Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 16, 2015

कोरियाको सडकमा आँशु बररर

मञ्जु गुरुङ ,कोरिया 
मोवाइलमा कुरा गर्दै उनले भनी म तपाईको सेल्टरमा बस्न आउन लागेको दिदी कसरी आउने ?  मैले सोधे कहाँबाट आउन लागेको ? जल्लाभुक्तोबाट उनले भनिन् । हाम्रो सेल्टर कोरियाको पूर्व उत्तर तर्फको एक शहर सुवनमा छ तर उनी दक्षिण पश्चिम क्षेत्रको जल्लाभुक्तो भन्ने ठाउँबाट आउन लागेको सुनेर मेरो मुखबाट अचानक निस्कीयो ओहो त्यति टाडाबाट ? ट्रेनमा करिब चार घण्टाको यात्रा तय गर्नुपर्ने थियो उनले ।  सुवन यकसम्म ट्रेनमा आएपछि हामी लिन आउछौ भने । 
सोही बमोजिम उनी हाम्रो सेल्टरमा आइपुगिन । मात्र ६ महिना भएको रहेछ  कोरिया छिरेको इपिएस मार्फत कृषी भिसामा । नेपालको हिमाली क्षेत्रमा जन्मेका उनी नेपाली भाषा बोल्दा पनि उनको मातृभाषाकै उच्चारणमा बोल्थीन । बसमा यात्रा गर्दा बान्ता आउने भएकाले कालो प्लाष्टिक उनको साथमा थियो । जसले प्रष्टै र्पाथ्यो उनको काठमाडौं बसाई लामो थिएन् । विद्यालय स्तर मात्रै अध्यन गर्न भ्याएकी उनी विवाहिता रहिछीन् । उनको पति नेपालमै रहेछ । 
सेल्टरमा आएको भेलिपल्टदेखि नै उलाई पेट पोल्ने टाउको दुख्ने गरेको सुनाइन र खाना पनि राम्रो खाइनन् । ६ महिना भित्र नै उनले तीन ठाउँ काम परिवर्तन गरिसकेकी रहिछन् । सागबारी र भेडे खुसार्नी टिप्ने हुँदै रेष्टुरेन्टसम्म ।  कृषी भिसामा भएपनि साहुको रेष्टुरेन्टमा काम गर्दा विरामी भएर एक दिन काम गर्न नसकेपछि कामबाट निकाली दिए छ । त्यसपछि उनी सेल्टरमा बस्न आइपुगेकी थिइन् ।  अर्र्को काम खोज्नु भन्दा पनि उनको उपचार प्राथमिक्ता थियो । त्यसैले नेपालीकै सहयोगमा अस्पतालमा उनको सम्पूर्ण परिक्षण गरियो । तर रिपोर्टमा कुनै रोग नदेखिएपछि डिप्रेशनले पनि यस्तो भएको हुन सक्ने चिकित्सकको सुझाव पायौ । 
सामान्य केही औषधी र सेल्टरमा संगै बस्ने अन्य दिदी बहिनीहरुसंगको सामिप्यताले उनमा परिवर्तन आयो । उनी खाना राम्रैसंग खान थालिन मन पर्ने खाना बनाएर खान थालिन । घुम्ने डुल्ने हाँस खेल गर्न थालिन । जसले उनको अनुहार हँसिलो हुदै आयो । एक दिन सेल्टरमा एक्लै भएको बेला उनले मसंग कोरियामा आप्mनो विगत खोलिन । सुनेर मेरो मनै कुडियो । 
कोरियाको इन्छन एयरपोर्टमा ओर्लेर एक दिने तालिम सकिएपछि आ आफ्नो साहु आएर काममा लगे । उनीहरुको भने चार जना केटीहरु एउटै साहुले लिएर खाङवन्दो गएकोमो दंग परे । काम पनि सजिलो मूला र साग गोढ्ने, काँकरा टिप्ने । चारजनामा एउटै  मोवाइलबाट पालै पालो परिवारसंग कुरा गर्ने । तर १५ दिन हुनसाथ साँझ आएर  साहुले तिमीहरु भोलि नै यो ठाउँ छाड्नु भन्दा त उनीहरु आक्क न बक्क बने । अर्को ठाउँमा काम खोज्नु जानु तिमीहरुको पत्र मैले नोदुङबो (जब सेन्टर)मा पठाइसकेको छु । त्यही गएर बुझनु भने साहुले ।
जब सेन्टर कहाँ हो, कसरी जाने , सम्झेर चिन्तित बने सबैजना । धन्न जब सेन्टरको ठेगाना कागजमा  लेखेर साहुले दिए । भोलिपल्ट विहान चारै जना आ आफनो सामान लिएर हिडे । कहाँ जाने र कसरी जाने । यो विरानो ठाउँमा कोरियन भाषा पनि राम्रो बोल्नु सक्दैन सबैको अनुहार मलिन थियो । बसस्टपसम्म एकजनाले पुराइदियो । त्यहाँपनि एक जना कोरियनकै सहयोगमा जब सेन्टरको ठेगाना हेरेर बस स्टेशन सम्म जाने बस चडाइदियो । स्टेशनमा पुगेर उत्रियौ । त्यहाँ सहयोग गर्ने एक नेपाली युवा आउनमा ढिला भयो । त्यसपछि सिमसिम पानी परेको चिसो चिसो मौसममा झोला डारोउदै खाना न पिना हुदैै सडकमा चारै जना रुदै हिडेको उनले सुनाउदा मेरो आँखा पनि रसायो । धन्न ती नेपाली यवाको सहयोगमा उनीहरुले राहतको सास फेरे । 

No comments:

Post a Comment