Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, May 20, 2015

अमेरिकाबाट भूकम्प प्रतिकार्यका लागि थप ९० लाख डलर सहयोग घोषणा

फाइल फोटो 
२०७२ जेष्ठ  ६ बुधबार ,काठमाडौं :

 अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) ले भूकम्प प्रतिकार्य तथा पुनर्स्थापन प्रयत्‍नका लागि थप ९० लाख अमेरिकी डलरको सहायता घोषणा गरेको छ।
 
यस घोषणासितै विपद्का लागि मानवीय सहायतास्वरूप संयुक्त राज्य अमेरिकाद्वारा प्रदान कुल रकम झन्डै ४ करोड ७० लाख अमेरिकी डलर पुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। यसअन्तर्गत यूएसआईडीबाट ३ करोड २५ लाख डलर तथा अमेरिकी रक्षा मन्त्रालयबाट १ करोड ४३ लाख डलर सहयोग प्राप्‍त हुने भएको छ।

 
यस नयाँ आर्थिक सहायताले सबैभन्दा नाजुक अवस्था रहेका जिल्लाहरूमा थप आपतकालीन बसोबास सामग्री, सुरक्षित पिउने पानी, स्वास्थ्य सामग्री तथा सुधार गरिएका सरसफाइ सेवा प्रदान गर्नका साथै महिला तथा बालबालिका लगायत भूकम्प प्रभावित व्यक्तिका मनोसामाजिक आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रमहरूलाई सहयोग गर्नेछ।

 
दूतावासका अनुसार अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ इन्टरनेशनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्सले १७ लाख अमेरिकी डलर बराबरको सामग्री प्रदान गर्ने भएको छ। सो सामग्रीका लागि रकम प्रदान लगायत खरिद कार्य समेत अमेरिकी न्याय मन्त्रालयले गरेको हो ।

 
सो सामग्रीले नेपालका कानुन कार्यान्वयन गराउने निकाय तथा न्याय क्षेत्रलाई भूकम्पको प्रभावबाट परिस्थितिलाई सामान्य स्थितिमा फर्काउने कार्यमा सघाउनेछ । यस सामग्रीमा झन्डै ७५ थान मौसम प्रतिरोधी पालहरू समावेश हुनेछन्, जसलाई प्रहरी तथा न्याय क्षेत्रले भूकम्प प्रभावित क्षेत्रका लगायत नेपाली नागरिकहरूलाई सहयोग गर्न आफ्नो कारवाही केन्द्रका रूपमा प्रयोग गर्न सक्नेछन् ।
 
यस विपद्‍बाट नेपाल तङ्‌ग्रिँदै र पुनर्निर्माण हुँदै गर्दा उक्त सामग्रीले जोखिममा रहेका नेपाली जनताहरूलाई संरक्षण गर्ने कार्यमा प्रहरी तथा कानुनी निकायहरूको कार्यवाहीको निरन्तरता सुनिश्‍चित गर्ने विश्वास दूतावासले व्यक्त गरेको छ। 

- अन्नपूर्ण 

No comments:

Post a Comment