Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, April 17, 2015

तपाईलाई सामसुंगले दिने र साहुले दिने थेजीकम रकम जान्न चाहेमा




नमस्ते नेपाल कोरिया सम्बादाता
१७ अप्रिल २०१५ 

के तपाईलाई आफ्नो सामसुंगले दिने थेजीकम रकम कति जम्मा भएको छ भनेर जान्न मन लागेको छ वा साहुले दिने थेजीकम ?


थेजीकम भन्नाले १ बर्ष वा सो भन्दा बदी एउटै कम्पनीमा लगातार काम गरेमा बर्ष पिच्छे थप ३० दिनको तलव बढी  दिइन्छ वा कतै यो भन्दा पनि बढी  दिइन्छ | यसैलाई कोरियनमा थेजीकम भनिन्छ |

- यदि तपाईले काम गर्नु भएको कम्पनिमा १ बर्ष वितिसकेको छ भने तलको नम्बरमा आईतबार बाहेक अरु दिन फोन गरेर बुझन सक्नुहुन्छ | १ बर्ष बितिसके पछि तपाईले काम गर्नु भएको १ / १ दिनको हिसाब गरेर थेजीकम दिन्छ | जस्तैः १५ महिना काम गर्नु भएको छ भने १२ महिना र ३ महिनाको पनि थेजिकम पाउनु हुन्छ |
- सामसुंगले दिने थेजीकम तपाईले फोन गरेर तत्काल बुझ्न सक्नुहुन्छ तर साहुले दिने थेजिकमको लागी तपाईले कम्पनी छोड़न लाग्नु भएको महिना भन्दा अगाडीको ३ महिनाको सेलरी शिट आवासेक पर्दछ | तपाईले पाउनु भएको ३ महिनाको सेलरीलाई हिसाब गरेर आउने रकम साहुले दिने थेजिक्म हो |
जस्तै : ४ बर्ष १० महिनाको थेजीकम सामसुंग बिमा कम्पनीले बेसिक तलव अनुसार हिसाब गर्दा , तपाईले पाउनु पर्ने रकम ७० लाख आयो उदाहरणको लागी |
तर कम्पनीमा तपाईले पाउनु भएको तलब ओबर टाइम सहित सबै हिसाब गरेर १ करोड़ वोन आयो उदाहरणको लागी |
अब तपाईले कम्पनीबाट पाउने रकम : १ करोड़ - ७० लाख वोन
: ३० लाख वोन
- ------------ सामसुंगबाट पाउने रकम : ७० लाख
तपाईले अब सामसुंगबाट ७० लाख र कम्पनीबाट ३० लाख वोन गरेर कुल १ करोड़ वोन पाउनु हुन्छ |
साहूले दिने रकम कम्पनी छोड़े पछि लिनू पर्दछ भने सामसुंगले दिने नेपाल जाने बेलामा की त इन्छ्न अध्यागमन कटेपछि वा नेपालमै लींन सक्नुहुन्छ डलरमा | त्यसको लागी नेपाल जानु भन्दा १ महिना अगाडी प्लेन टिकेट नजिकैको जब सेन्टरमा देखाएर नेपाल जाने कागज बनाउनु पर्छ | त्यो कागज, आफ्नो बैंक पासबुक , एलाइन कार्ड , पासपोर्ट आदि लिएर सामसुंग बिमा कम्पनीलाई देखाउनु पर्ने हुन्छ कहा रकम लिन चहानुहुन्छ त्यो कुरा फारममा भर्नु पर्दछ | त्यस्तै आफ्नो नजिकैको बैंक सिंनहान , के.इ.बि या उरी बैंकमा आफ्नो पासपोर्ट , टिकेट , एलाइन कार्ड लिएर गएर त्यहा एरपोर्टमा पैसा लिन पाउ भेनेर एउटा फारम भर्नु पर्छ | त्यो फारम पछि एरपोर्टमा देखाएर थेजिकम लिनु पाइन्छ नभए पाइदैन | ५ लाख वोन घर फिरती बिमा पनि लिनू पर्दछ जून तपाइको बेंक खाताबाट काटेको हुन्छ कोरिया आउनु भएको केही महिना पछि |
- फ़ोन गर्दा आवसेक पासपोर्ट नम्बर / एलाइन काड नम्बर
सम्पर्क  नम्बर :
- एच.आर.डी कोरिया : १५७७-००७१ डायल १४ * नेपाली कन्सुलर / नेपाली भाषा ( हरेक दिन खुल्ला )
- सामसुंग बिमा कम्पनी : ०२२११-९२४००/ अंग्रेजी र कोरियन भाषा ( आइतबार बन्द )
- सउल ग्लोबल माईग्रेंत सेन्टर : ०१०-५६८३-९०८० / ०२-२६३२-९९३३ नेपाली कन्सुलर : संजय गुरुङ
- सम्पर्क गर्न सकने : विहान ९ बजे देखि साझ ६ बजेसम्म मात्र
एच.आर.डी कोरिया हरेक दिन आईतबार पनि खुल्ला रहेने हुनाले यदि तपाईलाई काम गर्दा खेरी कुनै पनि समस्या वा कोरियन भाषाको समस्या परेको छ भने कल गर्न सक्नुहुन्छ नेपाली कन्सुलरलाई | उहाहरुको काम र कर्तव्य भनेको हाम्रो समस्या सुन्ने , उचित सल्लाह दिने हो | त्यसैले निर्धकसंग आफ्नो समस्याहरु राखन सक्नुहुन्छ |
(श्रोत ;- ई पी एस छिन्गु )

No comments:

Post a Comment