Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, November 12, 2014

कोरियामा २ करोडको लगानीमा बुद्ध प्रतिमाको व्यवस्थापन गरिने

सुरज गुरुङ्ग-सउल,दक्षिण कोरिया
नेपाल बौद्ध परिवार दक्षिण कोरियाको दुई करोड वनको लगानीमा बुद्ध प्रतिमाको व्यवस्थापन गरिने निर्णय संगै दोसुन्सा गुम्बामा बृहत भेला सम्पन्न भएको छ । भेलामा मनाङ्ग परिवार, मुस्ताङ्ग परिवार, ह्योल्मो सम्पर्क समिति, नेवा पुच:, तामाङ्ग संघका पदाधिकारी सदस्यहरु र तमू धीं  कोरियाका सदस्यहरु तथा सल्लाहकार लक्ष्मी गुरुङ्गको समेत उपस्थिति रहेको थियो । भेलाको पहिलो चरणको कार्यक्रममा ह्योल्मो सम्पर्क समितिका लामाहरु पेम्बा लामा, तेन्डी शेर्पा र अन्य सदस्यहरु द्वारा पुजा पाठ र दोसुन्सा गुम्बाका लामा विदेशी विभागका प्रमुख द्वारा प्रवचन कार्यक्रम गरिएको थियो ।

प्रवचन पछि लामाले कोरियामा विदेशी मजदुरहरुले दु:ख पाएको खबर सुन्दा ज्यादै दु:ख महसुस भएकोले भविश्वमा एउटा सेल्टर खोल्ने विदेशीहरुलाई सहयोग गर्ने र नेपालबाट ल्याइएको दुसन्सा गुम्बामा रहेको बुद्ध प्रतिमालाई तुरुन्तै लगभग २ करोड वनको खर्चमा व्यवस्थित तरिकाले राख्ने निर्णय पनि सुनाउनु भएको थियो ।

दुसन्सा गुम्बा हालका राष्ट्रपति फाक कुन हे का बाबा आमाको पाला देखीनै धेरै प्रसिद्ध रहेकोले सो गुम्बामा जाने बाटो पनि फाक कुन हे कै बाबा राष्ट्रपति भएको बेला बनाईएको थियो र सोही गुम्बामा वहाहरुको र (हुन्डाई) कम्पनिको मालिकको अस्तु समेत राखिएकोले हालसम्म कोरियामा रहेका गुम्बाहरु मध्य ठूलो गुम्बाको रुपमा लिदै आई रहेको जानकारी अध्यक्ष श्री ईश्वर गुरुङ्गले जानकारी गराउनु भयो ।

सो गुम्बामा झण्डै एक वर्ष देखी प्रत्यक महिनाको पहिलो हप्ताको आईतबार ठिक १२ बजे लामाद्वारा प्रवचन दिदै आईरकेकोले ईच्छुक नेपाली समुदायलाई बौद्ध परिवारका वरिष्ठ उपाध्यक्ष रमेश श्रेष्ठसंग सम्पर्क गर्न हार्दिक अनुरोध गर्नु भएको छ ।

दोश्रो चरणको कार्यक्रममा विधानलाई संसोधन गर्ने गरि रिक्त रहेको पदाधिकारी र सदस्यहरुको पद पुर्ति गर्दै निम्न बमोजिमको पदाधिकारीहरुको हेरफेर गरिएको छ ।

अध्यक्ष: ईश्वर गुरुङ्ग
बरिष्ठ उपाध्यक्ष: रमेश श्रेष्ठ–नेवा पुच:
उपाध्यक्ष: प्रकास लामा–मनाङ्ग परिवार
महासचिव: प्रितम गुरुङ्ग–रुपन्देही
सविचव: –तामाङ्ग संघ
कोषाध्यक्ष: पेम्बा लामा–ह्योल्मो सम्पर्क समिति
सदस्य: निमा शेर्पा
सदस्य: सोनी शेर्पा
सदस्य: कृष्ण गुरुङ्ग (ब्रो)
सदस्य: राजु गुरुङ्ग

सल्लाहकारहरु यस प्रकार छ ।
१. देब सिंह तामाङ्ग–तामाङ्ग संघ
२. कृष्ण गुरुङ्ग–मुस्ताङ्ग परिवार
३. तेन्डी शेर्पा–ह्योल्मो सम्पर्क समिति

बाकी रिक्त पद आगामी बैठकमा पुर्ति गरिने छ । साथै उक्त भेलाले सलनालको वरिपरी भव्य कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

No comments:

Post a Comment