नमस्ते नेपाल कोरिया सम्बाददाता
दक्षिण कोरिया
१७ अप्रिल , २०१५
हेल्लो नेपालकोरिया डटकमले आयोजना गर्न लागेको कविता वाचन प्रतियोगिता २०१५ का उत्कृष्ट ३ कविता कान्तिपुर एफ एममा प्रशारण गरिने भएको छ । प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रका विकासका लागि गरेको यस कार्य सरहानिय रहेको भन्दै कान्तिपुरले उक्त प्रतियोगिताको उत्कृष्ट कवितालाई शुक्रवार प्रसारण हुदै आएको साहित्य कार्यक्रम इन्द्रेणीबाट प्रशारण गर्ने भएको हो । वाचन प्रतियोगिताको सम्पुर्ण गतिविधीलाई भने नेपाली वेभ टिभीले विश्वभरी रहेका नेपालीहरुमाझ पुर्याउने छ ।
जुलाई १२ मा भानु जयन्तीको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमलाई कोरियामा रहेका विभिन्न संघ संस्था, समाजसेवी तथा बौद्धिक वर्गका नेपाली जनसमुदायले प्रसंसा गरेका छन् । हेल्लो नेपालकोरिया डटकमले आयोजना गर्न लागेको विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुलाई कोरियामा रहेका विभिन्न संघ संस्था, समाजसेवी तथा बौद्धिक वर्गका नेपालीहरुले सहयोग तथा स्पोन्सर समेत गरेका छन् । सहयोग तथा स्पोन्सर गर्ने संघसंस्था, ब्यवसायी, तथा समाजसेवी ब्यक्तीहरुका नामावली हेल्लो नेपाल कोरिया डटकमको ब्यानरमा राखि सार्वजनिक गरिने भएको छ । त्यसैगरि सहयोगीहरुको फोटोसहित छुट्टा छुट्टै भिडियो तयार गरि हेल्लो नेपालकोरिया डटकमको फेसबुक पेजबाट सार्वजनिक गरिने भएको छ ।
कविता प्रतियोगितामा भाग लिनका लागि
प्रतियोगितामा कोरियामा रहेका नेपालीहरुले मात्र भाग लिन पाउनेछन् । प्रतियोगितामा भाग लिन इच्छुक कोरियामा रहेका नेपालीहरुले hellonepalkorea.poem@gmail.com मा आफ्नो कविता पठाउन सक्नेछन् । कविता पठाउनका लागि मे ३१ सम्म अन्तिम मिति तोकिएको छ । मे ३१ सम्म इमेल मार्फत आएका कविताबाट उत्कृष्ट १५ कविता छनोट गरी जुन ८ तारिक पठाउने ब्यक्तिको नाम सार्वजनिक गरिनेछ । उत्कृष्ट १५ मा परेका ब्यक्तीहरुले जुलाई १२ मा हुने कविता प्रतियोगितामा आफ्नो प्रस्तुती दिनेछन् ।
१, कविता स्पष्ट बुझिने नेपाली भाषामा (प्रिती वा यूनिकोड फन्टमा) १५० शब्दमा नबढाई लेखेको हुनुपर्ने
२, कविता कुनैपनि ब्याक्ति, जातजाति ,भाषाभाषी, लैङ्गीक वा कुनै सम्प्रदायमा खलल नपुर्याउने गरी तथा नेपालको सम्मानमा आँच नआउनेगरी लेख्नुपर्नेछ ।
३, कविताको शिर्षक खुल्ला रहनेछ र कोरियाको भोगाई तथा नेपालमा सकारात्मक प्रभाव पार्ने विषयबस्तु लाई मुल्यांकनमा प्राथमिकता दिइनेछ ।
४, कविता मौलिक ,अरुको साभार नगरिएको कतै पत्रिकामा नछापिएको हुनु पर्नेछ ।
५,कोरियामा रहने सबैले प्रतियोगितामा सहभागी हुन पाउने छन र कवितामा प्रथम चरणमा छनोटमा परेका उत्कृष्ट १५ जनाले प्रतियोगीतामा आफ्नो कविता वाचन गर्न पाउनेछन्।
६, प्रतियोगीता सम्बन्धी कुनै विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ।
७ प्रतियोगिले आफ्नो नाम, नेपालको र हाल कोरियाको ठेगाना ,सम्पर्क नम्बर स्पष्ट उल्लेख गर्नुपर्ने छ। सकभर आफ्नो फोटो समेत पठाउनु पर्ने छ (फोटो अनिवार्य गरिएको छैन) ।

प्रतियोगिता सम्वन्धी भिडियो प्रोमो
No comments:
Post a Comment