्ट नेपाली समिती  फेन्तेक माइग्रेन्ट शेल्टर  को सहकार्यमा बिगतका वर्ष हरूमा जस्तै यो वर्ष पनि  सामुद्रिक पिकनिक भ्रमणमा जाने कार्यक्रम रहेको छ l कोरियाको फेन्थेकमा  उल्लेख्य नेपालीहरुको सहभागितामा हरेक क्षेत्रमा सक्रिय रुपमा अगाडी बढिरहेको सो समितीको आज आइतबार बसेको भेलामा  नेपाली समितिले गर्दै आएको बिभिन्न सामाजिक सहयोग कार्यहरुको समिक्षा  गर्दै अझ निरन्तर अघि बढ्ने अठोट सहित  छलफल गर्दै यस बर्षको गर्मि समयको भ्रमण यात्रा तय गरेको हो l
Sea File Photo WiKi

सो भ्रमण  कार्यक्रम आगामी अगस्त ९ तारिक १ दिने हुने र  छंफोदे आइलेंडमा खानपिन सहित मनोरन्जनात्मक क्रियाकलाप गरी साझ फर्कने गरी ब्यबस्था मिलाइएको समितिका अध्यक्ष बिजु बिक्रम थापाले बताएका छन् l करिब २ घण्टा बसमा फेन्थेक बाट यात्रा समय जान लाग्ने सो आइलेंड समुद्रमा विभिन्न मनोरम पार्क , प्राकृतिक दृस्यहरुले भरिभराउ रहेको र घुम्न जाने पर्यटक हरुको लागी आवस्यक सुबिधा तथा  ब्यबस्थापनहरु सुविधायुक्त रहेको उक्त माइग्रेन्ट शेल्टरका  प्रमुख किम ले जनाएका छन् l

नेपाली समितीले बिगतमा झन्डै ३ ओटा बस नेपालीहरुको रिजर्भ र अन्य देशका सहित गरी निकै उल्लाशका साथ्  भ्रमण गरिने गरीएको हुनाले अहिले पनि सो भ्रमण भब्य रुपमा आयोजना हुन गईरहेको हुदा जान चाहानुहुने साथीहरुले याथाशिघ्र संम्पर्क राखिदिनु हुन अनुरोध गरेको छ   

थप आवस्यक जानाकारीको लागी :-


जाने स्थान = 청포대 아일랜드 ( cheongfodae Island
मिति 2015/8/9 आईतबार को दिन
उपस्थित हुने समय = ठिक बिहान :३० बजे माइग्रन्ट हल अगाडी फेन्तेक 
संम्पर्क नम्बर : बिजु बिक्रम  थापा -01068531220, भक्त थापा -01068682273 
सिट सिमित भएकाले यथाशीघ्र सम्पर्क राख्न हुन अनुरोध गरीएको छ   

Sea File Photo WiKi



No comments:

Post a Comment