Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 3, 2014

कोरियामा नेपाली कामदारको माग २५ प्रतिशतले बढ्ने


नमस्ते नेपाल कोरिया संवाददाता –रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको संख्या २५ प्रतिशत बढ्ने भएको छ । कोरियाले विदेशी कामदारको कोटा घटाए पनि नेपाली कामदारको संख्या भने बढाउन लागेको छ ।

सन् २०१४ अगष्ट सम्म ईपीएसमार्फत पाँच हजार दुई सय नेपाली कामदार कोरिया पुगिसकेका छन् । सन् २०१३ मा पाँच हजार दुई सय २३ कामदार कोरिया गएका थिए । बाँकी अवधिमा एक हजार तीन सय बढी नेपाली कामदारको माग कोरियाबाट आउने अनुमान ईपीएस कोरिया शाखाको छ । यति माग आए गत वर्ष भन्दा २५ प्रतिशत वृद्धि हुन आउँने  छ ।

ईपीएस कोरिया शाखाको प्रमुख डिल्लीराम बाँस्तोलाले अवैध नेपाली कामदारलाई निरुत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्नुका साथै कामदार पठाउँने प्रक्रियामा पनि नेपाल उत्कृष्ट घोषणा भएकोले दक्षिण कोरियाबाट कामदारको माग बढेको बताए । सन् २०१३ मा दक्षिण कोरियाले १५ स्रोत मुलुक मध्ये पारदर्शी, न्यून लागत र छिटो तथा सहज ढंगले कामदार पठाएको भन्दै नेपाललाई पुरस्कृत गरेको थियो । ‘गत वर्षको माग बराबर यो वर्षको नौ महिनामै आइसकेको छ,’ उनले भने,‘तीन महिनामा अझै माग आउन सक्छ ।’

दक्षिण कोरियाले यो वर्षको अन्तिम कोटा अक्टोवरबाट दिने भएको छ । दक्षिण कोरियाले छुट्याएको मध्ये १० हजार कोटा बाँकी छ । आजको कारोवार दैनिकमा खबर छ ।


No comments:

Post a Comment