File Photo |
कृष्ण पुरी (नमस्ते नेपाल कोरिया डट कम )
सोल,२० जुन २०१५ l
मर्स रोगको संक्रमण संकेत घट्दो जनजीवन सामान्य तर्फ -अझै सतर्कता अपनाउनुपर्ने- कोरिया
(थाईल्याण्डमा १ संक्रमित फेला)
दक्षिण कोरियामा पहिलोपटक मध्य पुर्बी श्वास्प्रश्वास सम्बन्धि रोग मर्स झन्डै एक महिनासम्मफैलदो क्रम गत शुक्रबार देखि घट्दो संकेत रहेको कोरिया स्वास्थ्य अधिकारीहरुले बताएका छन l
कोरियामा जुन ३ देखि हालसम्म उक्त रोग संक्रमितको संख्यादर दिनानुदिन घटिरहेको र
६,७२९ जना निगरानीमा रहेका पनि घटेर ५,९३० मा पुगेसंगै स्थिति सामान्य तर्फ उन्मुख भएको हो l गएको शुक्रबार १ जनाको मृत्यू संगै हालसम्म २४ जनाको ज्यान लिईसकेको र नयाँ थप एक जनाको मात्र मर्स संक्रमित फेला पारेको थियो l
बिश्व स्वास्थ्य सङ्गठन (WHO) का प्रमुख म्य्यागारत चान ले नयाँ थप संक्रमण गती घटेकोले आशाबादी रहन र अझै फैलावट बारे ध्यान दिन भनेका छन साथै कोरिया स्वास्थ्य कर्मी क्यों दोक चोल ले एक प्रेस बक्तव्यमा संक्रमण गती रोकिएको संकेत गरेका छन l

कोरिया स्वास्थ्य मंत्रालयले जनाएअनुसार तथ्यांकमा १६६ संक्रमित किटान गरीएकोमा ३० जना पूर्ण स्वस्स्थ भएको र ११२ बिशेष सुबिधासहित उपचारमा रहेका छन भने अझै १६ जना गम्भीर अवस्थामा रहेका छन l
साथै सबै पुष्टि विरामीहरु लगभग ९८.८ प्रतिशत स्वास्थ्य अस्पतालमा हेरविचार तथा उपचारका क्रमममा संक्रमित हुन पुगेका थिए। तिनीहरूमध्ये सबै भन्दा ठूलो संख्यामा संक्रमितहरुको ४९ प्रतिशत सियोलस्थित साम्सुंग मेडिकल सेन्टरमा रहेको थियो l
Samsung Medical Center ,Seoul (File) |
संक्रमित लाई इमर्जेन्सी वार्ड मार्फत सेवा दिइरहेको भएतापनि सो वार्ड भन्दा बाहीर रहेका एक चिकित्सक र एक नर्स पनि मर्स संक्रमण बिरामीको रूपमा पुष्टि भएका छन । आगन्तुक जो मर्स संक्रमित व्यक्ति आवातजावतको क्रममा सर्न पुगेकोले बिशेष गरी अझै अस्पताल , स्कुल , ट्रेन स्टेसन, बजार तथा भीडभाडमा अझै उच्च सतर्कता अपनाउनुपर्ने स्वास्थ्य अधिकारी हरुले बताएका छन l
कोरियाको मर्स गति सामान्य भैरहेको बेला एसियन देश थाइल्याण्डमा पनि गत शुक्रबार एक मर्स संक्रमित फेला परेको छ l स्वास्थ्य अधिकारीले बताएअनुसार ओमन भ्रमण गरी बैंकक मुटु रोग उपचारमा आएका एक ७५ बर्षीय बृद्धमा सो संक्रमण भएको पत्ता लागेको हो l सो संक्रमण सगै स्वास्थ्य मन्त्रालय मार्फत अन्यत्र फैलन नदिन बिशेष सतर्कता अपनाइएको जनाएको छ l

BBC News Post |
No comments:
Post a Comment