Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, October 18, 2014

कोरियाको कामसंगै गीतकार क्रिस गुल्मेलीको "ओखर काँचो छ''

-कृष्ण पुरी , दक्षिण कोरिया l 
अक्टोबर १८ , सनिबार l 
कृस गुल्मेली बाबु तपाई हामीले सुने या नसुनेको नाम हुनसक्छ। गुल्मीको हर्दिनेटा ६ लुम्छा बाट आज भन्दा ४ बर्ष अघि  २०१० को जुलाईमा ई.पी.यस. बाट कोरिया आउनुभएका कृस बाबु अहिले आफ्नो कड़ा मेहनत र परिश्रम गरी  तपाई हामी जस्तै दिन बिताई रहनुभएको छ ।यसका अलावा उहाले आफुबाट बचेको समयलाई सदुपयोग गरी  साहित्यतर्फ ध्यान दिदै अहिले नयां र पृथक किसिमको लोक दोहोरी गीतको निर्माण गरिरहेका छन् l   गीतकार क्रिस गुल्मेलीले  हालै  प्रस्तुत गर्न लाग्नुभएको गीत " "ओखर खांचो छ'' भन्ने रहेको छ l उहाको शब्द र लय रचनामा रहेको गीत नेपालकी कर्णप्रिय स्वरकी धनी मिलन अमात्य र गायक प्रेमप्रकास ओलीको सुमधुर आवाजमा सजीएको छ l  म्युजिक  भिडियोमा कोरियाबाटै रोजगार गरि फर्केर नेपालमा कलाकारीतामा उदाईरहनुभएका गांधीव सुबेदी र नेपालमै चर्चित मोडल तथा नायिका   नीता ढुंगानाको बेजोड प्रस्तुती रहेको छ ल  गीतको प्रोमो   कार्तिक २ गते काठमान्डौमा हुने भएको छ l

 उक्त  "ओखर काँचो छ''  गीतको केहि अंश  बांकी रहेकोले तिहारको बिचमा श्रोता  माझ आउने कुरा संगै अब यो गीत पछि फेरी नया किसिमको आधुनीक गीत रेकर्डको तयारीमा रहेको  गीतकार क्रिस  गुल्मेलीले जानकारी गर्नु भएको छ। उहाँले  सम्पुर्ण कोरियामा रहनुहुने तथा स्वदेश बिदेशमा रहनु हुने  सम्पुर्ण नेपालीहरुमा सल्लाह,सुझाब र सहयोग को खाँचो भएकोले हरेक पक्ष बाट सहयोग गर्नुहुन अनुरोध समेत  गर्नुभएको छ l श्रोताहरुको  माया र प्रेरणाले वहाको लागी अगाड़ी बढने  हौसला प्रदान हुने कुरा पनि बताउनुभएको छ l  

No comments:

Post a Comment