Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, July 6, 2014

कोरियामा हुन्डी चलाउनेबाट ठगिए नेपाली कामदार

देवेन्द्र सम्बाहाम्फे - सउल, दक्षिण कोरिया
ईपीएसमार्फत सिन्धुपाल्चोकका पासाङ लामा तीन वर्षअघि कोरिया आए । उनी नामयाङ्जुमा रहेको एउटा फलाम कम्पनीमा काम गरिरहेका छन् । फलामको काम गाह्रो भए पनि कमाइ ठीकै हुन्छ । पहिलो वर्षको कमाइले जेनतेन घर व्यवहार सुधारेर केही रकम बचत गरे । त्यसमा पैतृक सम्पत्ति र दोस्रो वर्षको कमाइ जोडेर काठमाडौं नारायणटारमा २१ लाखमा घडेरी किने ।

बैंकभन्दा हुन्डीबाट लाखमा ६/७ हजार रुपैयाँ सस्तो हुने भएकाले पहिलो कमाइबाटै उनले हुन्डीवाल नुवाकोटका  बलराम लामिछानेमार्फत पैसा पठाए । यो वर्ष लामाको घर बनाउने सपना थियो । त्यो सपना पूरा गर्न साथीभाइसँग सरसापट मागेर १४ लाख रुपैयाँ जम्मा गरेर दुई महिनाअघि लामिछानेलाई बुझाए । लामिछानेले भोलिपल्टै परिवारलाई पाउने आश्वासन दिए । लामाको परिवारले नेपालमा अझै रकम पाएका छैनन् । लामिछाने पनि सम्पर्कमा छैनन् ।

लामिछाने सम्पर्कविहीन भएपछि साथीभाइसँग बुझ्दा लामा छाँगाबाट खसेझैं भए । थुप्रै नेपाली कामदारको लाखौं रुपैयाँ लिएर लामिछाने फरार भएका रहेछन् । लामिछानेले आफ्नो राहदानी दुरुपयोग गरेको समेत लामाले बताए । यतिबेला लामालाई रातमा निद्रा र दिनमा भोक छैन । यतिका पैसा कमाउन लामाले ८ महिना काम गर्नुपर्छ । महिनाभरि दुःख गरेर साथीहरूको ऋण तिरिरहेका छन् । त्यस्तै चितवनका किरण लामिछाने र तेह्रथुमका हेम सुब्बाबाट ४ लाख ५० हजार रुपैयाँ लामिछानेले लिएको पुष्टि भएको छ । उनीहरूले घर पठाइदिन भन्दै गत हप्ता लामिछानेलाई सो रकम दिएका थिए । तर हालसम्म उनीहरूको परिवारले नेपालमा पैसा पाएका छैनन् । पैसा ट्रान्सफर गरेदेखि लामिछाने सम्पर्कविहीन भएको उनीहरूले बताए । एउटै कम्पनीमा कार्यरत उनीहरूले विगत ९ महिनादेखि लामिछानेमार्फत नेपाल पैसा पठाउँदै आएका थिए । नाइट ड्युटी जान तयार गरिरहेका उनीहरूले भने, 'राति नसुती कमाएको पैसा हुन्डी दलालले खाइदियो ।'

पीडितका अनुसार लामिछने विगत ७ वर्षदेखि कोरिया बस्दै आएका छन् । उनले कोरियन महिलासँग विवाह गरेका हुन् । सस्तो दरमा नेपाल पठाइदिन्छु भन्दै उनी नेपाली कामदारबाट पैसा संकलन गर्छन् । उनले इच्छन बुफ्यङमा 'ककनी रेस्टुरेन्ट'  सञ्चालन गर्दै आएका छन् भने काठमाडौंमा घर बनाउँदै छन् ।  लामा, लामिछाने र सुब्बाबाट मात्र होइन अरू थुप्रै नेपालीबाट लाखौं रकम लिएको हुन सक्ने उनीहरूले बताए ।

लामिछानेलाई कानुनी दायरामा ल्याउन प्रमाणहरू जुटाएर प्रहरीमा उजुरी गर्ने तयारी उनीहरूले गरिरहेका छन् । जोखिम हुँदाहुँदै पनि कोरियामा कार्यरत अधिकांश नेपाली कामदारले हुन्डीमार्फत पैसा पठाउँदै आएका छन् ।

No comments:

Post a Comment