कमलप्रसाद अर्याल ,दक्षिण कोरिया
नेताले चुसेर छोक्र्याएको देशको नागरिक, अथाह आर्थिक पीडा र अवसरको अभावले आमा बाबुको अथाह स्नेह ,यौवनावस्थाको तारुन्यता र यौवनले मस्त अथाह प्रेमकी खानी आफ्नी प्रेयसी र पत्नी /पतिको सुमधुर आत्मीय प्रेम ,आफ्नो कौमार्य ,कलिला नानीका तोतेमाया सबैको बन्धनको रेशालाई बलजफ्ती चुडाउने प्रयत्न गर्दै वर्तमानको अथाह वेदनालाई भविस्यको सम्भाब्य सुख, सन्तोष ,र ऐस्वर्य सम्झिएर दासतापूर्ण प्रवासको पीडासित र आँशुको भलसित पैसा साटिरहेका हामी सबै प्रवासीको पीडा समान नै छ l मैले आफूलाई आज सेरभमा रुपान्तरण गरें l न गाउँ छ ,न समाज न न्याय छ न देश ,न बोली छ , न भावना बिचेत लडेको छ l दुख्यो पोल्यो गुहार गुहार भन्नसक्ने अवस्थासमेत छैन बिचेत छ l मीठो सपना बोकेका परिवारको मुटुमा बज्रपात परेको छ , आफू बेचिएर बचाउने अवस्थासमेत छैन यहाँ आशा छ त नेपाली समुदाय र सथीको , आज सेरभ बचाउ अभियान चलेको छ l हामी भाबुक भएका छौ अर्काको देशमा खेतमा काम गर्दा गर्दै लामखुट्टेको टोकाइले इन्सेफ्लाईटिसको सिकार भएका सेरभ बच्छन् तिनको यो संसार हेर्ने दिन फर्कने छ भन्ने विस्वासकासाथ हामी जुटेका छौ l यस अभियानको चिन्तन अगाडि बढाउने चितवन सम्पर्क समितिप्रति हार्दिक आभार प्रकट गर्दै संयोजकको भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्नुभएकोमा कृतज्ञताव्यक्त गर्दछु l आज यहाँ सम्पूर्ण संघ सस्था र पुरै नेपाली समुदाय जुटेको छ , हामी भावनाका धनी ,सेवाका निम्ति उत्साही छौ भन्ने नमुना देखिएको छ l म तपाई र ऊ हामी सबै सेरभ ,सेरभ हाम्रो प्रतिनिधि समस्या समाधान हाम्रो साझा संकल्प बनोस् l
बिरामीको कारुणिक अवस्था र समाधानको विकल्प अभावमा कुरुवा बसेका साथीहरूले गरेको गुहार सबै कुराको मनन गर्दै हामी सबै अन्तरमनले जुट्ने अवसर सिर्जना भयो l जुटेका छौं ,जुटौं, मलाई गाउमा आगलागी हुँदाको घटना याद छ ,घर घरबाट गाग्री बाल्टी र लोहोटाको पानीसमेत लिएर कुदेका , माटाको डल्ला र स्याउला भाँचेका एकै छिनमा ज्वालामुखी भएको आगो बत्ती निभे झैँ निभेको कति मान्छे कट्टुमा मात्र कुदेका थिए l आगो निभेपछि आफू नाङ्गो भएको बोधले लज्जित हुँदै फर्किएका ,त्यस्तो समाजका उदाहरण हामी नेपाली यही हाम्रो समाज हामी नै आफ्ना हामी नै कर्तब्य र हामी नै समाधान यस्तो अवस्थामा हामी छौ सेरभ हाम्रो भाइ l
