फोटो - अन्नपूर्ण |
नेपाली युवाको कोरियामा रोजगारी मोह
दक्षिण कोरिया
०४ ,बैसाख २०७२
कोरियाली भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन पहिलो दिन बिहीबार १७ हजार चार सय ३८ जनाले आवेदन फारम भरेका छन्। गत वर्षभन्दा यसपालि केही कम आवेदन परेको हो।
अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार अनुसार गत वर्ष पहिलो दिनमा १९ हजार पाँच सय जनाले फारम भरेका थिए। यसपटक पहिलो दिन सबैभन्दा बढी आवेदन धरानमा परेको छ भने जनकपुरमा कम छ।
अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार अनुसार गत वर्ष पहिलो दिनमा १९ हजार पाँच सय जनाले फारम भरेका थिए। यसपटक पहिलो दिन सबैभन्दा बढी आवेदन धरानमा परेको छ भने जनकपुरमा कम छ।
ईपीएस कोरिया शाखाका अनुसार पहिलो दिन धरानमा तीन हजार ९९ सय जनाले फारम भरेका छन्। जनकपुरमा भने जम्मा ४९ जनाले मात्र आवेदन दिएका छन्। आवेदन दिने पछिल्ला दुई दिनमा सुनसान हुने गरेकाले इपीएसले सुरुकै दिनमा भीडभाड नगर्न आव्हान गरेकाले पनि पहिलो दिन गत वर्षको तुलनामा आवेदक केही घटेको हुन सक्ने ईपीएस कोरिया शाखाको अनुमान छ । गत वर्ष ६२ हजार पाँच सय जनाले फारम भरेकामा यसपटक त्यो संख्यामा थोरै कमी हुन सक्ने अनुमान गरिएको छ। संकलन केन्द्र बढाइएकाले गत वर्षजस्तो भीडभाड पनि भएन। लाइनमा बसेका कुनै पनि आवेदकलाई फिर्ता नगरिएको ईपीएसले जानकारी दिएको छ। गएको वर्ष भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो। यसपटक कुनै पनि केन्द्रमा त्यस्तो अवस्था आएन।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले आवेदन केन्द्र बढाइएको तथा पूर्वतयारी राम्रो भएकाले पहिलो दिन निकै शान्तपूर्णरूपमा फारम भर्ने काम सम्पन्न भएको बताए। "चार दिनसम्म फारम बुझाउन पाइने भएकाले अनावश्यक भीडभाड गर्नुपर्ने अवस्था छैन," उनले भने। फारम भर्ने कार्यमा सघाउन उपत्यकामा चार सय र बाहिर दुई सय ५० जना कर्मचारी परिचालन गरिएको छ। देशभरका विभिन्न १० ठाउँबाट बिहान ८ देखि साँझ ५ बजेसम्म फाराम बुझाउन पाइन्छ। आवेदन फाराम बुझाउने म्याद वैशाख ६ गतेसम्म छ। परीक्षा जेठ ३० र ३१ गते सञ्चालन हुनेछ। यसपटक काठमाडौं उपत्यकामा पाँच र बाहिर पाँच गरी कुल १० स्थानबाट आवेदन दिन पाइनेछ। गत वर्ष जम्मा सात ठाउँबाट आवेदन दिने व्यवस्था थियो।
ईपीएस कोरिया शाखाका अनुसार काठमाडौं उपत्यकामा नेपाल वेद विद्या संस्कृत मावि गौशाला, काठमाडौं भ्याली उच्च मावि महाराजगन्ज, ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र च्यासल फुटबल खेल मैदान बालकुमारीबाट आवेदन फारम बुझाउन पाइन्छ। यसैगरी धरान नगरपालिकाको धरान सभागृह, जनकपुर नगरपालिकास्थित जनकपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हल, बुटवलस्थित बुटवल प्रदर्शनी मण्डप, पोखरामा विन्ध्यावासिनी उच्च मावि र डँडेलधुराको अमरगढी नगरपालिकास्थित कर्मचारी मिलन केन्द्रमा फाराम लिने र बुझाउने व्यवस्था ईपीएस कोरिया शाखाले गरेको छ।यीमध्ये पायक पर्ने कुनै पनि ठाउँबाट आवेदन दिन सकिने ईपीएस शाखाका अधिकारीले बताएका छन्।फाराम बुझाउन उपत्यकाबाहिर पाँच स्थान तोकिएको भए पनि परीक्षा दिन भने पोखराबाहेक अन्य क्षेत्रका परीक्षार्थी काठमाडौंमै आउनुपर्नेछ। ईपीएसले यसपालि पहिलोपटक उपत्यकाबाहिर पोखरामा पनि भाषा परीक्षा सञ्चालन गर्दैछ। यो केन्द्रमा पोखराबाट आवेदन दिने सहभागी हुन पाउनेछन्।
वैदेशिक रोजगारीको आकर्षक यो गन्तव्य मुलुकले आगामी वर्ष सात हजार एक सय नेपाली लिने बताएको छ। यसमा उत्पादनमूलकतर्फ चार हजार नौ सय र कृषि तथा पशुपालनमा दुई हजार दुई सय जान पाउनेछन्। कृषिमा भन्दा उत्पादनमूलकमा काम सजिलो र रोजगारदाताले पनि धेरै छनोट गर्दै आएका छन्। कोरियामा काम गर्न जान अनिवार्य भाषा परीक्षा पास गर्नुपर्छ। सन् २०१६ मा कोरिया जान अहिले आवेदन खुला गरिएको हो। भाषा परीक्षा पास गरेकालाई २०१६ जनवरीदेखिमात्र पठाउने क्रम सुरु हुनेछ।
No comments:
Post a Comment