Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 1, 2015

एनसिसि कोरियाको नया नेतृत्व र अब को भूमिका

किशन गौतम l द.कोरिया l

०१ जुलाई २०१५ 

कोरियाको सबैभन्दा जेष्ठ मानिएको संस्था नेपाली सम्पर्क समिति एनसिसि कोरियाको विभिन्न विवाद र असहमतिका वावजुत पनि १५ औ अधिबेशन बाट नया कार्यसमिति चयन भएको छ l कार्यसमिति चयन हुनु कुनै ठुलो र नौलो कुरा होइन l यो भन्दा पहिले पनि यस्ता १४ वटा कार्यसमिति चयन भएहोलन तर कुन समय मा कुन कार्यसमितिले कस्तो भूमिका खेल्यो भन्ने कुरा सबैन्दा महत्वपुर्ण हो l

कुनै कार्यकालमा कुनै नेतृत्वतह बाट गलत काम भयो भन्दैमा सम्पूर्ण एनसिसि को भुमिकानै गलत छ भन्न मिल्दैन l आज को नेतृत्वले गरेका गल्ति भोलिको नेतृत्वले सुधार्न सक्छ l इतिहासका गल्तीलाई बर्तमानले सुधारेका कैयौ उदहारणहरु पनि छन् l
एनसिसिको इतिहासलाई केलाएर हेर्दा ,जतिबेला कोरियालि भूमिमा नेपाली राजदुताबास नै खोलिएको थिएन त्यो बेला को आवश्यकता थियो एउटा एस्तो संस्था होस् जसले कोरियाको भूमिमा विभिन्न सिलसिलामा आएका नेपाली दाजुभाई, दिदीबहिनी हरुको पीरमर्का र दुख सुखको सहयात्री बन्न सकोस l त्यो समयको आबश्यकतालाइ मध्यनजर गर्दै खोलिएको संस्था थियो नेपाली सम्पर्क समिति द. कोरिया (एनसिसि कोरिया ) l तर समयको चक्रसंगै विभिन्न चरणमा आएका नेतृत्ववर्ग हरुको बेइमानी र लाचारीपनाको कारण आज यो संस्थाले एउटा माउँ संस्थाको भूमिका निर्बाह गर्न नसकेकै हो भन्ने कुरामा कुनै दुई मत नै छैन l 

कोरियामा रहेका विभिन्न क्षेत्रिय ,जातीय ,लैंगिक ,भाषिक र धार्मिक संस्थाहरुको अभिभाबक को भूमिका खेल्नुपर्ने संस्था आज आफै बिबादको चरमबिन्दु मा पुग्नु भनेको अत्यन्तई लज्जास्पद कुरा हो l बिबादको चरमबिन्दु यो १५ औ अधिवेशनबाट छताछुल्ल नै भएको छ l जे जसो भएपनि चाहे नियम मिचेरै भएपनि यो ऐतिहासिक अधिबेशन बाट एउटा नया खेलाडी को उदय भएको छ l के अबका नया खेलाडीहरुले सुधार्न सक्लान त एनसिसि को बिग्रिएको इतिहासलाई ? के अब बन्ला त एनसिसि सबै संघ संस्थाहरुको छाता संगठन? यी सबै कुरा भबिष्य को गर्भमा नै छ l
कुरा रह्यो अब को भूमिका l साच्चै अब एन सि सि कोरिया छाता संगठन बन्नेनै हो भने कोरिया मा रहेका विभिन्न संघ संस्थाहरुको गुनासो ,सुझाब र सल्लाह लाई मध्यनजर गर्नै पर्छ l एकलौटी हठ बाट पछाडी हट्नै पर्छ l बिगतका कमीकमजोरीलाई शिक्षा को रुपमा लिएर कोरिया मा क्रियाशील दर्जनौ संघ संस्थालाइ एकत्रित गर्दै अगाडी बढ्न सक्नु पर्दछ l आर्थिक पारदर्शिता अनिबार्य हुनु पर्दछ l 


अब पनि नया नेतृत्व ले चुनाब अघि गरिएका पर्तिबद्दतालाई पुरा गरि अगाडी बढ्न नसके एनसिसि अब एउटा इतिहास मात्र रहने निश्चितप्राय छ l नया नेतृत्व लाई पूर्ण कार्यकुशलताको शुभकामना छ l धेरै धेरै बधाई छ l पद र प्रतिष्ठा को लागि मात्र होइन संस्थाको लागि केहि गर्नुहोस, संस्था जीवित रह्यो भने तपाईहरुको पद पनि जीवित रहन्छ तेसैले संस्थालाई इतिहास होइन भबिष्य दिनुहोस l संस्था को स्टेरिंग तपाईहरुको हातमा छ अब कता मोड्ने त्यो त्यो तपाइको विचार l अब पनि स्टेरिंग गलत बाटोतिर मोडियो भने यो संस्था ले १६औ अधिबेशन कहिले गर्ने छैन र यहि १५औ अधिबेशन नै अन्तिम अधिबेशन हुनेछ र यो एउटा अन्तिम कर्म दाहसंस्कार हुने निश्चितप्राय छ l

No comments:

Post a Comment