Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, July 24, 2015

एनआरएन कोरियाको पांचौ राष्ट्रिय महाधिवेशन सम्बन्धि अत्यन्त जरुरी सूचना



नमस्ते नेपाल कोरिया
२४ जुलाई २०१५
कोरिया

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको जुलाइ ५ मा बसेको कार्यसमितिको बैठकले एनआरएन कोरियाको पांचौ राष्ट्रिय महाधिवेशन सम्बन्धि अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ l

                  एनआरएन कोरियाको पांचौ राष्ट्रिय महाधिवेशन सम्बन्धि अत्यन्त जरुरी सूचना


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको जुलाइ ५ मा बसेको कार्यसमितिको बैठकलेपरिषदको प्रावधान एवं विगतका परम्परा आनुसार पांचौ राष्ट्रिय महाधिवेशन यही मिति २०१५ सेप्टेम्बर ६ तारिखमा आयोजना गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको महाधिवेशनले कोरियामा रहेका गैरआवासीय नेपालीहारुलाई एकै थलोमा भेला गराइ गैर आवासीय नेपाली अभियानमा एनआरएनए कोरियाले हासिल गरेका उपलब्धी एवं चूनौतिहरुको समिक्षा गर्दै भावी कार्य योजनाका लागि मार्गनिर्देशनका साथै कोरियावासी तमाम गैर आवासीय नेपालीहरुका सरोकारका विविध विषयहरुमा बृहत रुपमा छलफल गर्ने अवसर प्रदान गर्दै आएको छ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको राष्ट्रिय महाधिवेशन परिषदको सर्वोच्च अंग हो। पांचौ राष्ट्रिय महाधिवेशनले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको नयां नेतृत्तव चयन गर्नुका साथै संस्थाको भावि रणनीति र कार्ययोजनाहरुको तर्जुमा गर्नेछ। साथै यस राष्ट्रिय महाधिवेशनमा वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सांगठनिक प्रगति विवरण, लेखा प्रतिवेदन, विधान सम्बन्धि छलफल तथा संशोधन, आदि विषयहरु पेश गरी सभाबाट अनुमोदन गरिनेछ।
महाधिवेशनको मूल विषयमा केन्द्रित भई कोरियामा रहेका नेपाली समुदाय एवं गैर आवासीय नेपालीहररुको सरोकारका विभिन्न विषयमा छलफल हुने भएकोले पांचौ महाधिवेशनमा सहभागी भइ महाधिवेशन सफल पार्न सहयोगी भूमिका निर्वाह गरीदिनुहुन सम्पूर्ण कोरियावासी नेपाली समुदायलाई एनआरएनए कोरिया हार्दिक अनुरोध गर्दछ।
पुनश्च: पांचौ महाशिवेशन सम्बन्धी जानकारी एवं एनआरएनए कोरियाको सदस्यता आवेदनको लागि तलको लिङ्कमा क्लिक गर्नुहुन अनुरोध गरिन्छ।
धन्यवाद्।
प्रकाश धमला
महासचिव, एनआरएनए कोरिया

No comments:

Post a Comment