दुई वर्ष अघि मैले' समाजसेवा चुनौति र अवसर 'भन्ने शीर्षकमा एउटा लेख लेखेको थिएँ आगो लागेपछि कुवा खन्ने होइन ज्वालामुखीमा काम गर्नु पर्छ यो लप्काले कहिले कसलाई समाउछ पत्तो हुदैन l बृहत् बिपत्ति राहत कोष खडा गरौ लक्षित सेवाग्राहीलाई तत्काल राहत प्रदान गरौ भन्ने प्रस्ताव गरेको थिएँ l लेख प्रकाशन भएको हप्ता नबित्दै नेपाली सम्पर्क समितिले घोषणा गर्यो तर बिधि पुगेन l अपेक्षित लाभ निस्किएन आजको नेतृत्व सक्षम छ, इमान्दार छ , जिज्ञासु छ तर सबैथोक भए पनि नुनहाल्न बिर्सिए तिहुन खतम हुन्छ l अब यो अभियान बिसाल बनोस् बृहत् बनोस् बृहत् बिपत्ती राहतकोषका निम्ति जग र प्रेरक पनि बनोस् l सम्पूर्ण समुदायबाट भएको सहयोगका निम्ति साधुवाद प्रकट गर्दै केही आग्रह गर्न चाहन्छु l यो अभियान संगतिपूर्ण बनोस् ,पारदर्शी बनोस् र अगामि योजनाका निम्ति प्रेरक बनोस् l हाम्रो समुदाय यहाँ रहेसम्म कोही अभावले पानी बिनाको माछो बनेर अवसानको दिशामा जानु नपरोस् l
थेगु क्षेत्रका सम्पूर्ण समुदायले एउटा पारदर्शी सम्यन्त्र निर्माण गरुन् बिरामीको रेखदेख ,लागत खर्च ,अन्य संघ सस्थाबाट र व्यक्तिबाट प्राप्त सहयोग र लागेको खर्च सबैको बिवरण राखोस् l पालै पालो कुर्ने व्यवस्था र अभियानले गर्ने पर्ने खर्चका सम्बन्धमा तथ्यांक राखोस् l हरेक क्षेत्र तह र तप्काबाट जुटेको रकम र दाताको सूची प्रष्ट रहोस् l अन्त्यमा पत्रकार सम्मेलन गरी सबै तथ्यको समीक्षा गर्दै बाकी बक्योतालाई पुन स्थायी संरचनासहितको कोष निर्माण गर्दै यस्ता भवितव्यका घटनामा सबैको समान दायित्व रहने गरी व्यवस्था गरौ भन्ने प्रस्ताव यसै लेख मार्फत राख्न चाहन्छु l कतिपय घटना र अभियानमा पारदर्शिता र स्पस्ट नीतिका अभावमा अलपत्र परेको विसंगतिपूर्ण अवस्था आउन दिनुहुदैन / नआओस् l आज जुन उत्साहसाथ हामी जुटेका छौ त्यसमा निरन्तरता रहोस् खुलेर निसंकोच सेवा गर्ने वातावरण सिर्जना भएको छ l एन .सी.सी.एन आर.एन.र यहाँ रहेका हरेक सस्था र व्यक्तिबाट भएका सहयोग प्रयासलाई प्रसंशा गर्दै सबै टुटेर लाग्न आग्रह गर्दछु l एन ,डी.एफ थेगु साखा ,कुरुवा समुह,फिन्तेक माइग्रेन्ट सेन्टर आदिको प्रयासलाई धन्यवाद दिदै एक ठाउँ भेला गरौ छलफल गरौ l लमजुङ समाजकी कल्पना राईले अख्तियारी मागेकोमा सुरु गर्नुस् एउटा समिति बनाउनुस् सहयोग जुताउनुस र सबैले एक ठाउ मिसाएर एकै ठाउबाट सेरभ बचाऊ अभियान सफल पार्दै नयाँ पिडितको पीडामा मलहम लगाउन संक्ने नयाँ शक्ति र शाहस पनि बटुलौ l भन्दै सम्पूर्ण समुदायमा दिल खुला गर्न भावपूर्ण आग्रह गर्दछु l

No comments:
Post a Comment