कमल प्रसाद अर्याल, कोरिया
गजबको रमिता भएको छ देशमा ,जसले जे गर्दा पनि हुने कस्तो आश्चर्य ! कति लाज हराएका नेता देशलाई प्रयोगशाला बनाएर जे रमिता देखाउन पनि मिल्छ ?नेताको अर्थ अगुवा हुन्छ जनताको सेवा गर्छु भनेर रहरले जनता समक्ष कसम खाएर अधि बढेका हौ l तिमीलाई हामीले पठाएका हौ l तिमी जनताका सेवक हौ, कुनै कालखण्डका निम्ति निश्चित जिम्मेवारी दिएर जनताले पठाएका हुन् l १० वर्षे जनयुद्द र ६३/६४ को आन्दोलनको उपज हो आजको इतिहास ,एकपल्ट फर्केर हेर जनतासित गरेको वचनबद्धता सम्झ मनपरि गर्ने छुट तिमीलाई छैन lएक वर्षमा गर्छु भनेको काम आठ वर्ष अड्काएर दुईपल्ट निर्वाचन गरिसक्दा पनि अल्झाई राख्ने कुन नैतिकताले तलब भत्ता र औषधि उपचारका नाममा करोड का करोड दोहन गर्दै छौ l इतिहासले धिक्कार्छ ,कुनै कालखण्डमा यस्ता नेता थिए भन्दा भावी पिढी अचम्ममा पर्छ l नाति कि नातिनी छुट्याउन प्रमाण छाम्नु पर्ने उमेर र अवस्थामा रोगले गलित भएर आइ सी यु र घाट कुर्ने बेलामा देशको जिम्मेवारी सुम्पने जंगली जनता भन्दा धिक्कार लाग्छ l उपचार खर्चका निम्ति देशको जिम्मेवार पद सम्हालेर बस्ने कि काम गर्न?उपचार खर्च चाहिए कार्यकर्ताबाट चन्दा उठाउनु नि l सुन्दा देख्दा पनि लाज हुने संसारमा नभएको रमिता नेपालमा भो !तिमी पनि जनता हौ हाम्रा प्रतिनिधि मात्र ,सन्यास लिए हुन्छ हामी चलाउछौ हाम्रो देश l याद गर जनता सार्वभौम सत्ता सम्पन्न नेताको मालिक हो नेता सेवक हो चाहे चुनावको बेला नै किन नहोस् l देश र जनताको सच्चा मनले सेवा गर्ने भाव राख्न नसक्ने हो भने साधारण जनता भएर बस देशको र जनताको भविष्यमाथि खेलवाड गर्दै ठेकेदारी सम्हालेको नाटक नगर l
लुब्ध हुनु हरेक प्राणीको स्वभाव हो , यही इज्जत प्रतिष्ठा मान सम्मान गुम्ने भयले मात्र मान्छे आदर्शवान् देखिन्छ नत्र पासविक जिजीविषा मै मान्छे बाँचेको हुन्छ l तिमी जनतालाई सुख शान्ति र समृद्दी दिने भावनात्मक आदर्शको क्रय बिक्रयाका आडमा पाएको भोटको नाङ्गो दुरुपयोग गर्दै छौ l नेता वा अगुवा मौरी जस्तो हुनुपर्ने झिंगा जस्ता भएका छौ झिङ्गो चिनीको चास्नी मै डुबेर मर्छ l भर्ष्टाचारमा यसरी मुछिदा पनि सिमित कार्यकर्ताले उकासेका भरमा कति गिरेका छौ ख्याल नगरे तिमी पशु भन्दा निकै तल झर्ने छौ l थप्पड खाएको रन्कोमा गाला त मुसार्यौ तर त्यो थप्पडको अर्थ बुज्ने चेष्ट किन गर्दैनौ ? केही अर्थ छैन त्यसको आक्रोश र कुनै संवेदनाबीना