जुनु गुरुङ् ,कोरिया
महिला हिसां विरुद्ध महिला पुरुष एक हौ । प्रत्येक महिला श्रमीकको हक अधिकार पाउ भन्ने नाराका साथ मार्च ८ को दिनलाई विश्वभर एतिहासिक रुपमा मनाउने गरिन्छ । महिला माथी हुने सवै किसिमका विभेद हटाउदै विकास अभियानमा महिलालाई पनि समान किसिमले समेट्नु पर्ने आवश्यकता दर्शाउदै महिला दिवस मनाउदै आएका छौ ।
नेपाली नारीहरुले पनि देशविदेशमा मनाउने गरेको यस नारी दिवस सन् १९०९ को मार्च ८ तारिक अमेरिकाको सिकागोमा आमहड्ताल गरि सघर्ष सफल पारेको दिनको संझनामा यो दिनलाई विश्वभर महिला दिवसका रुपमा मनाउने प्रचलन छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा महिला माथी हुने सवै किसिमका विभेद हटाउदै राज्यको सवै संरचनामा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउदै लैजानु आवश्यक छ । नेपालको अन्तरिम सम्विधान २०६३ मा पनि महिलाको हकलाई मौलिक हकको रुपमा स्विकार गरिएको छ । नेपालको राजनैतिक विकासको ७० वर्ष भन्दा पनि बढि भएका परिवर्तनका आन्दोलनहरु पछि पनि महिला माथि हुने हिंसाको अन्त्य हुन सकेको छैन । जहा महिलाको सम्मान हुन सक्दैन त्यहाँ समाजको विकास पनि हुन सक्दैन । नेपाली महिला र प्रजातान्त्रिक आन्दोलनमा अग्रणी महिला नेत्रीहरु स्वर्गिय सहाना प्रधान र मंगलादेवि सिंहलाई हामीले विर्सन सक्दैनौ उहाँहरुले महिलामा राजनैतिक तथा महिला चेतनाको जागरण ल्याइदिनुभयो र नेपाली महिला आन्दोलन एउटा उचाइमा पुग्यो ।
आज पनि नेपाली नारी बस्तु जस्तै बेच विखन हुन्छ, बलात्कार हुन्छन्, कुटिन्छन् अंगभगं हुन्छन् । सामाजिक रुपमा लैगिक भेदभाव ब्याप्त छन् । मानव सभ्यताको विकास संगै पुरुषले सत्ता स्थापना गरे पछि नारी जातीलाई हिनताबोध तथा दोश्रो दर्जाको नारीको रुपमा हेरिन्छन् । नारीको गुणको सम्मान कहिल्यै भएन ।
राजनैतिक परिवर्तन भएपछि देशको संविधान सभा हलभित्र उल्लेख्य महिलाहरु भएपनि हाम्रो गाउघरमा खासै परिवर्तन आएको छैन । महिला अर्थतन्त्र महिला निति निमार्ण महिला उत्थान तथा संस्थागत हुनुपर्यो । पिछिडिएको दलित जनजाती र मुस्लिम र बादी महिलाहरु यसका उदाहरण हुन् । भारत र चिनमा महिलाहरु अनाधिकृत रुपमा बेचविखन हुने र श्रम शोषण हुने गरेको पनि तथ्यहरुबाट स्पष्ट छन् । यि सवै समस्यालाई राज्यले सम्वोधन गर्ने कानुनको अभाव पनि उत्तिकै खट्क्ेको छ ।
हामी नारीहरु नेपालमा आधा भन्दा बढि जनसंख्याा ओगेटेको आवस्था भएर पनि हरेक पक्षमा हामी पछाडी नै छौ । महिला सम्पतीको अधिकार आमाको नाममा नागरिकता, महिला शसक्तिकरण, लैंगिक समानता जस्ता कुराहरु मुलुकका राजनैतिक दलको लागि नारामा मात्र सिमित भएको छन् । बास्तविक रुपमा सो समस्यालाई जरै देखि समाधान पहल हुन जरुरी छ ।
कोरिया ब्राजिल पाकिस्तान, थाइल्याल्याण्ड जस्ता देशहरुमा महिलाले राष्ट्र प्रमुख समेत जिम्मेवारी सम्हाली सकेका छन् । तर हाम्रो देशमा भने २१ औ शताब्दी सम्म आइपुग्दा कुनै पनि क्षेत्रमा महिलाको पहुच पुगेको छैन ।
प्रवासी भुमी कोरियामा पनि २०१० महिलाहरुको साझा संस्था स्थापना गरि उत्पीडित तथा बेरोजगार महिलाहरुलाई सहयोग र सेल्टरको ब्यवस्था गर्दै आएको छ । कोरियन भाषा, निशुल्क मेडिकल सेवा समेत उपलब्ध गराउदै आएको छ । कोरियामा महिलाहरुको समस्यामा संस्थाले विभिन्न सहयोग उपलब्ध गराउदै आएको छ ।
(गुरुङ्ग वमन फर वमनकी पूर्वअध्यक्ष हुन् । )

No comments:
Post a Comment