Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, January 6, 2015

कोरियामा ल्होसार विविध कार्यक्रम गर्दै मनाईयो [ फोटो फिचर सहित ]

नोमराज गुरुङ् ,दक्षिण कोरिया -
यसवर्षको ल्होसार (ल्होछार/१५ पुस) दक्षिण कोरियामा रहेका नेपालीहरुबीच विविध कार्यक्रम सहित धुमधामसँग मनाईएको छ । ‘त ल्हो’ (घोँडा वर्ग) लाई बिदाई र ‘ल्हु ल्हो’ (भेँडा वर्ग) लाई स्वागत गरीने यसपालिको ल्होसारको अवसरमा तमु धीँ दक्षिण कोरियाले सोलको यक्सुमा ‘तमु ल्होछार (ल्होसार) कार्यक्रम २०७१’ आयोजना गरेको थियो ।

 बिशेषगरी गुरुङ् (तमु) समुदायको वर्ग (ल्हो) परिवर्तन (नयाँ वर्ष) को रुपमा ल्होछार (ल्होसार) मनाईने भए पनि आईतबार आयोजित कार्यक्रममा भने सबै नेपाली समुदायको उपस्थिति रहेको थियो ।

 ल्होछार कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले दिप प्रज्वलन गरी गर्नुभएको थियो ।

 सो अवसरमा भर्खर मात्रै कोरियामा मृत्यु वरण गरेका मोरङका पदम गुरुङ् र चितवनका सेरफ गुरुङ्प्रति श्रद्धाञ्जली दिँदै एक मिनेट मौन धारण समेत गरिएको थियो ।


 त्यस्तै ल्होछार (ल्होसार) (वर्ग परिवर्तन/१५ पुस) को मुख्य कार्यक्रम अन्तर्गत तमु धीँ दक्षिण कोरियाका अध्यक्ष सुरज गुरुङले ‘त ल्हो’ (घोँडा वर्ग) का गोलमान गुरुङलाई रुपा लगाई बिदाई र ‘ल्हु ल्हा’े (भेँडा वर्ग) का ममिता गुरुङ्लाई रुपा लगाईदिनुभई स्वागत गर्नुभएको थियो ।

 औपचारिक कार्यक्रममा बोल्नुहुँदै राजदुत कमानमानसिं लामाले प्रवासमै पनि आफ्नो संस्कृतिलाई निरन्तरता दिनु सरहानिय काम भएको बताउनुभयो ।

 सो अवसरमा नेपालको राजनीतिक सन्दर्भ जोड्नुहुँदै राजदुत लामाले अहिले नेपालमा उत्पीडनमा पारिएका जनजातिहरुको हक–अधिकार सुनिश्चित गर्ने बेला भएकोले परदेशबाटै पनि आवाज पठाउनुपर्ने बताउनुभयो ।

 ‘हामीले नेपालको नयाँ संविधानमा आफ्नो पहिचान सुनिश्चित गर्न सकेनौं भने हामीले ल्होसार मनाएर नाचगान गर्नुको औचित्य पुष्टी हुँदैन । त्यसैले नाचगान पनि गरौं आफ्नो अधिकारको लागि आवाज पनि बुलन्द गरौं ।’ उहाँको तमु समुदायमा अनुरोध थियो ।

 कोरियाका लागि श्रम सहचारी अनिल गुरुङ्ले गुरुङ्हरु संस्कृतिमा धनी भएको भन्दै यसलाई जोगाउनको लागि संसारको कुना–कुना जहाँ भए पनि भव्य र सभ्य रुपमा आफ्नो संस्कार र संस्कृति मनाउनुपर्ने बताउनुभयो ।

 सो अवसरमा अन्नपूर्ण सेवा समाज थेगुका अध्यक्ष नगेन्द्र मगर, बौद्ध परिवार दक्षिण कोरियाका अध्यक्ष ईश्वर गुरुङ्, एनसीसीका अध्यक्ष लोचन राई, एनआरएनका अध्यक्ष बिनोद कुँवर, याक्सासा कोरियन गुम्बाका लामा देउसुन्निम, आदिवासी जनजाति महासंघका अध्यक्ष भक्त शेरचन, कोरियन अतिथि किमग्वाङ्हा लगायतले ल्होसार शुभकामना मन्तव्य दिनुभएको थियो ।

