Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, May 20, 2015

इपिएस भाषा परीक्षा सर्दा पुरानालाई समस्या नपर्ने

नमस्ते नेपाल कोरिया 
काठमाडौँ, ६ जेठ ।

१२ वैशाखमा गएको ७ दशलमव ८ रिक्टर स्केलको भूकम्पपछि ३० र ३१ जेठमा सञ्चालन हुने रोजगार अनुमति प्रणाली (इपिएस)को छैँटौ कोरियन भाषा परीक्षा २ र ३ असोजलाई सारिएको छ ।

परीक्षाको समय पछाडि सरेपनि यसअघि उत्तीर्ण र रोष्टरमा रहेका युवालाई कोरिया जान नरोकिने इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताए । नेपालले सन् २००८ देखि इपिएस प्रणालीअनुसार सरकारी तवरबाट कामदार कोरिया पठाउन सुरु गरेको हो ।

नेपालले कामदारको भाषा परीक्षा भदौ/असोजमा लिने गरेको थियो । बास्तोलाले भने, ‘भदौ÷असोजमा परीक्षा गर्दा दशैँको समय, वर्षादको मौसम पर्ने, सवारी साधनको अभाव हुने भन्दै सन् २०१६ का लागि तीन महिना अगाडि नै परीक्षा लिने तयारी थालिएको थियो ।

निर्धारित समयमा भूकम्पका कारण परीक्षा हुन सकेन, निर्धारित समयमा नभए पनि रोष्टरमा रहेका र परीक्षामा उत्तीर्ण कामदार कोरिया जान कुनै समस्या पर्ने छैन ।’  २ र ३ असोजमा हुने परीक्षको परीक्षाफल कात्तिकमा हुने र मंसिरमा दक्षता परीक्षण हुने बास्तोलाले जानकारी दिए ।

सन् २०१६ का लागि छैँटौँ भाषा परीक्षामा उत्तीर्ण हुने जनवरीबाट कोरिया जान पाउने उनको भनाइ छ । सन् २०१३ मा दुई हजार ६ सय र २०१४ मा तीन हजार ६ सय भाषा परीक्षा उत्तीर्ण छन् ।
उनीहरु आगामी डिसेम्बरसम्म कोरिया गइसक्ने कोरिया शाखाको दाबी छ । ‘सन् २०१५ यता तीन हजार ६ सयको लेबर कन्ट्रयाक्ट आइसकेको छ,’ उनले भने, ‘लेबर कन्ट्रयाक्ट आइसकेकालाई परीक्षाको मिति सरे पनि कुनै फरक पर्दैन । लेबर कन्ट्रयाक्ट आइसकेकाहरु निर्धक्क भएर बस्दा हुन्छ ।’

पाँच महिनामा ३ हजार ६ सयको लेबर कन्ट्रयाक्ट आएकाले आगामी सात महिनामा सबैको आउने उनको आशा छ । सन् २०१३ मा कृषितर्फ तथा पशुपालन र उत्पादनमूलक क्षेत्रका डेढदेखि दुईसयमात्र बाँकी रहेको उनको दाबी छ । इपिएस प्रणालीमा नेपालसहित १५ मुलुकबाट त्यहाँ काम गर्न जाने गरेका छन् ।

रोजगारीका लागि विभिन्न देशमा गएका नेपाली युवा १२ वैशाखको भूकम्पले घरपरिवारमा क्षति भएका कारण घर फर्केका छन् । यद्यपि कोरियामा रहेका कतियुवा नेपालमा फर्किए भन्ने वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखासँग आधिकारिक जानकारी नभएको बास्तोलाले जनाए ।

कोरियास्थित दुतावासले हामीलाई कुनै पनि जानकारी गराएको छैन, उनले भने, ‘दुतावासले जानकारी नगराई कोरिया शाखासँग कुनै पनि तथ्यांक हुँदैन ।’

 भूकम्पका कारण विदेशमा रहेका युवालाई स्वदेशमा फर्कन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले आफ्नै हवाईखर्च उपलब्ध गराएको छ 
उनले थपे, ‘ लेबर कन्ट्रयाक्ट बाँकी रहँदै आएकालाई दुईतर्फी हवाई खर्च स्वरुप ५० हजार रुपैयाँ र लेबर कन्ट्रयाक्ट सकेर फर्कनेलाई २५ हजार रुपैयाँ खर्च दिएको छ ।’ कोरियाजान वा आउन (एकतर्फी)को हवाईशुल्क पाँच सय ४१ डलर (करिब ५१ हजार रुपैयाँ) लाग्ने गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेष्ठ ६, २०७२ 

-एजेन्सी 

No comments:

Post a Comment