Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, July 26, 2015

कोरियामा रहेका मनकारी नेपाली चेलीहरु

अनिल गुरुङ
‘स्वदेशमा सुख भए को पो आउथ्यो र सर, दुख:ले नै आएको हो ।’ मैले नेपाली चेली सीतालाई मोक्पोमा भेट्दा सुनेको उसको वाक्यले मलाई अझै पनि झस्काउंछ । एक जना नेपाली कामदारको मृत्युको बिषयमा प्रहरी कार्यालयमा जानुपर्ने थियो । भाषा अनुवादमा सहयोग गर्नकालागि भेटिएकी नेपाली चेली थिईन सीता । त्यो दिनभरि उनी मसंगै प्रहरी कार्यालय लगायत, अस्पताल तथा मृतक नेपालीको कम्पनीमा समेत पुगिन । करीब ३ बजेतिर काम सकियो ।

हामी खाना खान कोरियाली रेष्टुरेण्टमा पस्यौ, खाना खाई सकेपछि मैले बील तिर्न खोजे, तर तिनी ज्यान गए मानिनन् । सर हजूर मेरो माईती हुनुहुन्छ । माईतीले खाएको एक छाक खानाको बिल मैले तिर्न पाउनु पर्छ है सर, तिनीले भावुक हुदै भनिन् ।


आफनो जन्मभूमिबाट टाढा, कर्मभूमि कोरियामा विवाह गरेर आएका नेपाली चेलीहरु तथा वहांहरुको नेपाल र नेपालीप्रतिको माया तथा मनकारी हृदयका बारेमा केही लेख्ने गर्दैछु । जमर्को कोरियामा मेरो बसाईको क्रममा, कोरियाली नागरिकसंग विवाह गरेर आएका थुप्रै नेपाली चेलीहरुलाई भैटेको छु । उत्तर कोरियाली सिमाना डिएम जेडदेखी जेजुदोसम्म थुप्रै नेपाली चेलीहरुले कोरियाली नागरिकहरुसंग घरजम गरेर बसेका छन्, तर उनीहरुको मनमा सधै नै आफनो माईती देश नेपाल र नेपालीप्रति अपार माया पाएको छु । गत बैशाख १२ गते नेपालमा बिनाशकारी भुकम्प गयो । कोरियामा रहेका नेपाली चेलीहरु कति छटपटाए भन्ने कुराको सानो उदाहरण दिन चाहन्छु । एक जना नेपाली चेलीले राजदूतावासमा नै आएर रुदै भनिन् “ सर म मेरो एक महिनाको तलब दिन चाहन्छु, मेरो श्रीमानले पनि दिनुहुन्छ । लौन सर के गर्ने होला ? हाम्रो देशमा कस्तो दैव लाग्यो ? ‘ ‘मैले के सहयोग गर्न सक्छु सर ? म पनि नेपाल गएर सहायता गर्न चाहन्छु ।’

थेगुमा एकजना नेपाली कामदार कडा बिरामी परे । उपचार खर्च जुटाउन ठूलो समस्या पर्‍यो । त्यहां रहेका दुई जना नेपाली चेलीहरुले विभिन्न् संघ संस्थासंग अनुरोध गरेर सहयोगको रकम जुटाए । त्यति मात्रै होईन, उनीहरु बिरामीको सेवामा पनि संलग्न रहे । वहांहरुको प्रयाशले त्यो नेपालीको ज्यान बच्यो ।

कोरियामा रहेका नेपालीहरुलाई समस्या पर्दा अहोरात्र खटिने थुप्रै नेपाली चेलीहरु कोरियाका विभिन्न् स्थानमा बसेर बिना कुनै स्वार्थ अनवरत सहयोग र सेवा गरेको प्रत्यक्ष अनुभव गर्नै मौका पाएको छु । कोही ज्यादै परिचित छन् र वहांहरुको नाम नेपाली समुदायमा चिरपरिचित छ । तर थुप्रै नेपाली चेली आफनो कुनै परिचय र पहिचान नदिएर भए पनि नेपाली र नेपाली समुदायको सेवामा सर्मिपत छन् । त्यति मात्र होईन यी चेलीहरुले कोरियाली संस्कृतिमा नेपाली संस्कृतिको बिशिष्ट छाप पनि छोडेका छन् । जस्तै जेजुदोमा गोमा परियारको घरमा जांदा मलाई आश्चर्य लाग्यो । घरको दैलोमा स-साना गाग्रीमा पानी भरेर फूल राखिएको थियो । घरको सजावट पनि नेपाली संस्कृती झल्कने खाल्को थियो । मलाई नेपालको कुनै गांउमा पुगे जस्तो लाग्यो । हामी उसको घरमा पुग्दा उ खुशीले फुरुङ भएकी थिई । कति निस्वार्थ माया नेपाल र नेपालीप्रति ।

नेपाली चेलीहरु खासगरि छल्लानाम्दो ख्वांग्जु, गुनसान, मोक्पो, थेगु, जेजुदो लगायतका स्थानहरुमा बढी संख्यामा रहेका छन् । दशै, तिहार , तीज जस्ता विभिन्न् नेपाली चाड पर्वमा ती नैपाली चेलीहरु एक ठाउंमा भेला भएर चाड पर्व मनाउनुका साथै, कामको सिलसिलामा कोरियामा आएका दाजुभाई, दिदी बहिनीहरुलाई पनि भैला गर्नै गरैर नेपाली संस्कृतिको जगेर्ना मात्रै होइन, कोरियामा नेपालीहरुलाई एकजुट गर्दै आउनु भएका छन् ।

कोरियामा रहनु भएका सबै नेपाली चेलीहरुप्रति मलाई गर्व छ । वहांहरुको मनकारी हृदय तथा नेपाल र नेपालीप्रतिको माया तथा सेवा भावनालाई हृदयबाट ने सादर प्रणाम गर्दछु ।

लेखक सोलस्थित नेपाली राजदूताबासका श्रम सहचारी हुन् |

No comments:

Post a Comment