 कार्यक्रमको अध्यक्षता तमु धीँ दक्षिण कोरियाका आध्यक्ष सुरज गुरुङ्, स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष बुद्धि गुरुङ् र सञ्चालन महासचिव प्रितम गुरुङ् गर्नुभएको थियो ।

 औपचारिक कार्यक्रम पश्चात मञ्चमा सांस्कृतिक कार्यक्रमको तामझा सुरु भएको थियो । सांस्कृतिक कोर्यक्रमको स्वागत स्वरुप रोधी ब्याण्ड कोरियाले तमुहरुको ह्यूल्सा (राष्ट्रिय) गीत गाएर गरेको थियो । सो अवसरमा तमु समुदायमा प्रचलति मौलिक सांस्कृतिक छयाँडु नाच, ल्होसार बिशेष नाच, गुरुङ् भाषाको गीतमा नृत्य प्रस्तुत तथा हाँस्याब्यङ्ग्य नाटकले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो ।

 सांस्कृतिक कार्यक्रममा कोरियाका ३ जना बालबालिकाहरु उन्छिमिन ह्यङ्जु, खायाखुम्यन्जु र हाक्सिङ् हनाम्खिमले आफ्नो गायकी प्रतिभा प्रस्तुत गरेका थिए ।

 सांस्कृतिक कार्यक्रमको अन्त्यतिर कोरियामा रहेर विभिन्न संघ–संस्थामा तमुको परिचय दिन योगदान दिएको भन्दै स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष धर्म गुरुङ्, कास्की परिवारका अध्यक्ष नविन गुरुङ्, लम्जुङ् सम्पर्क समितिका अध्यक्ष रुपप्रसाद गुरुङ्, रुपन्देही सम्पर्क समितिका अध्यक्ष प्रितम गुरुङ्, नेको परिवारका अध्यक्ष बेल गुरुङ्, बौद्ध परिवार दक्षिण कोरियाका अध्यक्ष ईश्वर गुरुङ्, फोजिन कोरियाका अध्यक्ष मञ्जु गुरुङ्, अन्नपूूर्ण दुधपोखरी समाजका अध्यक्ष अमर गुरुङ्, ओखलढुंगा सम्पर्क समिति अध्यक्ष मानसिंह गुरुङ्, रोधी ब्याण्ड कोरियाका संयोजक दिलिप गुरुङ्, क्यान कोरियाका अध्यक्ष रोहित गुरुङ् र सउल ग्लोबल माईग्रेन्ट सेन्टरका नेपाली प्रतिनीधि सञ्जय गुरुङ्लाई फेटा ओढाई सम्मान गरिएको थियो ।



त्यस्तै संस्थाको सांस्कृति संयोजक सतिश गुरुङ्को सांस्कृति टोलीलाई खादा र प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो । सो अवसरमा कोरियाली नागरिक किमग्वाङ्हालाई २००७ देअि २०१४ सम्म तमु धीँ दक्षिण कोरियालाई निशुल्क आवासगृह प्रदान गरेको भन्दै विशेष सम्मान गरिएको थियो भने सो आवासगृहको लागि संयोजन गर्नुहुने ईन्द्र गुरुङ्लाई समेत सम्मान गरिएको थियो ।



कार्यक्रममा संस्थागत रुपमा उपस्थित अन्नपूर्ण सेवा समाज थेगुले तमु धीँ दक्षिण कोरियालाई ९ लाख वन आर्थिक सहयोग प्रदान गरेको थियो ।‘ल्हु ल्होछार (ल्होसार) कार्यक्रम २०७१’ को सम्पुर्ण कार्यक्रमको समापन कार्यक्रम संयोजक गोलमान गुरुङ्ले गर्नुभएको थियो ।

No comments:

Post a Comment