Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 23, 2015

६ औं इपिएस भाषा परीक्षा जुनमा

निकुञ्ज तिवारी, दक्षिण कोरिया

कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत ६ औ भासा परीक्षा आउँदो जुनमा गर्ने तयारी गरेको छ ।

मानव संसाधन विकास संस्था (एचआरडी) को कार्यतालिका उल्येख गर्दै इपिएस नेपालले जुन १३ र १४ (जेठ ३० र ३१) मा परीक्षा गर्ने जनाएको हो ।

तालिका अनुसार अप्रिल १६ देखि १९ (बैसाख ३ देखि ६) मा दरखास्त संकलन गर्ने छ । काठमान्डौंमा ४, धरानमा १, पोखरामा १, बुटवलमा १, डढेल्धुरामा १ र जनकपुरमा १ वटा गरी ९ वटा दरखास्त संकलन केन्द्र तोकेको छ ।

२०१६ का लागि लिइने परीक्षामा कति उत्तीर्ण गर्ने भन्ने बारेमा केही उल्लेख छैन । २०१६ मा पनि २०१५ कै जति कोटालाई निरन्तरता दिइने कोरियामा नेपालीहरुबीच चर्चा छ ।

छौटौं भाषा परीक्षा उतिर्ण गर्ने उमेरद्धार २०१५ को कोटामा आउने छन् । यहाँको सरकारले डिसेम्बर अन्तिममा बार्षिक कोटा स्वीकृत गर्दछ ।

चौथो परीक्षाबाट औद्योगीक उत्पादन क्षेत्रमा ४ हजार ९ सय ६० र कृषि तर्फ ३ हजार ७ सय ६२  गरेर ८ हजार ७ सय २२ जना उतिर्ण भएका थिए ।  जसमध्य बाँकी २७ सय रहेका थिए । भने पाँचौ भाषा परीक्षामा ३६ सय ६३ जना उत्तिर्ण भएका थिए ।

जसमध्य चौथो भाषा परीक्षा पास भइ कोरिया आउन नपाएका र पाँचौ भाषा परीक्षा पास भएकाहरुको गत जनवरीदेखि श्रमसम्झौता भइरहेको छ ।

ईपीएस शाखा नेपालका अनुसार गत तीन महिनाभित्रै २४ सय २३  जना बढी उमेरद्वारको श्रम सम्झौता भइसकेको छ । बाँकी ३ हजार ९ सय ४० को संझौता क्रमस हुने जनाइएको छ ।

कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक पर्ने कामदारको छनौट भाषा परीक्षा मार्फत गर्दै आएको छ । यस्तो भाषा परीक्षामा सहभागि हुन आवेदक १८ देखि ३९ बर्ष उमेर समुहको हुनुपर्ने छ ।

साथै अपराधिक गतिविधिमा संलग्न नभएको, विगतमा गणतन्त्र कोरियामा गइ गैह्र कानुनी रुपमा बसोबास नगरेको, आफ्नो देशबाट विदेश जान रोक नलगाइएको र दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने हुनुपर्दछ ।

सन् २००७ जुलाई ३१ मा नेपाल र कोरियाबिच एमओयूमा हस्ताक्षर भएपछि नेपाली युवाहरु कोरिया आउन थालेका हुन । हालसम्म ५ पटक कोरियन भाषा परीक्षा संचालन भइसकेको छ भने करिब २६ हजार नेपाली युवाले रोजगारी पाएका छन् ।

अन्य देशका कामदारको तुलनामा नेपाली कामदारहरु मिहेनती र इमान्दार भएकाले रोजगारदाताको रोजाईमा पर्ने गरेका छन् । कडा मिहेनतमा मासिक सवालाख रुपैयां कमाई हुने दक्षिण कोरिया नेपाली युवाहरुको रोजाईमा छ ।

नेपालीलाई ६४३१ कोटा

कोरियाको श्रम तथा रोजगार मन्त्रालयलले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म ६ हजार ४ सय ३१ नेपाली कामदार ल्याउने घोषणा गरेको छ । जसमध्य चालुवर्षको त्रैमासिकमा २४ सय २३ जनाको श्रमसंझौता भइसकेको छ ।

मन्त्रालयद्धारा प्रकासित तालिका अनुसार चालु वर्षमा इपिएसमार्फत आउने १५ देशका कामदारमध्य नेपाललाई तेस्रो प्राथामिकतामा राखेको छ । पहिलो प्राथामिकतामा कम्बोडियाली र दोस्रोमा इन्डोनेशियाली कामदार परेका छन् । कम्बोडियालाई ९ हजार १ सय ३० र इन्डोनेसियालाई ६ हजार ७ सय १२ जनाको कोटा छुट्याएको छ ।

नेपाली कामदार मे महिनामा सबैभन्दा धेरै आउने छन भने सेप्टेम्बरमा सबैभन्दा थोरै आउने छन् ।
कोरियन सरकारले यस वर्षका लागि ५५ हजार ४ सय १४ कोटा निर्धारण गरेको छ ।

 जसमध्य ४५ हजार नयाँका लागि र १० हजार पुनप्रवेश गर्नेका लागि छ । उत्पादनमुलक क्षेत्रमा ४२ हजार ४ सय, कृर्षि क्षेत्रमा ६ हजार, निर्माण क्षेत्रमा २३ सय, मत्स्यपालनमा २२ सय र सेवा क्षेत्रमा १ सय कोटा तोकिएको छ । नेपालीका लागि उप्पादनमुलक र कृर्षि क्षेत्रमात्र हो ।

जसमध्य अदक्ष कामदार आर्पुती गर्ने उद्योगहरुमा १८ हजार ५ सय ५३ अतिरिक्त माग रहेको र २६ हजार ९ सय ३९ कामदारको करार अवधि सकिने र उनिहरु स्वदेश फर्कने जनाइएको छ ।

एकपल्ट भाषा परीक्षा उत्तीर्णहरू रोजगारका लागि दुई वर्षसम्म योग्य हुने रोजगार तथा श्रम मन्त्रालयले जनाउदै आएको छ ।

No comments:

Post a Comment