कृष्ण पुरी , फेन्थेक ,दक्षिण कोरिया l
९ मार्च , २०१५
हिजो ८ मार्च तारिख, १ सय ५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपाल देखि अन्तर्राष्ट्रिय जगतमा विभिन्न कार्यक्रम गरी मनाइसकेका छन । यसै क्रममा कोरियाको फेन्थेक शहर स्थित फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रको आयोजनामा र उक्त केन्द्रमा आबद्ध फेन्थेक नेपाली समिति बीचको सहकार्यमा संचालित अन्तरास्ट्रिय महिला दिवस कार्यक्रम उत्साहजनक रूपमा सप्पन्न भएको छ ।
फेन्तेक ट्रेन स्टेसन ए के प्लाजा अगाडि पार्कमा भएको कार्यक्रममा माइग्रेन्ट सेन्टरका संचालक र कोरिएन नुना युन सुङ पार्क द्वारा संचालित कार्यक्रममा कोरियन, फिलिपिन्स , भियतनाम कम्बोडिया नेपाल लगाएत विभिन्न देशका सहभागी महिला पुरुषहरुलाई महिला दिवसको खुसियालीमा शुभकामना संदेश आदानप्रदान गर्ने अवसर प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न देशहरूका सहभागीहरुले आ-आफ्नो मौलिक गीतहरु प्रस्तुत गरेका थिए भने नेपालीहरुले पनि रेसम फिरिरी गीत गाउदै उत्साह जनाएका थिए ।
समानता , संमान र स्नेहको प्रतीक स्वरुप पुरुष सहभागीहरु द्वारा महिलाहरुलाई गुलाफको फुल प्रदान गर्दै अन्तरास्ट्रिय महिला दिवसको अवसरमा हरेक स्थानमा महिलापुरुष बीचको उतिकै महत्व र प्रगाढ सम्बन्ध रहने सन्देश झल्काईएको थियो l
यसै क्रममा फेन्थेक नेपाली समितिको तर्फबाट अध्यक्ष बिजु बिक्रम थापा र झापा मिलन समाजका बर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले पनि शुभकामना संदेश प्रबाह गरेका थिए । मनोरञ्जनात्मक खेल सगै फोटो सेसन गरि साझ चियापान गरि एकापसमा खुसी साट्दै कार्यक्रम समापन गरिएको थियो l

No comments:
Post a Comment