चाद्किन्छ चड्कन ? यसलाई मैले युगीन संक्रमण ठानेको छु , प्राचीन कालीन न्याय व्यवस्था धर्म र आध्यात्मका आधारमा चलेको थियो ठिकै थियो l आजको युग न्याय व्यवस्थामा चलेको छ l न्याय व्यवस्थामा चल्न ज्ञान चेतना विज्ञान प्रविधि र आर्थिक सम्पन्नता र मानवतावादको विकासबीना सम्भव छैन l बखेडा झिक्न सक्ने नेता हुन्छ यहाँ अभाव गरिबी अज्ञानतामा मौरी रुपधारी नेता खोज्नु कल्पना मात्र हो l यस्तो परिवेशमा झिंगा रुपी नेता नै भन्किने हुन् l
राजनीतिक सम्बद समितिका नाममा भत्ता पचाइन्छ ,काम भने विवाद समितिको गरिन्छ l रिसोर्ट र पाँचतारे होटेलमा ह्विस्की ,रम,ब्रान्डी र रेड ब्याक लेवल फोरिन्न्छ l सम्बाद समितिका नाममा विवाद गर्दै सहमतिको निकट पुगेको भन्दै मात्दै र छाड्दै घर फर्किन्छ l यो रमिता हेरेर ताली बजाएर तिनै नेतासित कुम जोडेर फोटो खिच्दैमा मेरो चाकडी पुग्यो म पनि नेता भएँ भन्ठान्नेहरूलाई धिक्कार छ l एक वर्षमा गर्छु भनेको काम ८ वर्षमा पुरा गर्न नसक्ने गद्दारहरु नैतिकताका आधारमा राज्यकोषलाई सात वर्षको तलब भत्ता र सम्पूर्ण सुबिधा फिर्ता गर्न कसिनु पर्छ l जनताले खोस्नु पर्छ l एउटा नेता मन्चमा उभिएर भाषण गर्छ म ठिक बाकी सब खराब हाम्रो पार्टी ठीक अरु सब खराब आफैलाई गाली गरिरहेको हुन्छ के गर्नु जनताले थप्पड बजाउनुको बिकल्प देख्दैन l
बाबुराम भन्दैछन् मैले महाभारतको भिष्म बनेर द्रोपदीको वस्त्र हरण टुलुटुलु हेर्नुपर्यो l अभिमन्यू हुनुपर्ने बेला भिष्मपितामह हुनुभए पछि के लाग्छ l सकुनी आज रोगी बृद्द भए पनि झेल गर्न छोड्दैन l जतिबेला ३६र ७२ मा कुनै पार्टी बाँडिएको थियो त्योबेला छत्तीसेले नामकरण गरेको सकुनी कै घेरामा नेपाली राजनीति चलेको छ सबैलाई थाहा छ l जनयुद्द घोषणा गर्नु अघि यति ठुलो क्षति बेहोर्नुपर्ला भन्ने अड्कल नगरेका कामरेडहरू जनयुद्दको भारी बिसाए कै मा मख्ख परे l उपलब्धि प्राप्तिको सिप प्रयोग गर्न सकेनन् l सत्तामा कमजोर देखिनुले जनमत गुमाउनु पर्यो l आज प्रतिपक्षको भूमिका निर्वाह गर्नसमेत दुर्वल साबित भएकाछन् l रत्नाकर वाल्मीकि भएपछि पाएको सम्मान पाउला भन्ने आश नगर्दा हुन्छ l बाल्मीकी भैसक्दा पनि यो रत्नाकर नै हो भन्ने आधुनिक समाज हो यो l ओरालो लागेको मृगलाई कुकुरले पनि लखेट्छ भनेजस्तो हो कामरेड l यहाँ दाँत फुस्किएको नंग्रा काटिएको वालकलाई पनि केही नगर्ने कमजोर बाघ भो भन्ने भेउ पाएका बच्चाहरू कामरेड़का मुखमा हात हाल्दै खिस्स हाँस्दै खेलिरहेका छन् l ख्याल गर क्रान्तिकारीले क्रान्तिधर्मिता त्यागे के हुन्छ पुरुषको पुन्सत्व गुमे हिजडा हुन्छ l
