Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, November 11, 2014

बिश्वमा इन्टरनेट स्पिडमा कोरिया दोश्रो स्थानमा , भारत भन्दा नेपाल अगाडि

नमस्ते नेपाल कोरिया संवाददाता 
इन्टरनेटको ग्लोबल याङकिङले देखाएको तथ्यांकलाई उल्लेख गर्दै ओक्लास नेट इन्डेक्सले जनाए  अनुसार दक्षिण कोरिया   इन्टरनेट डाउनलोड स्पिडमा दोश्रो स्थानमा छ l दक्षिण कोरियमा ९२.०५ एमबीपीएसको इन्टरनेट डाउनलोड स्पिड छ।हङकङ पहिलो नम्बरमा छ। हङकङमा ९७.१ एमबीपीएस डाउनलोड स्पिड छ।सिंगापुर, रोमानिया र रिपब्लिक अफ मोल्डरोवा क्रमश: तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।भारतभन्दा नेपाल अगाडि देखिएको छ। इन्टरनेटको स्पिडमा नेपाल, भुटान र जिम्वाबेपछि भारत रहेको छ। भारतको इन्टरनेटको पूर्वाधार निर्माणले गति लिएको भए पनि यसको व्यान्डविथको गति भने अझै पनि भुटान, कम्बोडिया, नेपाल, नाइजेरिया, लाओस र जिम्बाबेभन्दा पछि रहेको उक्त प्रतिवेदनले उल्लेख गरेको छ।

 भारतको औसत डाउनलोड स्पिड ४.१८ एमबीपीएस छ। यो वेबसाइटले भारतको इन्टरनेटको ग्लोबल :याङकिङ एक सय ३०औं स्थानमा रहेको औल्याएको छ।
विश्वको इन्टरनेट गतिको तालिकाको एक सय २९औं स्थानमा नेपाल रहेको छ भने भारत एक सय ३२औं स्थानमा छ।
यस्तो इन्टरनेटको गतिमा नेपालको डाउनलोड स्पिड औसतमा ४.९२ रहेको देखिएको छ। विश्वको इन्टरनेट गतिको तालिकाको एक सय २९औं स्थानमा नेपाल रहेको छ भने भारत एक सय ३२औं स्थानमा रहेको उल्लेख छ।
 अमेरिका भने विश्वको २७औं स्थानमा छ। उसको डाउनलोड स्पिड औसत ३१.६२ रहेको उल्लेख छ। नेपालमा पछिल्लो समय इन्टरनेट सेवा प्रदायकको बढ्दो संख्या सँगै औसत इन्टरनेट स्पिड पनि बढेको देखिएको छ। नेपालमा हाल २७ वटा इन्टरनेट सेवा प्रदायकले सेवा दिइरहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकमा उल्लेख छ। 

No comments:

Post a Comment