Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 18, 2014

कोरियामा मानसिक तनाब ब्यबस्थापनको लागि हुने बृहत अन्तरक्रिया तथा मनोबैज्ञानिक प्रबचन कार्यक्रमको स्थान परिवर्तन

रमेश खावाजु ,दक्षिण कोरिया 
  कोरियाबासि नेपालीहरुको मानसिक तनाब ब्यबस्थापनको लागि एनआरएन र वोमेन फर वोमेनको संयुक्त प्रयासमा अन्य बिभिन संस्थाहरु सित सहकार्य गरि  नेपालका विख्यात दार्शनिक योगगुरु ड़ा.बिकाशानंदबाट  गर्न लागेको अन्तरक्रिया तथा  मनोबैज्ञानिक प्रबचन कार्यक्रमको स्थान परिवर्तन भएको छ  l यस अघि २१ सेप्टेम्बर दिउसो १२ बजे  नेपाल हाउसमा गर्ने भनिएको सो कार्यक्रममा नेपालीहरुको ब्यापक  सहभागिता हुने भएकोले याक्सुको ठुलो हलमा गर्न लागेको कार्यक्रम संयोजक तथा एनआरएनका प्रवक्ता बिमल सुवेदीले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l

दक्षिण कोरियाको एक अन्तरास्ट्रिय संस्था आइ.सि.डी ( ICD The Institute for Cultural Diplomacy) द्वारा आयोजित बिश्व धार्मिक,साँस्कृतिक तथा शान्ति समन्वय शिखर सम्मेलनमा भाग लिन नेपालका युवा दार्सनिक तथा मनोबैज्ञानिक मनोक्रान्तीका गुरु डा. योगी बिकाशानन्द तथा धर्मपत्नी कमलीकेशरी श्रेष्ठका साथमा १६ सेप्टेम्बरमा कोरिया आइसक्नु भएको छ l सेप्टेम्बर १७ देखि १९ सम्म हुने सो सम्मेलनमा १५० राष्ट्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधिहरु  नागरिकहरु सहभागी भएका छन् l  सो सम्मेलनमा नेपालका पुर्व प्रधान मन्त्रि खिलराज रेग्मी पनि सहभागी भएका थिए l

 नेपालका युवा दार्सनिक तथा मनोबैज्ञानिक मनोक्रान्तीका गुरु डा. योगी बिकाशानन्द ज्यु द्दरा मनोंबैज्ञानिक मनोक्रान्ती योग शिवीर, मानसीक तनाव व्यवस्थापन, दक्षिण कोरियामा नेपालीहरुको बढ्दो आत्महत्याको समाधानका उपायहरु बिषयक “प्रवचन तथा अन्तरक्रिया कार्यक्रम”,साथमा स्वास्थ्य परामर्श सेवा रेकी हिलिंग ( उपचार ) कक्षा, साइको साईबरनेटिक्स (सफलता शास्त्र )का कक्षाहरु पनि संचालन हुने भएको हुदा कार्यक्रममा सहभागी भइदिनुहुन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कोरिया (NRNA कोरिया) ,सम्पुर्ण नेपाली संघ सस्था यवं व्यक्ति-व्यक्तित्वहरुमा हार्दिक अनुरोध गरेको छ l

दक्षिण कोरियामै पहिलोपटक गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कोरिया (NRNA कोरिया)तथा वुमन फर वुमन (Woman For Woman)को आयोजना तथा विभिन्न संघ-संस्थाहरु Society of Nepalese Students in Korea (SONSIK),  नेपाल पत्रकार महासंघ, इपिएस युथ नेपाल, नेपाल योंग स्टार ग्रुप, ,भक्तपुर समाज ,हाम्रो जीवन हाम्रो सोच ,नेपाल एकता समाज नेपालि वेब TV ,इपिएस छिन्गु.डट कम  कमसंगको सहकार्यमा हुन गइरहेकोले यस कार्यक्रममा सहभागी भई मानसिक तथा मनोबैज्ञानिक व्यवस्थापन साथै विभिन्न बिषयमा प्रत्यक्ष साक्षात्कार गरि सुवर्ण मौकाको लाभ उठाउनुहुन अनुरोध गरिएको छl


कार्यक्रम तालिका :-
मिति : २०१४ सेप्टेम्बर २१ आइतबार l
स्थान : स्थान : याक्सु  ,सउल  ,दक्षिण कोरिया l
समय : योग शिवीर :- बिहान ८ बजे देखि १० बजे सम्म l


प्रवचन :- मध्यान्ह १२बजे देखि ४ बजे सम्म l
स्वास्थ्य परामर्श :- ४:३० बजे देखि ६:३० बजे सम्म l
रेकीको कक्षा , साइको साइबरनेटिक्स ( सफलता शास्त्र )को कक्षा:- सेप्टेम्बर २० गते शनिबार l
पुनश्च:-
साथै रेकीको कक्षा , साइको साइबरनेटिक्स ( सफलता शास्त्र ) को कक्षा( रेकी हिलिंग- उपचार पध्दति ) कक्षामा सहभागी हुनको लागि अग्रीम नाम टिपाई सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ l साथै त्यस कार्यक्रमको बारेमा थप जानकारी वा सोधपुछको लागि तल उल्लेखित महानुभावहरुलाई सम्पर्क गर्न सकिने पनि जानकारी गराइएको छ l

राज संसार श्रेष्ठ- ०१०७३१५०५६१,अरुण श्रेष्ठ (इपिएस छिन्गु)-०१०६८५३२९५२ ,के.पी. सिटौला -०१०४२०५९२२२, जुनु गुरुङ- ०१०९१४३४५५७ ,विमल सुबेदी- ०१०८४०८२१३५,रमेश खावाजु - ०१०५९२४५५७१ ,अशोक मैनाली-०१०३३३६२६७४ ,कमल प्रसाद अर्याल-०१०५९२५५२१८ ,विदुर शर्मा- ०१०३१४८६२६२ ,कृष्ण पुरी -०१०५९३११९३४,सजनी श्रेष्ठ- ०१०५९४८२३१९ ,बिनोद सुबेदी -०१०२१८२०५९०, जेबि लामा ०१०-५९३१-१९३०

No comments:

Post a Comment