'हामी बुद्दु छौ त्यसैले वीर छौ ' यो महाकवि देवकोटाको भनाइ हो l अब जनयुद्द भयो भने यस कालखण्डका नेताले टेक्ने जमिन पाउने छैन l अबको कारबाही नेतामुखी हुनेछ l गद्दारी र प्रतिगमन बिरोधि हुनेछ l धर्मनिरपेक्षता घोषणा गर्दा सुपर ग्लुमा टासिएका हात धर्म निरपेक्ष राष्ट्रको संबैधानिक सपथ खाएर आज संसद अवरुद्द गर्दैछन् l लाचार छ सरकार कति कमजोर भए कामरेड एजेन्डा ख्याल गर l युगिन क्रान्ति हुन्छ युगपुरुष जन्मन्छ हिजोको क्रान्न्तिसित अतालिएकाहरू किनारा लागेपनि उपलब्धि सून्यतामा क्रान्ति रोकिन्न l क्रान्तिका बिधि र प्रकृति अनेक हुन सक्नेछन् l
लक्ष्मीप्रसाद देवकोटा र केदारमान व्यथितको उक्ति याद आयो ' एकदिन ठुलो मेलाका बेला देवघाटको पुलमा २ जना गएछन् देवकोटा पुलको बीचमा पुगेर निकै घोप्टिएर नदीको प्रवाह हेर्न लागेछन् l व्यथित के हेर्छौ ए बाहुन ज्यान फाल्न खोज्यौ कि क्या हो ? ठट्टा मै भनेछन् ,बाँदरलाई अदुवाको स्वाद के थाहा ल हेर भगवान नीलकण्ठ कसरी सुतेका छन् l खुब हेरे देखेनन् , देवकोटाले भने- पापीले देख्दैन lजय होस् प्रभु तिम्रो महिमा अपार ! कति दिब्य! कतिभब्य! व्यथित हैरान भए l एक अर्को गर्दै निकैले हेरे ठुलोभीड लाग्यो पापीले देख्दैन रे अर्को उर्लियो l पुरा पूल खस्ला जस्तो भीड बढ्यो कसैले देखें भने कसैले देखिन भने देखिन भने पापी भइन्छ भनेर निकैले देखें नै भने l देवकोटा र व्यथित किनारा लागे l व्यथितले प्रश्न गरे के नाटक हो तपाईको? देबकोटा मुसुक्क मुस्किए हेर व्यथित नेपाली जनता यस्ता छन् l आज पनि हामी यस्तै छौ भीडका पछि लाग्छौ साचै अबका युवा पुस्त नेताले नकोट्याए पनि देश प्रति चिन्तित बनौ नेता आफ्ना स्वार्थका निम्ति उचाल्छन् हामी उचालिंछौ भने नेताले इमान्दारीता गुमाउँदा हामीले खबरदारी गर्नुपर्दैन? यो के चटक हो ? के रमिता हो यही हेरेर बस्ने ?
समस्याको पहिचान गरी समाधान प्रति बफादार हुने हो भने सहमति जप्नै पर्दैन फटाफट सबै काम कुरा सकिन्छन् l यहाँ चिन्ता छ समस्या छिटो सकिए हाम्रो आयु सकिन्छ हाम्रो सुबिधा खोसिन्छ l त्यसैले समस्या समस्या मै अल्झिएको हो l अब हामी यो रमिता हेरेर ताली पिटेर बस्नु हुदैन साचै देशप्रति चिन्तित हुनुपर्छ गद्दारहरूलाई खबरदारी गर्नुपर्छ l

No comments:
Post a Comment