नमस्ते नेपाल कोरिया १८ मे २०१५ नेपाली वेब टिभिद्धारा संकलित रकम बैंशाख १२ गतेपछि लगतै बैंशाख २९ गते आएको भुकम्पमा परी घरबारविहिन हुन पुगेको सिन्धुली जिल्ला मझुवा गा वि स वडा न. ३ गैंरीगाऊमा वितरण गरिएको छ । नेपाली वेब टिभिको विशेष पहलमा संकलित रु ८९ हजार ७.४ रेक्टर स्केलको आएको भुकम्पमा परि घरबार गुमाएका सिन्धुली मझुवा ३ गैंरी गाउँका २० घरपरिवारलाई राहत वितरण गरेको एअर वोइस रेडियोका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । एअर वोइस रेडियोको टोली र आजका युवा समुह राहतसहित सिन्धुलीमा जेठ २ गते गएर २० घरलाई पाल,ब्लांकेट लगायत खानेकुरा वितरण गरेर भोलिपल्ट मात्र फर्किएको हो । एअर वोइस रेडियो र नेपाली वेब टिभि कोरियाका ऐश्वर्य श्रेष्ठको संयोजनमा कोरियामा रहेका युवाहरुको सक्रियतामा स्थापित नेपाली वेब टिभिले राहत संकलन गरी गत हप्ता नेपाल पठाएको थियो ।
No comments:
Post a Comment