मञ्जु गुरुङ | ३१ अक्टुवर, दक्षिण कोरिया
सुवनको आजु देहाक्यो (विश्वविधालय) बस स्टपबाट ४–१ नम्बरको बसमा चढे । करिब १५ मिनट पछि म छाङवामुनमा पुगे । बसबाट उत्रिन साथ देखे बाटै भरी मानिसहरु लाइन लागरे बसीसकेको । अनि टेलिभिजनका स्टाफहरु पनि तयारीमा बसेका रहेछन् । हेर्दै म छाङवामुनको माथि उक्लिए । माथि पनि धेरै मानिसहरु अघिदेखि नै तयारीमा बसेका रहेछन् । मुख्य सडकपट्टि राम्रो देखिने ठाउँमा क्यामेराहरु लहरै राखिएको थियो । जहाँबाट पर सडकमा राम्रो देखिने ठाउँहरु अघि नै बुकिङ भइसकेको थियो । मानिसहरु क्यामेरा संगै उभिएर बसेका थिए ।
यो सबै तयारी ह्वासङ महोत्वसको थियो । ५ दिने महोत्सवको एक मुख्य अंग राजसवारीको परेडको दिन थियो त्यो । सुवन स्थित कोरियाकै एक प्रसिद्ध ऐतिहासिक स्थल ह्वासङ गढी स्वादेशी तथा विदेशीको आकर्षक थलो हो । युनेस्कोमा अंकित ह्वासङको महोत्सवलाई प्रत्यक्ष हेर्न र क्यामेरामा कैद गर्न सयौ मिडियाकर्मी र सर्वसाधरण लामवद्ध थिए । चर्को घाममा पनि मानिसहरु परेड शुरु हुने दिशा तर्फ क्यामेरा सोझाएर पर्खिरहेका थिए ।
सडकमा निस्कने परेडको राम्रो तस्वीर खिच्नको लागि मानिसहरु करिब ३ घण्टा अघिदेखि उचित स्थानमा तयारी गरेर पर्खी रहेका थिए । म पनि परेड शुरु हुने समय भन्दा डेड घण्टा अघि पुगेको थिए । सोच्दै थिए म धेरै छिटो आए । तर मैले माथिबाट राम्रो फोटो खिच्ने ठाउँ पाउन सकिन् । माथिल्लो तलाको एक छेउमा उभिएर सडकपट्टी हेरिरहेको थिए । त्यसैबेला नजिकै बस्नुभएको एक जनाले यस ठाउँमा चार जनाको क्यामेरा छ । ३ घण्टादेखि उनीहरु यहा पर्खिरेका छन् भन्नुभयो । त्यसपछि म त्यसठाउँबाट पनि हिडे । परेड अझै पनि शुरु भएको थिएन् । त्यसैले म सडकमा गए । कुनै पनि काम गर्न धेरै अगाडी देखि नै तयार गर्ने कोरियनको बानीले यहाँ पनि मलाई प्रभावित पारयो ।
अघिल्लो वर्ष यस परेड बारे सुने पनि हेर्ने मौका पाएको थिइन् । त्यसैले पनि म उत्साहित थिए । यो परेड हेर्न र यस्को फोटो खिच्न । माथिबाट फोटो खिच्ने ठाउँ नपाए पनि मुनी सडकमा धेरै मानिसहरु क्यामेरा लिएर लाइन लागेर बसेको देखे । म पनि त्यही लाइनमा गएर उभिए । अब चही परेड शुरु हुन लागेको थियो । सडकका दुवै किनारमा मानिसहरु धेरै भेला भइसकेका थिए । प्रहरीहरुले सिटी बजाउदै अघि बढ्न थालेपछि परेड शुरु भयो । राजा आउन भन्दा अघि सेनाको लस्कर देखियो अनि मुख्य पदाधिकारीहरु र अंग रक्षक सहित राजाको ताँती लामो थियो । विभिन्न पहिरणमा सजिएको राजदरवारका कर्मचारीहरुको लस्कर साँच्चै मनमोहक थियो । अझ विदेशी पनि त्यस्तै पहिरणमा संगै ताँती लगेको दृश्यले दर्शकलाई थप रोमान्चक बनायो । झण्डै १ घण्टासम्म चलेको यो ताँतीलाई हेर्न सडकका दुई किनारमा बसेको हजारौ दर्शकको उपस्थितीले महोत्सवको भव्यतालाई झल्काएको थियो ।
झण्डै ३ सय वर्ष अघिको राजपरिवारको कथा आज पनि उस्तै दुरुस्तै देख्न पाउदा जीवित इतिहास देखे जस्तै लाग्यो । विश्वकै सबैभन्दा लामो शासन गर्ने राजतन्त्र जोशन राजजवंशीको इतिहासलाई प्रत्यक्ष महसुस गरे । यो ह्वासङ गढीका जन्म दाता २२ औ जोशन राजा जोङजोको जीवनकाललाई प्रत्यक्ष अनुभूत गर्न पाए । यस्ता महोत्सवले म जस्ता विदेशीलाई मोहित मात्र पार्ने हैन, कोरियाकै युवा पुस्तालाई पनि आफ्नो देशको इतिहासलाई प्रत्यक्ष अनुभूत गराउन सफल भएको छ ।
वर्तमानको आधार नै इतिहास हो । इतिहास बुझन सके वर्तमानलाई सहज बनाउन सकिन्छ । त्यसैलै पनि इतिहास वर्तमानको अनिवार्यता हो । यस्ता एैतिहासिक महोत्सवहरुले इतिहास र वर्तमानलाई जोड्ने पुलको काम गर्छ । जसले मानव सभ्यताको चक्रलाई घुमाउन सहज पारी दिन्छ । त्यसैले त इतिहास र वर्तमानको संगमले भविष्य निमार्ण गर्न महत्वपूर्ण भूमिका खेल्छ । जुन भूमिका निर्वाह गर्न राष्ट्रको महत्वपूर्ण काम हो । यसका लागि चाहिने ठूलो योजना र आर्थिक भार सरकारले व्यर्होन आवश्यक छ । हाम्रो देश नेपालमा पनि यस्ता राजा महाराजाका इतिहासहरु धेरै छन् । रोचक र प्रेरणामूलक घटनाहरु धेरै छन् । वर्तमान पिँडी र भाविसन्ततीहरुले जान्नै पर्ने धेरै छन् । हाम्रो देशमा पनि यस्तै महोत्सव गर्न आवश्यक छ ।
त्यसो त सुवन शहरको विशेषतालाई झाकीकोरुपमा प्रदर्शन गर्ने शैली यो महोत्सवको अर्को मुख्य पाटो रहेछ । खेलकुद, संगीत , सुरक्षा फौज, कृषी , व्यवसाय, उद्योग जस्ता स्थानिय जनजीवन झल्कने आकर्षक झाँकी महोत्सवको अर्को आकर्षण रहेछ । विभिन्न बहुसास्कृतिक पहिचानको झलक समेत पाइने यो महोत्सवले सुवन शहरको परिचय गराएको थियो । विकसित राष्ट्रले गर्ने यस्ता महोत्सवहरु के नेपाल जस्तो विकास उन्मुख देशले गर्न सक्दैन ? के हाम्रा राष्ट्र संचालकहरुको यस तर्फ कहीलै ध्यान जान सक्दैन ? मनमा यस्तै जिज्ञाशा खेलिरहयो ।

No comments:
Post a Comment