Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, November 5, 2014

कोरियामा अवैध बस्ने नेपाली कामदार घटे

काठमाडौं : दक्षिण कोरियामा गैरकानुनी रूपमा बस्ने नेपाली कामदारको संख्या घटेको छ। कोरियाले गैरकानुनी तबरले बस्नेलाई फिर्ता गर्न नसके कामदार लिन नै बन्द गर्ने चेतावनी दिएपछि नेपाल सरकारले विशेष पहल सुरु गरेको हो।

कोरियामा अवैध रूपमा बसिरहेका नेपालीको संख्या गत जेठमा ११ सयभन्दा बढी थियो। हाल यो संख्या ६ सय ५९ मा झरेको छ। यसबाट अवैध कामदारको संख्या कटौती गर्ने सरकारी पहल थोरै भए पनि सफल भएको पुष्टि हुन्छ।

सरकारले अवैध रूपमा बस्ने कामदार घटाउन दुईवटा उपाय अवलम्बन गर्दै आएको छ। कोरियामा चार वर्ष १० महिना बसेर नेपाल फर्किने कामदारलाई सीबीटी (कम्प्युटरबाट लिइने) परीक्षामा सामेल गराई पुन: कोरिया जाने अवसर दिइएको छ। यो विधि बढी प्रभावकारी देखिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

चार वर्ष १० महिना कोरियामा काम गरेपछि नेपालमा आएर तीन महिना अनिवार्य बस्नुपर्छ। तीन महिना बसेपछि फेरि काम गर्न जान पाइन्छ। कोरियाले अवैध कामदारमाथि निगरानी बढाएपछि बसोवास अवधि सकिएकाहरू नेपाल आउने क्रम बढेको ईपीएस शाखाले जानकारी दिएको छ।

नेपालले कोरियामा काम गरेर फर्किनेलाई प्रत्येक तीन महिनामा सीबीटी भाषा परीक्षा लिने गरेको छ। यो परीक्षामा सहभागी र पास हुनेको संख्या बढ्दो क्रममा छ। केही दिनअघि प्रकाशित सीबीटी परीक्षाको नतिजामा ७० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।
सीबीटी परीक्षा दिएपछि दोहोर्‍याएर जान पाइने भएकाले अवैध तरिकाले बस्ने क्रम घट्न थालेको हो।
कुल ६ सय नौजनाले यस्तो परीक्षा दिएकामा चार सय ३४ जना पास भएको ईपीएस शाखाले जानकारी दिएको छ। भाषा परीक्षा दिएपछि दोहोर्‍याएर जान पाइने भएकाले अवैध तरिकाले बस्ने क्रम घट्न थालेको हो।

गत दुई वर्षदेखि नै सीबीटी परीक्षा लिन थालिएको भए पनि विगतमा यसरी परीक्षा दिनेमध्ये अधिकांश फेल हुने गरेका थिए। फेल हुने क्रम बढेकाले परीक्षामा सहभागी हुनुको सट्टा कोरियामै अवैध रूपमा बस्ने प्रवृत्ति बढेको थियो।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले अहिले दक्षिण कोरियामा गैरकानुनी रूपमा बस्ने नेपाली कामदारको संख्या घटेको बताए। 'दोहो:याएर जान चाहनेले भाषा परीक्षामा सहभागी हुन पाउने भएकाले उनीहरू नेपाल आएर परीक्षा दिन थालेका छन्', उनले भने।

यसबाहेक गैरकानुनीमा रूपमा बसेका कामदार स्वदेश फर्किएमा नेपाल सरकारले त्यस्ता व्यक्तिलाई स्वरोजगार बन्न सहुलियतपूर्ण ऋण दिने, प्राविधिक सीपको तालिम नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यसले पनि कोरियामा गैरकानुनी रूपमा बस्ने प्रवृत्ति निरुत्साहित गराउन सहयोग पुग्ने अनुमान छ।

ईपीएस कोरिया शाखाका अनुसार फर्किएका कामदारले सहुलियतपूर्ण ऋण र तालिम लिनका लागि आवेदन दिने प्रवृत्ति भने अत्यन्त न्यून देखिएको छ। 'अहिलेसम्मको तथ्यांक हेर्दा अधिकांशको पुन: दोहो:याएर कोरिया नै जान चाहने प्रवृत्ति देखिएको छ', प्रमुख बास्तोलाले भने।

कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो। यो मुलुकमा जाने नेपाली कामदारले मासिक सरदरमा डेढ लाख रुपैयाँ कमाउँछन्। जानका लागि एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्दैन।

 सरकारले नै कोरियामा कामदार पठाउने भएकाले लागत कम पर्छ। हाल दक्षिण कोरियामा २६ हजार नेपालीले काम गरिरहेका छन्। उद्योग र कृषिमा नेपालीले काम पाएका छन्।


किन बस्छन् कामदारगैरकानुनी भएर 

दक्षिण कोरियाको कानुनअनुसार पाँच वर्षभन्दा बढी बस्ने विदेशीलाई सरकारले थप सेवासुविधा दिनुपर्ने हुन्छ। सोही सुविधा नदिन कोरियाले चार वर्ष १० महिनामै फर्काउन विशेष पहल गर्ने गरेको हो।

केही विदेशी कामदार भने सकेसम्म धेरै अवधि बसेर पछि अधिकार खोज्ने दाउमा पनि हुने गरेका छन्। भाषा परीक्षाको प्रावधानले नेपाल फर्किएपछि फेरि जान पाउने निश्चित हुँदैन। यो पनि कामदार नफर्किनुको अर्को कारण हो। त्यहाँ हुने आकर्षक कमाइले पनि धेरै अवधि बस्न प्रेरित गरेको छ।

No comments:

Post a Comment