नमस्ते नेपाल कोरिया सम्बादाता
४ जेठ, काठमाडौं ।
भूकम्पका कारण कोरियन भाषा परीक्षाको मिती असोजमा सरेको छ । असोजको २ र ३ गते भाषा परीक्षा हुने इपिएस कोरिया शाखाले जनाएको छ ।
वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछि नियमित आइरहेका पराकम्पनका कारण जेठ ३० र ३१ गते परीक्षा सम्पन्न गर्न समस्या हुने भएकाले असोजमा सार्नुपरेको बताइएको छ ।
श्रम तथा रोजगारमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले परीक्षा तालिका सार्ने निर्णय गरेको हो ।
परीक्षा मिती परिवर्तनका कारण परिक्षा सम्बनधी अन्य कार्यक्रम समेत परिवर्तन गर्नुपर्ने भएकाले एचआरडी कोरियासँग समन्वय गरी मिती तय गर्न इपीएस कोरिया शाखालाई निर्देशन दिइएको छ ।
छैठौं कोरियन भाषा परीक्षाका लागि वैशाख ३ देखि ६ गतेसम्म दरखास्त संकलन गरिएको थियो । अघिल्ला परीक्षाको तुलनामा यव वर्ष परिक्षार्थीहरुको संख्या घटेको छ ।
No comments:
Post a Comment